Author: सूचनापाना

चौतारा । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिकाले आर्थिक बर्ष २०८०/८१को लागि १ अर्ब २४ करोड ५२ लाख बजेट सार्वजनिक गरेको छ । शुक्रबार भएको नगरसभामा नगर उपप्रमुख सिता थापाले प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रममा कृषि तथा पशुन्छी विकास ,रोजगार ,स्वास्थ्य,शिक्षा ,पर्यटन , भौतिक पूर्वाधारलाई विशेष प्राथमिकतामा राखिएको छ । कृषि क्षेत्रका लागी ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ भने पशु विकास सेवाका लागी १ करोड ५० लाख र रोजगार सिर्जनाका लागी १ करोड ५० लाख बजेट विनियोजन गरीएको छ । यस्तै स्वास्थ्य तर्फ ३ करोड विनियोजन गरीएको छ । त्यस्तै गरी शिक्षा युवा तथा खेलकुद तर्फ ४ करोड…

Read More

काठमाडौँ । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताएका छन्। शुक्रवार प्रतिनिधि सभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलका भाग लिँदै उनले सो बनाउने कुरामा आफ्नो आपत्ति रहेको समेत बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेको बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको तर्क थियो। उनले बजारमा अहिले पनि निजगढ विमानस्थल बनाउने कुरा चलिरहेको तर विदेशीको ऋण लिएर त्यो काम गर्न आवश्यक नभएको बताए। सांसद सिंहले के भैँसी चराउनका लागि सो विमानस्थल बनाउन लागिएको…

Read More

दाङ । दाङमा शिक्षा अधिकृतमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सुनिल वली पक्राउ परेको बताइएको छ । पालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) दिलबहादुर वलीले जानकारी दिए । उनका अनुसार वडाध्यक्ष वलीले हिजो दिउँसो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा विवाद हुँदा शिक्षा अधिकृत पाण्डेमाथि कुटपिट गरेका थिए । पाण्डेले आफुमाथि अभद्र व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएपछि वडाध्यक्ष वलीलाई पक्राउ गरिएको एसपी वलीले बताए ।

Read More

काठमाडौ ।  रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सले प्रिमियम मूल्य संशोधन गरेर पुनः बोर्डमा आवेदन दिएको छ । यसअघि कम्पनीले ११२ रुपैयाँ प्रिमियम थप गरेर २१२ रुपैयाँ प्रति कित्ताका दरले आइपीओ निष्कासनको अनुमति मागेको थियो ।  अहिले यसले १९९ रुपैयाँ प्रिमियम थपेर २९९ रुपैयाँमा साधारण सेयर निष्कासन गर्न अनुमति मागेको छ । रिलायबलले ३ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । यसको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ ।

Read More

काठमाडौं । आ. व. २०८०/०८१ का लागि काठमाडौँ महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको १३ औँ अधिवेशनको दोस्रो बैठकमा छलफलपछि नीति कार्यक्रम पारित गरिएको हो । अधिवेशनको पहिलो बैठकमा महानगरपालिकाका प्रमुख शाहले, चालु आर्थिक बर्षका कार्यक्रमलाई ५२ बुँदामा समीक्षा गर्दै आगामी बर्षका लागि ११ बुँदामा नीति र १२५ बुँदामा कार्यनीति पेश गरेका थिए । ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ महानगरपालिकाको दीर्घकालीन सोच हो । यसमा आधारित रहेर सहरी विकास, सुरक्षा र व्यवस्थालाई नीति तथा कार्यनीतिमा समटिएको उहाँको भनाइ छ । ‘एक वडा एक पार्क र एक खेल मैदान, सफा, स्वच्छ, सुन्दर, धुलोरहित…

Read More

काठमाडौ । थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज असार ८ गते शुक्रबार अन्तिम दिन हो । यस कम्पनीले असार ५ गते कार्यालय समयबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइ सक्नुपर्नेछ। यसमध्य ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै निष्कासन गरिसकेको छ । साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई पनि ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरिएको थियो । यसमध्ये कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याइएको…

Read More

काठमाडौं । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार, सुन्धारा पुगेका छन् । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणसँग साउदले बिहीबार बिहान १० बजे कारागार पुगेर करिब आधा घन्टा भेटघाट गरेको कारागार प्रशासनले स्रोतले बतायो । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । बिहीबारै कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दाम्बे र महेन्द्र यादवले पनि खाँणसँग भेट गरेका छन् । बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि खाँणलाई भेटेका थिए । जिल्ला अदालत, काठमाडौंले १ असारमा खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेश…

Read More

ओखलढुंगा । ओखलढुङ्गामा पहिरोमा जाँदा चार जनाको मृत्यु भएको छ । चम्पादेवी गाउँपालिका– ८ मा गएराति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिका गुरुङ बस्तीका बिहीबार राति ११–१२ बजेको आसपासमा पहिरो गएको थियो, जुन पहिरोमा परी एकै घरका चारजनाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा घटनास्थल पुगेर उद्धार सुरु गरेका थिए ।

Read More

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले रिक्त रहेका विभिन्न तह र पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ सहायक, सहायकलगायतका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । बैंकले शुकबार सूचना जारी गर्दै विभिन्न पदका लागि कुल ३९४ जना कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले असार १० देखि अनलाइनमार्फत आवेदन दिनसक्ने छन् । केन्द्रीय कार्यालय र प्रदेश कार्यालय मातहतका कार्यालय कार्यक्षेत्र रहने जागिरका लागि २१ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।

Read More

गोरखा । गोरखाको मनकामना सिलिङमा शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु हुने ५ जनाकै सनाखत भएको छ। दुलहा दुलहीसहित सहिदलखन ३ कोटगाउँबाट १९ जना जन्ती बोकेर सहिदलखन ५ पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नंबरको बोलेरो जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान करिब दुई बजे दुर्घटना भएको थियो। दुर्घटनामा पाँचजनाको मृत्यु हुनुको साथै १२ जना घाइते भएका छन्। मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिकाका १९ वर्षीय प्रविण थापा, २८ वर्षीय वीरबहादुर थापा, अन्दाजी १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापा रहेका प्रहरीले जानकारी दिए। त्यस्तै घाइतेहरुमध्ये सबैजना सहिदलखन ५ पोखरीडाँडाका रहेका…

Read More