Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ – भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ परेका छन् । आज मंगलबार ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गुरूङलाई पक्राउ गरेको सिआइबी स्रोतले जानकारी दिएको हो । ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको सीआईबी स्रोतले जनाएको छ । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हडप्न किर्ते गर्नेविरुद्ध ३ वर्ष लगाएर सीआईबीले तयार पारेको प्रतिवेदनलाई सरकारी वकिलको कार्यालयले अस्वीकार गरेको हो । जग्गा हिनामिना गर्न १९८७ साल (राणा प्रधानमन्त्री भीमशमशेरको पाला) को लालमोहर, २०२३ सालमा तत्कालीन वाग्मती अञ्चलाधीश कार्यालयले स्वामित्व नरहने गरी खेतीपाती गर्न दिइएको पत्र,…
“बुद्ध शिक्षा र बुद्ध शिक्षक” तथा “विपश्यना, ज्ञान र ध्यान” को एक दिवसीय सेमिनार सम्पन्न
दोलखा । “सुखी समाजको चाहनाः बुद्ध शिक्षाको अवधारणा” को नारा सहित बुद्ध विचार, बुद्ध व्यवहार र बुद्ध ज्ञानको माध्यमबाट “सुखी समाज निर्माण” गर्ने अभियान अन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरुलागि आयोजित “बुद्ध शिक्षा र बुद्ध शिक्षक” तथा “विपश्यना, ज्ञान रध्यान” अभ्यास सहितको एक दिवसीय सेमिनार सम्पन्न भएको छ । उक्त कार्यक्रम दोलेन्द्र बुद्ध शिक्षा सदन, ललितपुरका श्री प्रेम शाक्यको सहयोग, स्थानिय संयोजक भगवान दाश श्रेष्ठ, शिक्षक शंकरलाल श्रेष्ठ तथा हरि प्रसाद दहालको सक्रियतामा श्री राजकुलेश्वर आधारभूत विद्यालयमा असार ९ गते शनिबार आयोजना भएको थियो । कार्यक्रमको प्रमुख अतिथी तथा मूल प्रस्तोता, बौद्ध दर्शनमा आधारित ऐतिहासिक, धार्मिक सांस्कृतिक पर्यटनको विकास गर्ने…
नगरवासीलाई सुविधा सम्पन्न बनाउँदै बाह्रबिसे नगरपालिका, अब एम्बुलेन्स र शववाहन सेवा पनि निशुल्क
बाह्रबिसे । बाह्रबिसे नगरपालिकाले त्यहाँका जनतालाई एम्बुलेन्स र शववाहन सेवा निशुल्क प्रदान गर्ने भएको छ । गरीबका छोराछोरीले शिक्षामा १२ कक्षा सम्म निशुल्क पढ्न पाउने व्यवस्था गरेर चर्चा कमाएको यस नगरपालिकाले फेरी पनि जनतालाई सेवा सुविधा दिने क्रममा एम्बुलेन्स र शववाहन सेवा निशुल्क प्रदान गर्ने भएको हो । नगरपालिकाको १३ औँ नगरसभाको निति तथा कार्यक्रममा लोकप्रीय योजनाहरु मध्ये नगरबासीलाई एम्बुलेन्स तथा शववाहन निशुल्क व्यवस्था गर्न लागिएको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए। आगमी साउन १ गते बाट नगरबासीको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने उनले बताए । एम्बुलेन्स नगरबाट खरिद गरिएको र शववाहान बागमति प्रदेश स्वास्थ्य मन्त्रालयबाट झिकाई सकिएको समेत…
काठमाडौँ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ। बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोपमा शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको यो शहकारीले बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको छ। उपत्यकाका ३ वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरसहित उपत्यका बाहिर पनि प्रमुख शहरहरुमा शाखा विस्तार गरेको सहकारीका सञ्चालकविरुद्ध सबै शाखाका बचतकर्ताले उजुरी गरेका छन्।
इलाम । आगलागीमा परेर इलाममा सात घर नष्ट भएका छन् । माङ्सेबुङ गाउँपालिका– ५ को लारुम्बामा गए राति भएको आगलागीमा परी सात घर नष्ट भएका हुन । जिल्ला प्रहरी कार्यालयका अनुसार सो आगलागीमा परी स्थानिय अनु चेम्जोङ, नरहाङ लावती, हर्कबहादुर चेम्जोङ, पदम इवा, लोकहाङ लावती, माङ्गेना साम्बाहाम्फे र चन्द्र राईका घर पूर्ण रूपमा नष्ट भएका हुन् । प्रहरीका अनुसार काठ र टिनबाट निर्मित घरहरू एकै ठाउँ गुजुम्ब रहेकाका कारण सात घर जल्न पुगेका हुन । सोमवार राति करिब साढे २ बजेतिर सुरु भएको आगो स्थानीयले नियन्त्रणमा लिएका थिए । यसरी घर जल्दा सो घरमा भएका अधिकांस समान पुर्ण रुपमा जलेर…
रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि ५६ करोड ६४ लाख बराबरको बजेट प्रस्ताव गरेको छ । बजेटमा यस आर्थिक बर्ष अध्यक्ष र उपाध्यक्षले विनियोजन गर्न पाउने गरी तीन करोड रुपैयाँ छुट्याईएको छ । अध्यक्षको जगेडा कोषका लागि २ करोड र उपाध्यक्षको जगेडा कोषका १ करोड राखिएको छ ।
रामेछाप । लिखु तामाकोशी गाउँपालिकाले २०८०/८१ का लागि ५८ करोड ५० लाख १६ हजार १३ रुपैयाँ को बजेट प्रस्तुत गरेका छन् । कृषि पेशालाई व्यवसायिक र यान्त्रिकरण गरी एक वडा एक उत्पादनको नीति अनुरूप पकेट क्षेत्रमार्फत व्यवसायिक खेतीलाई प्रोत्साहन गर्ने, सुख्खाग्रस्त भू–भागलाई सिंचाइ प्रणालीमा जोड्दै, जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि थोपा सिँचाइ र लिफटिङ् सिँचाइको नीति पालिकाले लिएको छ । कृत्रिम गर्भाधानको माध्यमबाट पशुपालन व्यवसायको प्रवद्र्धन गरी गाउँपालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने नीति पालिकाले लिएको अध्यक्ष केशव महतले बताए । वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि रोजगारी लक्षित कार्यक्रम सञ्चालन गर्ने साथै पशुपालन व्यवसायमा आकर्षित गर्ने नीति तथा कार्यक्रममा…
रामेछाप । गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले पालिकाले आगामी आर्थिक वर्षका लागि सुशासन,सार्वजनिक खर्चमा मितव्ययिता, पुँजीगत खर्चमा वृद्धि, गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्ट्राचार नियन्त्रण, उत्पादन र रोजगारीमा वृद्धि, पर्यावरणीय सन्तुलन जस्ता विषयहरू प्रमुख प्राथमिकतामा राखेको बताए । नीति तथा कार्यक्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्दै सबै खाले अनियमितता, भ्रष्ट्राचार, कर छली, कृत्रिम अभाव कालो बजारी, व्यावसायिक एकाधिकार जस्ता क्रियाकलापलाई निस्तेज पार्नका लागि पालिकाले सबै खालको उपाय अवलम्बन गर्ने जानकारी गराए । जनताबाट आउने गुनासोलाई प्रभावकारी रूपमा सुनुवाइ गरी उचित दण्ड सजाय र कानुनी उपचार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख…
रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषादेवी कार्कीले आगामी आर्थिक वर्ष २०८०/८१का लागि ७४ करोड ४२ लाख ९३ हजार २ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन् । प्रस्तुत बजेटमा सङ्घीय सरकारबाट ५८ करोड ९८ लाख ३५ हजार ७ सय, बागमती प्रदेश सरकारबाट ८ करोड ९७ लाख ३५ हजार ७ सय २५ रुपैयाँ र आन्तरिक स्रोततर्फ जलविद्युत रोयल्टीबाट ५ करोड ५० लाख तथा विभिन्न कर शुल्क लगायतबाट ४ करोड ३७ लाख ७ सय गरी ९ करोड ८७ लाख २१ हजार ७ सय ७५ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।…
काठमाडौं । न्याय परिषद्को सोमबार बसेको बैठक विनानिष्कर्ष टुंगिएको छ । न्यायाधीश नियुक्ति सम्बन्धमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो । लामो समय सर्वाेच्च अदालत प्रधानन्यायाधीशविहीनको अवस्था थियो । हालै प्रधानन्यायाधीशमा नियुक्त कार्कीले न्यायाधीश नियुक्त गर्न भन्दै न्याय परिषद्को बैठक राखेको थिए । तर, निष्कर्षविहीन टुंगिएको हो । सर्वोच्च अदालतमा ६, उच्च अदालतमा ६ मुख्यसहित ४१ र जिल्ला अदालतमा ३५ न्यायाधीशको पद रिक्त छ ।