Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
पर्वत । पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष राम शर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिँदैनन् । उनी बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय आएका होइनन् । हरेक महिनाको दुई दिन लामिछाने खेतबारी रुँगेर बस्छन् । यसको कारण हो बाँदर धपाउन । लामिछाने मात्र हैन कुश्मा नगपालिका–९ का १५ परिवारको एउटै फाँट रहेको छ । ती फाँटमा लगाइएका मकै जोगाउन वडाध्यक्षलगायत १५ जनाले आलोपालो गरेर मकै जोगाउन लागेका छन् । वडाको कामसँगै खेतबारीमा लगाएको मकै, बोडी, सिमी पनि जोगाउनुपरेको अध्यक्ष लामिछानेले बताए । खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै गरेका छन् तर किसानलाई भने ती घोगा…
काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी राजन गौतम नेतृत्वको नयाँ निर्माण सेवा भरतपुर–११ चितवन, राजाबहादुर झा नेतृत्वको नवनिर्माण बिल्डर्स प्रालि जनकपुर, सशक्त शरण गोले अभिषेक नेतृत्वको आर्भन कन्स्ट्रक्सन प्रालि भरतपुर–१ चितवन, राजु पोखरेल नेतृत्वको ब्लुबर्ड डिजाइन एन्ड कन्स्ट्रक्सन भक्तपुरसँग सातदिने स्पष्टीकरण माग गरिएको छ । यसैगरी, मिलन पन्त नेतृत्वको इपिक कम्प्युटर्स ट्रेडर्स काठमाडौँ, बबिन्द्रविक्रम बुढाथोकी नेतृत्वको बुढाथोकी निर्माण सेवा पाँचथर, शेरबहादुर लिम्बू नेतृत्वको माबोहाङ निर्माण सेवा ताप्लेजुङ, शोभा न्यौपाने नेतृत्वको समृद्ध निर्माण सेवा चितवन, डिल्लीराम तिवारी नेतृत्वको जय भगवती…
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । निर्वाचनका समयमा जेठ मसान्तभित्र बेलिब्रिज निर्माण गर्ने प्रतिबद्धता गरे पनि केही समय ढिलो गरेर बेलिब्रिज जडान हुन लागेको बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ (समीर)ले जानकारी दिए । उनले भने, ‘अब बेलिब्रिज निर्माण प्रक्रिया तत्काल अगाडि बढ्छ ।’ उनले वर्षायाममा यहाँको नागरिकहरूलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि आग्रह गरे । महासेनानी ईश्वर बुढाथोकीले बेलिब्रिज जडान कार्य केही चुनौती रहे पनि जतिसक्दो चाँडो कार्य सम्पन्न गर्न लागिपर्ने जानकारी दिए । मेलम्ची पारिको वडा नं ९ र १० तथा…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले संसदमा राखेको अखण्ड भारतको नक्साबारे भ्रमणको क्रममा उठाएको दाबी गरेका छन्। राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नक्साबारे आफूले सोधिखोजी गरेको बताए। ‘अखण्ड भारतको नक्साबारे कुरा भयो मैले गम्भीर रूपले नै। धेरै अध्ययन भइसकेको त थिएन तर, पनि जसरी मिडियामा आएको थियो त्यसरी नै मैले प्रश्न गरेँ के हो यो नक्सा नयाँ संसद् भवनमा रु भनेर मैले सोधे’ उनले भने, ‘तर, उहाँहरूले यो कुनै राजनीतिक नक्सा होइन ऐतिहासिक र सांस्कृतिक नक्सा हो यसलाई राजनीतिक रूपले हेर्न हुँदैन भन्ने उहाँहरूको जवाफ थियो योबारे अध्ययन गर्न बाँकी छ। मैले कुरा उठाएको हो।’
काठमाडौ । रुसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किएको छ । बीबीसीका अनुसार सो ठूलो बाँध भत्किए पछि हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नोभा काखोभकामा बाँध भत्किएपछि ८० सहर र गाउँहरू बाढीले डुबानमा पर्न सक्ने बताएका छन् । सो बाँध भत्किनुमा उनले रुसलाई दोष दिएका छन्। डिनिप्रो नदीमा अबस्थित सो बाँध भत्किए पछि मुख्यतः खेरसन सहरमा विनाशकारी बाढीको जोखिम निम्त्याउन सक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरिएको छ । मस्को र किभले एकअर्कालाई काखोभका बाँध भत्काएको आरोप लगाएका छन्। रुसले गत वर्ष युक्रेनमा आक्रमण गरेलगत्तै दक्षिणी युक्रेनको बाँध कब्जा गरेको थियो । बाँध भत्किएपछि एउटा सानो सहर र…
काठमाडाैं । प्रहरीले नेपाल मेडिसिटी अस्पतालको साढे दुई करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा अस्पतालका तीन कर्मचारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले अस्पतालको विलिङमा घोटाला गरेर दुई करोड ६३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा विलिङ शाखाका प्राविधिक प्रमुखसहित तीनजनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा विलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरूले अस्पतालमा प्रयोग हुँदैं आएको शुक्र नामको एचएमआइएस सफ्टवेयरको दुरुपयोग गरी रकम ठगी गरेका थिए । प्रहरी अनुसन्धानमा उनीहरुले अस्पतालमा भर्ना भएका बिरामीहरूबाट वेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिएपनि कम शुल्क सफ्टवेयरमा इन्ट्री देखाएर रकम ठगी…
नयाँ दिल्ली । ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) ले भारतमा ६४ करोड रुपैयाँ आयकर तिरेको छ। मिडिया रिपोर्टका अनुसार केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी) लाई पठाएको पत्र अनुसार बीबीसी कर नतिरेको स्विकार गर्दै कर तिरेको हो । आयकर रिटर्नमा तिर्नु पर्ने जति कर हो, त्यो भन्दा भन्दा कम तिरेको जनाएको छ । यो भनिएको छ कि अब बीबीसी हिन्दीले औपचारिक रूपमा संशोधित रिटर्न फाइल गर्नुपर्नेछ, जसमा यो रकममा सबै बक्यौता, ब्याज र जरिवाना लगाइनेसमेत छ। स्रोतका अनुसार बोर्डका दुई अधिकारीले बीबीसीको यो आयकर छलीको पुष्टि गरेका छन् । उनले देशको कानुन सबैका लागि बराबर भएकाले बीबीसी लगायत कुनै पनि कम्पनीलाई चाहे त्यो…
काठमाडौँ । सरकारले विद्युत् व्यापार सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सम्बन्धित मन्त्रालयलाई उक्त विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको जानकारी दिइन्। यस्तै सरकारले काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय गरेको छ। मन्त्री शर्माले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय भएको समेत बताइन्। आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) बमोजिम…
काठमाडौं । सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका सिटिइभिटीका ३ जना कर्मचारी अझै फेला परेका छैनन्। ३ दिनसम्म खोजी गर्दा पनि बेपत्ताहरू र गाडी फेला नपरेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले खोजी कार्य जारी रहेको बताए । गत शुक्रबार सुनकोशीमा सिटिइभिटीको गाडी र त्यसमा सवार ३ जना खसेका थिए। गाडीका चालकलाई भने गत शुक्रबार नै उद्धार गरिएको थियो। सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको खोजी जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा गोताखोरसहित ३ वटा स्काभेटर परिचालन गरेर बेपत्ताहरूको…
दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै नेपालमा लगानी बढाउन भारतका उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार साँझ नयाँ दिल्लीमा आयोजना गरेको ‘नेपाल–भारत बिजनेस समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुल्ला हृदयका साथ नेपालमा लगानीका गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका हुन्। ‘नेपाल सरकारले नीतिगत, कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको छ। लगानीमैत्री वातावरण बनाउन र लगानी भित्र्याउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ, उनले भने। प्रधानमन्त्री प्रचण्डले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार…