Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तीन स्थानीय तह मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण कार्य सुरु भएको छ । नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ जडान कार्य सुरु गरिएको हो । गत बुधबारदेखि सेटिङ आउटको काम सुरु भएको नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं बाहिनी अड्डाका सेनानी चिरञ्जीवी चौलागाईंले जानकारी दिए । वर्षायाममा यहाँका नागरिकलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले अबको करिब दुई साता जतिमा जडान सम्पन्न गरिने सेनाले जनाएको छ । मेलम्चीपारिको वडा नं ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने सो पुल निर्माण भएपछि त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिने छन् भने सदरमुकाम चौतारा जाने छोटो…
काठमाडौं । १६ औँ योजनाको अवधारणपत्र तयारीका लागि राष्ट्रिय योजना आयोगले विषय विज्ञहरुसँगको छलफललाई बिहीबार पनि जारी राखेको छ । बुधबारदेखि सुरु भएको छलफलमा योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्य, अर्थविद्हरु, नेपाल सरकारका बहालवाला तथा पूर्व सचिव तथा विभिन्न विषयका विज्ञहरु सहभागी छन् । बिहीबार भएको छलफलमा सहभागी विज्ञहरुले राष्ट्रिय योजना आयोगले बनाउने १६औँ योजना संघीय नभइ राष्ट्रिय योजना हुनुपर्नेमा जोड दिएका छन् । अर्थात १६ औँ योजनाले प्रदेश र पालिकाको जिम्बेवारी र उपस्थितिलाई समेत विचार गरेर योजना तर्जुमा गनुपर्ने विज्ञहरुको सुझाव छ । प्रदेश र पालिकाका योजनाहरुलाई डोर्याउन सक्ने गरी प्लानिङ गर्नसके संघीय होइन राष्ट्रिय योजना बन्ने विज्ञहरुको तर्क…
काठमाडौं । नेपाली चलचित्र ‘बगान’को टिजर सार्वजनिक भएको छ । साहित्यकार स्वप्निल नीरवको कथा लेखन रहेको नारीप्रधान चलचित्र ‘बगान’ असार २९ गतेदेखि प्रदर्शन हुँदैछ । ‘यो एक विधुवा आमाको कथा हो । जसको जिन्दगीमा पनि प्रेम होस् भन्ने छोरीको पहल हुन्छ ।’, कथाकार नीरव भन्छिन् । आफ्नै आमाको जिन्दगी हेरेर यो कथा तयार पारेको उनको दाबी छ । ‘बुबा बित्नुभएपछि मैले विवाह गर्नु भनेकी थिएँ, बाँकी कथा चलचित्र हेरेर थाहा पाउने जिम्मा दर्शकको हो ।’, उनले भनिन् । यश चलचित्रमा सरोज खनालको निर्देशन आफूलाई चित्त बुझेको उनी बताउछिन् । ‘कथालाई न्याय हुनेगरी निर्देशन गर्नुभएको छ । अभिनय पनि राम्रो छ…
पोखरा । स्याङ्जामा चोरीको नौलो घटना सार्वजनिक भएको छ । अहिलेको चर्चित सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाएर भेटघाटमात्रै होइन घरमै पुगेर सुनका गहना चोरी गरेको घटना प्रहरीले सार्वजनिक गरेको छ । सुरुमा टिकटकमार्फत साथी बन्ने, एकअर्कालाई लाइक, कमेन्ट गर्ने, भेटघाट गर्ने, घरमै पुगेर सँगै टिकटक बनाउने र मौका परेपछि सुनको गहना चोरी गरेर बेचेको आरोपमा स्याङ्जा प्रहरीले एक जना महिलालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका–३ की २४ वर्षीय कुसुम बिसी छन् । विसीले सुरुमा स्याङ्जा वालिङ–६ एक्ले पिपलस्थित एक महिलालाई साथी बनाएर भेटघाट गर्न घरमै पुगेकी थिइन् । प्रहरीका अनुसार उनीहरुले सँगै मिलेर टिकटक पनि बनाएर…
सृजना रोका । रामेछाप । दलानमा मकैको खोस्टा र चाउचाउका प्लास्टिक च्यात्दै चकटी बुनिरहेकी चमेलीको आफ्नै छुट्टै कथा छ । परबाट हेर्दा आँखा देख्ने मानिसले जस्तो हातको काम गरिरहेको देखे पनि चमेलीले आँखा देख्न छाडेको १५ बर्ष भै सक्यो । उनको पुरा नाम चमेली मगर हो । जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँकी ४० वर्षिया चमेलीको दुवै आँखा बन्द छन् । ठप्पै छन् । आँखा नदेखे पनि उनलाई हेरचाहा गर्ने कोहि छैनन् । उल्टै उनि आफ्ना सात छोरिहरूको हेरचाहमा कटिन्छिन् । छोरीहरूलाई पढाउने, घर व्यवहार धान्ने सबै जिम्मा चमेलीकै थाप्लोमा छ । हुन त चमेलीका आठ छोरीहरू हुन । उनकी जेठी छोरिको…
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिले खर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक दूरीका कारण विद्यार्थीलाई दैनिक विद्यालय आउजाउमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था छ । आँबुखैरेनी गाउँपालिका–५ लाम्दिकी मुना गुरुङ विद्यालय जान बिहान ७.३० बजे नै घरबाट निस्किनुहुन्छ । गुरुङलाई विद्यालय पुग्न साँढे दुई घण्टा समय लाग्छ । सबेरै नहिँडे विद्यालय पुग्न असम्भव छ । कन्यादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत गुरुङ दैनिक पाँच घण्टा विद्यालय आउजाउ गर्न खर्चिनु हुन्छ । बिहान साँढे दुई घण्टा र विद्यालयबाट घर फर्किन साँढे दुई घण्टाको यात्रा गर्नुपर्ने गुरुङको बाध्यता छ ।…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्य अवस्था निगरानीका लागि अझै केही दिन अस्पतालमै राखिने भएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ । मुटुको गति कम हुने समस्या देखिएपछि राष्ट्रपति पौडेलको मुटुमा मङ्गलवार पेसमेकर राखिएको थियो ।
दोलखा । जिल्लाको भिमेश्वर नगरपालिका भित्रका शिक्षकहरुका लागि बुद्ध शिक्षाका बारेमा एक दिवसिय सेमिनार हुने भएको छ । असार ९ गते शनिबार दोलखाको भिमेश्वर नगरपालिका, दोलखा बजारमा अवस्थित पद्मवर्ण बुद्ध महाविहारमा आयोजना हुने सेमिनार बिहान १० बजेदेखि साँझ ५ बजे सम्म संचालन हुने छ ।दोलखामा बुद्ध शिक्षा र शिक्षक बुद्ध विषयक सेमिनार हुँदै सुखी समाजको चाहनाः बुद्ध शिक्षाको अवधारणा भन्ने मुल मन्त्रका साथ आयोजना हुने “बुद्ध शिक्षा र शिक्षक बुद्ध” विषयक सो सेमिनार बुद्धशिक्षालाई विद्यालय तहदेखिनै कसरी अनुशरण गर्न गराउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने छ ।यस सेमिनारमा महेन्द्रकुमार शाक्य, डा.सुनिल मास्के, ईन्द्र बहादुर खड्का, तिर्थ बहादुर जोशी, भगवानदाश श्रेष्ठ…
काठमाडौं – त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अदालत गएका छन् । प्राधिकरणले सोधेको स्पष्टीकरण संविधान अनुकूल नभएकाले बदरको माग गर्दै अदालत गएको महानगरका कानुनी सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए । हेर्नुहोस् रिट निवेदन– श्री उच्च अदालत पाटनमा चढाएकोनिवेदन–पत्र विषयः संविधानको धारा १४४(१) र (२) बमोजिम उत्प्रेषण, प्रतिषेध लगायतअन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ ।काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह …..१, ऐजन् वडा नं. ९ का वडा अध्यक्ष रामजी भण्डारी………१, ऐजन् महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे …..१ समेत जना ३ को वारेस ऐजन्…
काठमाडौं । पूर्वबैंकर अनिल केशरी शाह राजनीतिमा प्रवेश गरेका छन् । रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा पूर्वबैंकर शाह पार्टीमा प्रवेश गरेका हुन् । सभापति रवि लामिछानेले उनलाइ पार्टीमा स्वागत गरे । रास्वपामा प्रवेश गरेसँगै उनले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । गत वर्षको असार ७ गते रवि लामिछानेको नेतृत्वमा रास्वपा गठन भएको थियो । पार्टी स्थापनाको १ वर्ष पूरा गरेको अवसर पारेर रास्वपाले आज दिउँसो १ बजे चियापान आयोजना गरेको छ। प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै लामिछानेले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक पार्टी गठन गरेका थिए । पार्टी गठन भएको ६ महिनामा भएको प्रतिनिधि र प्रदेश…