Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसससँग संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने भएको छ। नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। उक्त ल्युब ब्लेन्डिङ प्लान्ट २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको छ। र यसको लागि दुवै कम्पनीले ५०/५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ। यस संयुक्त लगानीको पहिलो चरण अन्तर्गत अधिकारिक पुँजी लगानी लगभग ६० करोड बराबर हुनेछ। आरम्भिक उद्योग स्थापना मात्र नभई यस संयुक्त लगानीले नेपालको बढ्दो अर्थतन्त्रको विकासका आवश्यकताहरू पूरा गर्न भविष्यमा…
मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका-२ स्थित श्री माध्यमिक विद्यालयका कर्मचारी विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा फेला परेका छन्। आज बिहान विद्यालयका लेखापाल ४० वर्षीय मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका हुन्। मृगौलिया घर भएका ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान ६ :५० बजेतिर भेटिएका थिए । ढकाल सोही विद्यालयको लेखापाल हुन् । बिहान करिब सात बजे शौचालयबाट उनी चिच्याएको सुनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जलेर गम्भीर घाइते उनको कोशी अस्पतालमा उपचार भैरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनी आज बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको खुलेको प्रहरीले बताएको छ ।
काठमाडौं । मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता सिटीइभिटीका कर्मचारी अझै भेटिएका छैनन्। काठमाडौंबाट खोटाङ जाँदै गरेको सीटीईभीटीको एउटा गाडी शुक्रबार दिउँसो करिब साढे १२ बजे सिन्धुलीको खुर्कोटस्थित नदीमा खसेको थियो । सिटिइभिटीका कर्मचारी सवार जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता भएका थिए। हिजो अबेरसम्म नभेटिएपछि स्थगित गरिएको खोजीकार्य आज बिहानैबाट सुरू गरिएको छ। अहिले सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीसहित २४ जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बिहान शुक्रबार बिहान करिब साढे ११ बजे सिटिइभिटीको कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट सुनकोशी नदीमा खसेको थियो…
काठमाडौँ । भारतको ओडिसामा रेल दुर्घटना हुँदा कम्तीमा दुई सय ८० जनाको निधन भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । घटना शुक्रबार राति भएको थियो । घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् । उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् । घटनाको अनुसन्धान गर्न एक समिति गठन गरिएको छ । समितिले काम सुरु गरिसकेको केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव जानकारी दिएका छन्…
रामेछाप । मन्थलीमा १५ वर्षीय बालकले झुन्डिएर आत्महत्या गरेका छन् । मन्थली बजारबाट होटेल पाहुना घर हुँदै भैशेश्वर निस्कने सडक तर्फको मध्यमार्गी टोलमा खाँडादेवी गाउँपालिका वडा नं ८ घर भई कोठा लिएर बस्दै आएका छविलाल श्रेष्ठका १५ वर्षको जेठो छोरा आदित्यले कोठाको फ्यानमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । छविलालका जेठो छोरा आदित्य विगत ४ वर्षदेखि बाथ रोगबाट पीडित थिए । उनले बिहीबार राति अन्दाजी ३ बजे पंखामा ९फ्यान० पासो लगाएर झुन्डिएको अवस्थामा बुबाले फेला पारेका हुन् ।
काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सिटिइभिटीको गाडी सुनकोसी नदीमा खसेको छ। भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका प्रहरीले जनाएको छ। गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए। गाडी पूरै डुबेको र निकाल्न नसकिएको सिलवालले बताए। उनका अनुसार गाडीमा सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको खुलेको छ। स्थानीय र प्रहरी टोलीले उनीहरूको खोजी गरिरहेको छ।
नयाँ दिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ । विशेष विमानमार्फत प्रधानमन्त्री इन्दौर प्रस्थान गरिसकेका छन् । इन्दौरमा उनको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको छ भने साजसज्जा गरिएको छ । महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्डले इन्दौर प्रस्थान गरेका हुन् । सो क्रममा मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलसँग प्रधानमन्त्री प्रचच(डले भेटवार्ता गर्ने कार्यक्रम छ ।
काठमाडौँ । लगातार बढ्दै गएको सुनको मूल्य आज पनि बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (बिहीबार) भने सुन तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार चार सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बा४५प ५५४१ नंको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा बलेफी गाउँपालिका–२ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी–११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिए । गएराति करिब १२ बजेको समयमा सडकबाट एक सय ५० मिटर तल झरेको मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रनाउ यादवले बताए ।
काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिनको लागि भारत भ्रमणमा जाने भएपछि उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड सरकारमा नेपाली काँग्रेस उपसभापति समेत रहेका उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री खड्का दोस्रो वरियतामा छन् ।