Author: सूचनापाना

पूर्वी र दक्षिण एशियामा ब्रिटिश काउंसिल IELTS पुरस्कार २०२३ का लागि आवेदन माग गरिएको छ । आगामी सेप्टेम्बर १५, सम्ममा आवेदकले आवेदन दिनु पर्ने छ । यो वर्ष यो पुरस्कार चीन, जापान, हङकङ, इन्डोनेसिया, कोरिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, ताइवान, थाइल्याण्ड, भियतनाम, बंगलादेश, पाकिस्तान, नेपाल र श्रीलङ्कामा बसोबास गर्ने परीक्षार्थीहरूका लागि खुला गरिएको हो । यो प्रतियोगिताका विजेतालाई विभिन्न विश्वविद्यालयहरूमा शिक्षण शुल्कतर्फ £5,000 सम्म सहयोग गर्दै आएको छ । स्थानीय वा विदेशमा स्नातक वा स्नातकोत्तर अध्ययनका लागि आवेदन दिएका विद्यार्थीहरूका लागि खुला गरेको हो । जनवरी २०२३ देखि मार्च २०२४ सम्म उनीहरूको परीक्षा सुरु सुरु हुने छ। पुरस्कारको बारेमा थप जानकारी,…

Read More

भोजपुर । बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कूल अनुमानित रु एघार करोड ११ लाख आठ हजार नौ सय २७को लागतमा निर्माण भइरहेको यो आयोजनामा बढीले क्षति पुर्‍याएको हो । बाढीले पानी तान्ने ठाउँ सवा खोला किनारमा रहेको ट्याङ्की बगाएको छ भने त्यहाँ निर्माण गरिएको घर पनि पुरिएको छ । चैनपुर नगरपालिका–११ मा रहेको यो आयोजनाबाट तीन सय ८६ मध्ये १०० परिवारले पानी उपभोग गर्न थालेका थिए । खोलामा आएको बढीले आयोजनालाई क्षति पुर्‍याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले जानकारी दिए । निर्माणको अन्तिम चरणमा रहेको…

Read More

काठमाडौँ । पाँचथरको याङ्वरक गाउँपालिका-१ फेदी गाउँमा पहिरोमा फसेका तीन घरका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी याङवरक-१ च्याङथापुमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरूलाई च्याङथापुमा रहेको विष्णु माध्यमिक विद्यालयमा राखिएको याङ्वरक गाउँपालिकाले जनाएको छ । शनिवारदेखि परेको अविरल वर्षाका कारण फेदीगाउँ बस्तीनजिकै माथिबाट पहिरो बग्न थालेपछि जोखिम बढेको हो ।

Read More

काठमाडौं । नेपालभर भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय गरिएको छ । ‘आदिपुरुष’ फिल्मको नेपाल वितरक कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको हो । निर्णय भएसँगै ‘आदिपुरुष’को नेपालभर प्रदर्शन रोकिएको छ । काठमाडौं महानगरपालिकाले आफ्नो नगरभित्र सोमबारबाट प्रदर्शन रोक्ने जनाइसकेको थियो । काठमाडौं महानगरसँगै अन्य पालिकाले समेत ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय भइरहेका बेला नेपाल वितरक कम्पनी ब्यांकटेसले नै नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको हो । ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी’ भन्ने शब्द समावेश गरिएपछि काठमाडौं महानगरले उक्त शब्द फिल्मबाट हटाउन तीनदिनको समय दिएको थियो । तर, नेपालमा मात्र हटाएपछि महानगरले सोमबारबाट प्रदर्शनमा रोक लगाएको थियो । रोक लगाइएको…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बाढी पहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन्। सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताएका हुन्। भेटमा ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाँडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन,…

Read More

ताप्लेजुङ । निरन्तर वर्षासँगै आएको बाढीपहिरोले ताप्लेजुङमा मानवीय क्षति हुनुका साथै विभिन्न संरचारको पूर्णरुपमा क्षति भएको छ । निरन्तर वर्षासँगै बाढीपहिरोले ताप्लेजुङमा ठूलो क्षति गराएको हो । शनिबार रात गएको बाढी पहिरोले ताप्लेजुङको सिदिङवा–५ मेहेलेमा एक युवकको मृत्यु भएको छ । त्यस्तै तीनजना बेपत्ता रहेका छन् । बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पहिरोमा परी मैवाखोला गाउँपालिकामा एक घाइते भएका छन् । उनको उपचार भइरहेको छ । सिरिजङ्गा गाउँपालिकामा सात घर सिदिङवा गाउँपालिकामा २१ घर, मैवाखोला गाउँपालिकामा २१ र पाथीभरा याङवरक गाउँपालिका एक गरी ५१ घर परिवार उच्च जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ…

Read More

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले निर्माण भइरहेका प्रसारणलाइन पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न दिने गरी सबै पक्षले नसघाए अर्को वर्ष बिजुली आपूर्तिमा ‘विपत्ति’ आउन सक्ने बताएको छ । आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जताततै प्रसारण पूर्वाधार बनाउने काममा सरकारी कार्यालयदेखि स्थानीयहरूसम्मले अवरोध गर्दा आपूर्ति व्यवस्थापन नै जटिल बन्दै गएको बताए । यसका कारण अर्को वर्ष विद्युत् आपूर्ति प्रणालीमा ‘डिजास्टर’ आउन सक्ने उनको चेतावनी छ । देशभित्रै विद्युत् खपत गराउन पूर्वाधार निर्माण गर्न प्राधिकरणले ५ वर्षमा आर्जन गरेको नाफाबाट झण्डै एक खर्ब लगानी गरिरहेको भन्दै उनले त्यो लगानी नगरेको भए अहिले १५-१६ घण्टा लोडसेडिङ…

Read More

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज साँझ दिएको जानकारीअनुसार अहिलेसम्म पाँचथर, सङ्खुवासभा, ताप्लेजुङ्लगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ । ती घटनामा अन्य २९ जना बेपत्ता रहेका छन् । बेपत्ताहरुको खोजी जारी रहेको उनले बताए । अन्य तीन जनाको भने उद्धार गरिएको छ । उनका अनुसार पाँचथरमा मात्रै एक जनाको मृत्यु र पाँच बेपत्ता छन् । जिल्लामा १२ वटा…

Read More

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै असार ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरूलाई छुट दिने निर्णय गरेको छ । ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सूक्ष्म निगरानी, कमशल, शङ्कास्पद, खराब), जतिसुकै अवधिको आभरड्यु, नरमल तथा पनेल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिने छ । ब्याज छुट रकम सम्बन्धित ऋणीको खातामा फिर्ता/जम्मा गरिनेछ । बैंक यो अवसरको लाभ लिनुहुन सम्बन्धित सम्पूर्ण ऋणीहरूलाई अनुरोध गर्दछ । बैंकले बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २७२ वटा शाखा कार्यालय, ५४…

Read More

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराेले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन् । खोला छेउमा घर भएका तामाङले ठुलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ । घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिए । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा…

Read More