Author: सूचनापाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरले आइतबार आगामी आर्थिक वर्षका लागि उक्त रकमको बजेट विनियोजन गरेको हो । यस अन्तर्गत चालुतर्फ रु. ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगत तर्फ रु. १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ । पूर्णपाठः budget-080.81-finalDownload

Read More

काठमाडौं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आज अपरान्ह तीन बजे पशुपतिनाथ मन्दिरमा जाने भएको छ । जलहरी राख्दा अनियमिमता भएको सूचना बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ । संसदमा समेत यसबारे प्रश्न उठेको थियो । आयोगका एक उच्च अधिकृतका अनुसार उजुरीबारे थप अनुसन्धान गर्न टोली पशुपतिनाथ मन्दिरमा जान लागेको हो । आयोगको टोलीले जलहरी नापजाँच गर्ने छ । आयोगको टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न हुनेछन् । उनीहरूले जलहरी बनाइएको सुनको गुणस्तर, तौललगायत विषयमा परीक्षण गर्ने जानकारी ति अधिकृतले दिए ।…

Read More

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ । इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शनिबार श्रमदान गरेर पुल निर्माणको काम शुभारम्भ गरे । उनले गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन थालेको भन्दै पालिकाले श्रमदानमा जुट्न स्थानीयलाई प्रोत्साहन गरेको बताए । उनले श्रमदानका लागि जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दालाई आह्वान गरिएको जानकारी दिए । ‘तीसदेखि ४० प्रतिशत श्रमदानबाट पुल निर्माणको काम गर्नेछौँ’, उनले भने, ‘प्राविधिक र निर्माण सामग्रीका लागि आवश्यक बजेट गाउँपालिकाले व्यवस्था गरेको छ ।’उनले पुल निर्माणका लागि गाउँपालिकाले रु…

Read More

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदै छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ । स्थानीय तहको आगामी आव २०८०-८१ का लागि शनिवारसम्म १० स्थानीय तहले बजेट पेस गरिसकेका छन् । अब सात सय ५३ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिकअनुसार…

Read More

सिन्धुपालचोक । मेलम्ची नगरपालिकाले ४ जना कृषकलाई सम्मान गरेको छ । शनिवार नगरपालिकाको १४ औं अधिवेशनको अवसरमा ४ जना किसानहलाई सम्मान गरेको हो । सम्मानित हुनेमा मेलम्ची नगरपालिका वडा नम्बर ५ का कृष्णजंग रायमाझी, वडा नम्बर १२ का कमलप्रसाद चालिसे, मेलम्ची ११ का कृष्णप्रसाद दुलाल र बिष्णुप्रसाद दुलाल रहेका छन् । उनिहरुलाई नगर प्रमुख किसान सम्मान कार्यक्रम अन्तर्गत नगद १५ हजार रुपैयाँसहित सम्मान गरीएको नगरपालिकाले जनाएको छ । सम्मानित कृषकहरुले फलफुलजन्य र दुधजन्य उत्पादन गर्दै आएका छन् । कृषकहरूलाई गरिरहेको काममा हौसला थप्दै नयाँलाई पनि कृषि कर्ममा लाग्न उत्प्रेरणा दिनको लागि यो काम सुरू गरीएको नगरप्रमुख आईतमान तामाङले बताए ।…

Read More

महोत्तरी । एक अध्यणअनुसार महोत्तरीमा महिलाहरूको कुल मृत्युदरमध्ये झण्डै ३० प्रतिशत मृत्यु दाइजो कै कारण हुने गरेको पाइएको छ । निक्कै विकराल समस्याकोरुपमा जकडिएको दाइजो प्रथालाई उन्मुलन गर्न स्थानीय सरकारले समेत अग्रसरता नदेखाइरहेको बेला मटिहानी नगरपालिकाले भने यस्को अन्त्यको लागी नीति कार्यक्रम नै बनाएको छ । बुधबार भएको ११औं नगरसभामा दाइजो प्रथाको अन्त्य गर्न नगरप्रमुख हरि मण्डलले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । बालविवाह तथा दाइजो प्रथाको अन्त्यको लागी यसअघि पनि निक्कै प्रयास गर्दै आएको नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा औपचारिकरुपमा नै वालविवाह तथा दाइजोप्रथा उन्मुलन घोषणा गर्ने जिल्लामा मटिहानी नगरपालिका पहिलो नगरपालिका बनेको छ । दाइजोप्रथा जस्तो कुप्रथाको अन्त्यका…

Read More

सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता एवम् निर्वतमान सभापति विकास लामाको निधन भएको छ । विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित लामाको उपचारको क्रममा गए राति बीर अस्पताल, काठमाण्डौंमा निधन भएको हो । विद्यार्थीकालदेखि नेपाली काँग्रेससँग आवद्ध रही राजनीति गर्नु भएका ६४ वर्षिय लामा नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा जिल्ला सभापतिमा निर्वाचित हुनु भएका थिए । लामाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि शनिबार दिनभरि काठमाण्डौं बौद्धस्थित तीनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार (भोलि) मात्र लामा संस्कार अनुसार दाहसंस्कार गरिने नेपाली काँग्रेस सिन्धुपाल्चोकाले जनाएको छ ।

Read More

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकामा होमस्टे संचालक तथा समुदायलाई Hospitality Management Training सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । बागमति प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको आयोजना तथा पाँचपोखरी थाङपाल गाउँपालिका पर्यटन बिभागको समन्वयमा होमस्टे संचालक तथा समुदायलाई Hospitality Management Training सम्बन्धि २ दिने तालिम गरिएको हो। पर्यटनको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा यस्ता तालिमले होमस्टे व्यवसायिको क्षमता विकास हुनुका साथै व्यवस्थित होमस्टे संचालनबाट पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने पाँचपोखरी पर्यटन बोर्डका सचिब मुकुन्द पाण्डेले बताए। आगामि दिनमा पनि यसरी नै समन्वय तथा सहकार्य गरि होमस्टे संचालकहरुलाई अझै ब्यबस्थित तरिकाले ब्यबसाय संचालन गर्न प्रोत्साहन गर्ने समेत बताएका छन्…

Read More

काठमाडौँ । वीर अस्पतालमा आज (शुक्रबार) देखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि ७ सय साधारण शय्या निःशुल्क गर्ने निर्णय गरेको हो । अस्पतालका अनुसार ७ सय साधारण शय्या निःशुल्क गरिएको छ। मन्त्रालयको पहलमा शय्याबापत आउने पैसाको शोधभर्ना गर्ने गरी सर्वसाधारणका लागि निःशुल्क गरिएको छ । यसअघि शय्यामा प्रतिदिन २ सय रुपैयाँ शुल्क लाग्ने गरेको थियो। अस्पतालमा क्याबिन, सघन उपचारकक्ष (आइसियू) गरी ९६० शय्या रहेका छन्।

Read More

सिन्धुपाल्चोक । जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासि लामाले पाँचपोखरी लाई संघ र प्रदेश सरकारले उपेक्षा गरेको बताएका छन् । पालिका सडक पिच गर्ने राष्ट्रिय निति भएपनि बजेट विनियोजनमा संघ र प्रदेश सरकारले उपेक्षा गरेको अध्यक्ष लामाले बताए । मेलम्ची भोताङ सडकको लागि १० लाख,बासखर्क बरुवा याङ्रीको लागि ५ लाख र चौतारा भोताङ सडकको लागि ५ लाख बजेट बिनियोजन गरेको भन्दै सरकारले सडकलाई दिएको महत्त्वप्रति असन्तुष्टि जनाए । आफ्नो कार्यकाल भित्र सडक पिचगर्ने दृढ संकल्प बोकेको अध्यक्ष लामाले सामाजिक संजालमा फेसबुकमा लेख्दै अझैपमि हरेस नखाएको जनाएका छन् ।

Read More