Author: सूचनापाना

काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको उक्त नगरपालिका–११ की दलित महिला सदस्य ज्ञानी विकको मृत्यु भएको हो । घरायसी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु विकले कुटपिट गरेका थिए । गम्भीर घाइते भएको ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा परीक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो ।

Read More

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने संकेत छन् । उनले आफू सांसद बन्ने सम्भावना एक प्रतिशत रहेको उल्लेख गरेका छन् । स्कुल पढ्ने, अमेरिका जाने, नेपालमै बस्ने, वायरलेस प्रविधिबाट दुर्गम ठाउँमा इन्टरनेट पुर्‍याउने र राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउने सम्भावना एक प्रतिशत रहे पनि अहिले ती सबै काममा सफल भएको भन्दै उनले अब सांसद बन्ने सम्भावना पनि एक प्रतिशत रहेको बताएका हुन् । उनले राजनीतिक पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने सम्भावना पनि एक प्रतिशत रहेको ट्वीटरमा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान, आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको…

Read More

दाङ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरि पहलकदमी लिइएको बताएका हुन् । ‘समाजवादी क्रान्ति सिधा र सरल हुँदैन। यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ। विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ । त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो। त्यो आत्मसमर्पण र बिसर्जनको बाटो थिएन। समाजवादको…

Read More

एजेन्सी । विपरजोय चक्रवातका कारण भारतको गुजरातमा ६ जनाको मृत्यु भएको छ । हिजोदेखि सुरु भएको विपरजोय आँधीका कारण ३७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । तुफानको खतरा दिनानुदिन बढ्दै गएकोले गुजरात राज्य सरकारले जनतालाई सुरक्षित राख्न हर सम्भव प्रयास गरिरहेको जनाएको छ । मंगलबारसम्म ८ जिल्लाका ३७ हजारभन्दा बढी मानिसलाई राज्य सरकारले आश्रय स्थलमा पठाएको थियो। विपरजोयको खतरालाई मध्यनजर गर्दै धेरै सरकारी निकायले गुजरातको सौराष्ट्र र कच्छको तटीय जिल्लामा अलर्ट जारी गरेका छन् । बिहीबार साँझ जखाउमा १२५–१३५ किलोमिटर प्रतिघण्टा र १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ ।चक्रवाती आँधी विपरजोय गुजरातको तटीय जिल्लातर्फ सर्दै…

Read More

काठमाडाैं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले संघीय संसदमा पेस भएको नेपाल सरकारको आगामी बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेजीको कुरा उठाइएको भन्दै निर्णय पुनरावलोकन गर्न निर्देशन दिएको मिति सभापति दिलकुमारी रावलले जानकारी दिइन् । स्वतन्त्र संवैधानिक निकायको कार्य संविधानको भावनाबमोजिम आवधिक निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष र विश्वसनीय तवरले सम्पन्न गराउने निर्वाचन आयोगसँग परामर्श गरी प्रस्ताव पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको उनले बताइन् । संविधान बमोजिम निर्वाचन आयोगले आफ्नो काम पूरा गर्न आवश्यक कर्मचारी, अन्य सरसहयोग नेपाल सरकारको पनि दायित्व रहेको भन्दै निर्वाचन स्वतन्त्र, स्वच्छ,…

Read More

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४९ अंकले घटेको छ । यससँगै सूचक २०२०.१५ विन्दुमा अढिएको छ । ७४ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको १७ हजार ५४० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५५ वटा कारोबार भएको छ । १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन ।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयाघात पुष्टि भएको छ। मंगलबार बिहान गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएका पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको भेटिएको हो। उक्त नसा लगभग ७० प्रतिशतभन्दा बढी बन्द भएको पाइएपछि तत्कालै एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको ती चिकित्सकले बताए। स्रोतका अनुसार पौडेललाई शनिबारदेखि नै असहज महसुस भएको थियो। त्यसपछि उनलाई शनिबार दिउँसो पनि गंगालाल अस्पतालकै इमर्जेन्सीमा लगिएको थियो।

Read More

काठमाडौँ । सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो । विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार ४ गतेभित्र वस्तुपरक सल्लाह, सुझाव तथा राय(परामर्श इमेल तथा फेसबुक पेजमार्फत पठाउन अनुरोध गरेको छ । मस्यौदा अनुसार अब ट्याक्सीलाई साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी तीन भागमा वर्गीकरण गरिनेछ । विभागले ट्याक्सीको आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाका हिसाबले वर्गीकरण गर्ने तयारी गरिएको हो । अर्डिनरी ट्याक्सी न्यूनतम आठ सय सिसी क्षमता वा सोभन्दा माथिको…

Read More

काठमाडौं । काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेका छन् । गएराति घरायसी विवादमा २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाजु सूर्य शाक्यको मृत्यु भएको प्रहरीले जनाएको छ । दाइको टाउकोमा खुकुरी प्रहार गरी भागेका सुरजलाई काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलमा लुकिछिपी बसेको अवस्थामा आज बिहान पौने १० बजे पक्राउ गरिएको जनसेवा प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए। उनीमाथि थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ। गएराति घरमै दाजु–भाइबीच झगडा परेको थियो। झगडाको क्रममा राति १२ बजे भाइ सुरजले दाइ सूर्यको टाउकोमा खुकुरी प्रहार…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई अस्पताल सिल गरेको छ । सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । अनुगमनका क्रममा बिना दर्ता सञ्चालन गरिएको अस्पताल सिल गरिएको उनको भनाइ छ ।

Read More