Author: सूचनापाना

धनगढी । कैलालीमा बुहारीको हत्या आरोपमा सासू-ससुरासहित तीन जना पक्राउ परेका छन् । अनुसन्धानको क्रममा प्रहरीले कविताका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाइँ नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयवीर बुढालाई नियन्त्रणमा लिएको हो । कैलालीको गौरीगङ्गा नगरपालिका–२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो । कविताका दुई जना छोरा–छोरी छन् । डिल्ली सिंह र उनकी श्रीमतीले घरायसी विवादमा बुहारी कविताको हत्या गरेर शव जङ्गलमा गाडेको र ज्वाइँ नाता पर्ने जयवीरले उनीहरूलाई सहयोग गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । शव गाडिसकेपछि उनीहरूले बुहारी हराएको…

Read More

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेको छ । आइतबार प्रदेश सभाको बैठकमा अगामीआर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेका हुन् । प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक नभएकाले संशोधनगर्दै खप्तड थरुहट प्रदेश राख्नुपर्ने माग गरेका हुन् । ‘प्रदेशको लोगो संशोधन गर्न समिति गठन गरिएको कुराको स्वागत गर्न चाहान्छु,लोगो मात्र फेरिएर हुँदैन,’चौधरीले भने, ‘प्रदेशको नाम पनि फेरिनुपर्छ । सुदूर शब्द राज्य, समुदाय र प्रदेशबाट समेत टाढा राखिएको भान भएको छ । नाम संशोधन…

Read More

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–६ ले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारीता बारे सार्वजनिक सुनुवाइ गरेको छ । चालु आर्थिक वर्षमा वडाका लागि विनियोजित कुल रकम ९९ लाख २७ हजार मध्य विकास निर्माण योजना अन्तर्गत ५४ लाख रकम ६ वटा मुल शिर्षक अन्तर्गत काम गरिएको वडा अध्यक्ष नारायण कार्कीले जानकारी दिए । खानेपानी ट्यांकी कुवा निर्माण तथा पाइप खरिद योजना उपभोक्ता समिति अन्तर्गत कुल विनियोजित रकम ३३ लाख ७७ हजारलाइ ३२ वटा योजनाहरुमा विभाजित गरी काम गरिएको उनले बताए । त्यसमध्य २७ वटा योजना सम्पन्न भइसकेको र बाँकी ५ वटा योजना चालु अवस्थामा रहेको बताए ।…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रहित विपरीतका काम हुन नदिन संसदमा शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् । शनिकार काठमाडौंमा रास्वपा अर्घाखाँची–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै लामिछानेले संसदमा आफ्नो पार्टीको २१ जना सांसद भएपनि राष्ट्रहित बिपरितका काम हुन नदिन शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न प्रयाप्त भएको बताएका हुन् । उनले सरकारका राम्रा कामको समर्थन गर्दै देशहित बिपरितको कार्यलाई खवरदारी गरिररहने जिकिर गरे । लामिछानले रास्वपालाई जनताले दिएको म्याण्डेड कार्यान्वयन गर्न चौतर्फी रोक्ने काम भइरहेको बताए । २०८४ को निर्वाचनमा रास्वपालाई जित हासिल गर्ने सहज बाटो जनताले देखाएको भएपनि त्यो बाटोसम्म पुग्नका लागि घेराबन्दी गर्ने काम भइरहेको…

Read More

काठमाडौँ । उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल पक्राउ परेका छन् । २२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । डिएसपी दाहालले भने,‘जेठ २४ गते उहाँलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका छौँ ।’ राति किशोरीको घरमा नै गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको डिएसपी दाहालले बताए । प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ।

Read More

दाङ। दाङबाट बाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका-७ का ३१ वर्षीय वीरबहादुर पुन, सोही ठाउँका ४० बर्षीय आशाराम बिक, २५ बर्षीय देवबहादुर बिक र रोल्पा माडी गाउँपालिका-३ का २८ बर्षीय अमलाल घर्ती मगर रहेको प्रहरीले जनाएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-९ को अमिलियामा बा २० प ९०७२ नम्बरको मोटरसाइकल खानतलासी गर्ने क्रममा शुक्रबार बिहान ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए । पक्राउ परेकाहरुबाट ९ फिट ६ इन्च लामो र ५ फिट १० इन्च चौडाइ भएको बाघको छाला र १४१ वटा हड्डी (८ किलो…

Read More

काठमाडौं । सर्वाेच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको फाइल र मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश दिएको छ । यही जेठ १७ गत राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण गरेका थिए । अघिल्लो प्रतिनिधिसभाले पठाएको र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको उक्त विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि यो विषय अदालतसम्म पुगेको हो । एक साताअघि वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भन्डारी र बालकृष्ण न्यौपानेले उक्त नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दिएको रिटमाथि शुक्रबार सुनुवाई गर्दै प्रकाशमानसिंह राउत र सुस्मालता माथेमाको संयुक्त इजलासले विधेयक प्रमाणीकरण गर्न सुझाव दिने भनिएको मन्त्रिपरिषदको निर्णय र राष्ट्रपतिको प्रमाणीकरणको…

Read More

काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताएका छन् । शुक्रबार दिउँसो काठमाडौँमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतमा अर्बौं, अरबका अनुदानका कार्यक्रम बने। तर, तिनीहरूको सही सदुपयोग हुन सकेन। जसले उत्पादन गर्छ, उसले अनुदान नपाउने स्थिति रह्यो। त्यो एक प्रकारले बालुवामा पानी हालेजस्तै भयो । विगतका अनुभवबाट शिक्षा लिएर सरकारले यसपटक सिधै किसानको हातमा पुग्ने गरी अनुदान दिने नीति लिएको छ ।’ विशिष्ट परिस्थितिमा गुज्रिएर नेपाल फर्किएकाहरूको पहलमा भएको भेलाले संगठनको कामसहित विदेशबाट फर्किएको जनशक्ति, पुँजी र सीपलाई…

Read More

काठमाडौँ । वर्षायामको समयमा सडक खनेमा कारबाही गरिने भएको छ । सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै जबरजस्ती गरेमा कारबाही गर्ने जनाएको हो । जारी सूचनाअनुसार आगामी असर १ देखि भदौ मसान्तसम्म सडकमा खन्न पाइने छैन । ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकाले यही २०६० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने,’ जारी सूचनामा भनिएको छ, ‘ कसैले…

Read More

काठमाडौँ । उच्च अदालत विराटनगरले ओखलढुङ्गा खिजीदेम्वा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा विरुद्ध राहदानी सम्बन्धी सबै कागजात १५ दिनभित्र पेश आदेश गरेको छ । अमेरिकी नागरिकता परित्याग बिनै गाउँपालिका अध्यक्ष बनेको भन्दै उनी विरुद्ध अदालतमा रिट निवेदन परेको थियो । सोही निवेदन उपर उच्च अदालत विराटनगरको ओखलढुंगास्थित अस्थायी इजलासले राहदानी सम्बन्धी सम्पूर्ण कागजात १५ दिनभित्र पेश गर्न आदेश गरेको हो । त्यस्तै, अमेरिकी नागरिकता परित्याग गरेको निस्सा पनि १५ दिनभित्र पेश गर्न अदालतले आदेश गरेको छ । आदेशमा भनिएको छ,‘विपक्षी गम्बु शेर्पाले अमेरिकी पासपोर्ट प्रयोग गरी नेपाल आउने जाने गरेको र हाल पनि अमेरिकी नागरिकका रूपमा नेपालमा बसोबास गरेको सम्बन्धी सम्पूर्ण…

Read More