Author: सूचनापाना

काठमाडौँ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ४२ वटाले समयमै बजेट ल्याउन सकेनन् । गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घले दिएको जानकारी अनुसार १० असार भित्रमा ७ सय ११ स्थानीय तहले मात्र बजेट ल्याएका हुन् । स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ बमोजिम १० असारमै स्थानीय तहकै बजेट ल्याउनुपर्ने प्रावधान छ । ऐनले १० असारभित्र अनिवार्य रूपमा बजेट ल्याउनुपर्ने व्यवस्था गरे २९ गाउँपालिका र १३ नगरपालिकाले बजेट ल्याउन सकेनन् । समयमा बजेट ल्याउन नसक्ने स्थानीय तहमध्ये सबैभन्दा बढी २३ वटा पालिका मधेस प्रदेशका छन् । मधेस प्रदेशको १३६ स्थानीय तह मध्ये २३…

Read More

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस–रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नम्बर ७ का वडा अध्यक्ष भीम बहादुर यादवसहित ३ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत मरासिनी, वडाध्यक्ष यादव र बिचौलिया विनोद भरले उत्खनन गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग रु. ५० हजार घुस-रिसवत मागेको अख्तियारको ठहर छ । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार प्रमुख प्रशासकीय अधिकृत मरासिनी र यादवलाई भ्रष्टाचार निवारण…

Read More

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका थप १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो । प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार थिए । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अदालतमा मुद्दा चलाएको थियो । त्यसमध्ये १८ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये लक्ष्मी महर्जन र टङ्क गुरुङ क्रमशस् ५ लाख र १० लाख…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा खाभ्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारको नीति तथा कार्यक्रम र १५ जेठमा प्रस्तुत गरेको आगामी वर्षको बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा गाभ्ने निर्णयप्रति रास्वपाले भर्त्सना गरेका हुन् । राजनीतिक आन्दोलनबाट स्थापित संवैधानिक निकायलाई खारेज गर्ने सरकारको निर्णय लोकतन्त्रमाथिको प्रहार भएको भन्दै उनले उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरे ।

Read More

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ । पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले छ इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको हो । महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरिरहेको र आ–आफ्नो तार व्यवस्थापनका लागि पटक पटक समय दिँदा पनि अटेर गरेपछि बाध्य भएर कारबाही प्रक्रियामा जानुपरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । महानगरले आज इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनी वल्ड लिंक, भायोनेट, क्लासिक टेक, सुविसु र डिसहोमलाई कारबाहीस्वरुप रु दुई हजार पाँच सयका दरले जरिबाना गरिएको उनले बताए । जिल्ला प्रहरी…

Read More

मुम्बई । महाराष्ट्रको नासिक जिल्लामा गाईको मासु तस्करी गरेको आशंकामा गोरक्षकहरूको समूहले एक व्यक्तिको हत्या गरेका छन् । मुम्बईको कुर्लाका ३२ वर्षीय अफान अन्सारी आफ्ना सहकर्मी नासिर शेखसँग कारमा गाईवस्तुको मासु बोकेर जाँदै गर्दा गोरक्षकहरूले उनीहरूलाई रोकेर कुटपिट गरेका थिए। दुवैलाई अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी नायब निरीक्षक सुनिल भामरेले भने, ‘घटनास्थलमा पुगेर हामीले कार बिग्रिएको अवस्थामा फेला पारेका थियौं। घाइतेहरू कार भित्रै थिए र उनीहरूलाई नजिकैको अस्पतालमा भर्ना गर्यौं, जहाँ एक जनाको मृत्यु भयो। अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिइएको छ।’ प्रहरीले घाइतेको उजुरीका आधारमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी…

Read More

काठमाडौ । नेपाली बजारमा सोमबार पनि सुनको भाउ उकालो लागेको छ।  साेमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। साेमबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। आइतबार पनि तोलामा १५ रुपैयाँले बढेर चाँदी १…

Read More

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका स्थानीयले जनप्रतिनिधिमाथि कुटपिट गरेका छन् । गाउँपालिकाको कार्यालय सार्ने विषयमा १२औँ गाउँसभामा विवाद हुँदा कुटाकुट भएको हो । गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले कार्यालय सार्ने निर्णय सभाबाट बहुमतले पारित हुँदै गर्दा स्थानीयसहित केही अराजक तत्त्वले आक्रमण गरेको बताए । उनले स्थानीयको आक्रमणबाट आफ्नो हातमा चोट लागेको र उपाध्यक्ष कमल साउदसहित वडा नम्बर ७ का अध्यक्ष नवराज कठायतलगायत घाइते भएका बताए । राति भागाभागको स्थिति आएकाले कसलाई कति चोट लागेको छ भन्ने यकिन भइनसकेको अध्यक्ष उपाध्यायले बताए । त्यस्तै, ढुंगामुडा समेत प्रहार गरिँदा गाउँपालिकाको नवनिर्मित भवन र प्रहरी चौकीमा समेत क्षति भएको बताइएको छ । हाल खिमडीमा…

Read More

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले लागू औषधको प्रयोगले स्वस्थ, सभ्य र अपराध मुक्त समाज निमार्ण गर्न चुनौती सिर्जना गरेको बताएका छन् । लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा, समाज र राष्ट्रको लागि हानिकारक भएको भन्दै यसबाट समृद्ध राष्ट्र निमार्णको राष्ट्रिय लक्ष्यमा समेत बाधा पुग्ने बताए । उनले भने, लागू औषधको उपयोग, कारोबार र वृद्धि चिन्ताजनक छ । विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा, व्यक्ति समाज र राष्ट्रको लागि हानिकारक हुन्छ नै यसबाट समृद्ध राष्ट्र निमार्णको राष्ट्रिय लक्ष्यमा…

Read More

काठमाडौँ । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस–हरेक वर्षको जुन २६ लाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । उक्त दिवस मनाउने निर्णय संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ । दिवस मनाउनुको मुख्य उद्देश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो । ‘जीवन बचाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाउन लागिएको हो । यो दिवस लागू औषध दुरुपयोग र सम्बन्धित स्वास्थ्य समस्याहरू रोक्न लागू औषध र यसको प्रभावहरूको बारेमा सही जानकारी प्रदान गर्ने महत्वमा केन्द्रित छ ।…

Read More