Author: सूचनापाना

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गण्डकी प्रदेश सरकारबाट म्याग्दीमा खानेपानी, नदी नियन्त्रण र सिँचाइ आयोजना निर्माणका लागि रु १४ करोडभन्दा बढी बजेट विनियोजन भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने गरी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ९५ वटा योजना तथा कार्यक्रमका लागि रु १४ करोड ३५ लाख बजेट विनियोजन गरेको हो । खानेपानी र सिँचाइ सुविधा विस्तार तथा कटानको जोखिमयुक्त बस्ती संरक्षणका लागि बजेट विनियोजन भएको म्याग्दी प्रदेशसभा क्षेत्र क बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले जानकारी दिए । गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको योजनाको विवरणअनुसार आगामी वर्ष…

Read More

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाई न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा हुने भएको छ । जिल्ला अदालत काठमाडौँमा वादी पक्षको माग बमोजिम क्षतिपूर्तिको मुद्दामा पण्डितको इजलासमा पहिलो नम्बरमै सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले माग गरेबमोजिम अस्पतालले डाक्टर प्रतिबेदन पठाएपछि आजका लागि सुनुवाइ तोकिएको हो । वादी पक्षले क्षतिपूर्तीका सन्दीपसँग १० लाख माग गरेपनि अदालतले खारेज गरेको थियो । यद्यपि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय उठाएको थियो । जसका कारण वादी पक्षले क्षतिपूर्तिमाग गर्दै पुनः जिल्ला अदालतमा निवेदन दिएका थिए।

Read More

सुर्खेत । पुर्वी सुर्खेतमा रहेको सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ । सिम्ता गाउँपालिका सुर्खेतको गाउँसभा १३ औं अधिवेशनलेकुल बजेट ५८,१७,७०,७०,३५०विनियोजन गरेको छ । विनियोजित बजेटको चालु तर्फ रू ३९,८९,०४,३५० र पुँजीगततर्फ रु. १८,१७,६६,०००/- छुट्याइएको छ । गाउँसभा १३ औं अधिवेशन गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा उद्घाटन भएको छ । उपाध्यक्ष गोमा शर्मा ( रेग्मी )ले विनियोजित बजेट प्रस्तुत गरेकी छिन् । सभामा विभिन्न विषयगत समितिका संयोजकहरूले आ-आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । गाउँ सभाको संचालन सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले गरेका छन् । सिम्ता गाउँपालिकाले यस वर्ष गौरवका आयोजनाहरु शहिद…

Read More

काठमाडौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले १९ असारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गर्न लागेको हो ।  जसअनुसार यस कम्पनीले १ सयअंकित मूल्यमा ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्नेछ । उक्त आईपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस्तै, बिगु गाउँपालिका वडा नं. ४ र कालिन्चोक गाउँपालिका वडा…

Read More

काठमाडौ । विन नेपाल लघुवित्तको साेमबार वार्षिक साधारणसभा बस्दैछ । काभ्रेकाे बनेपामा बस्न लागेकाे सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।  यस्तै, अन्य लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार ५ गतेदेखि १० गतेसम्म बुक क्लोज गरीसकेको छ । तसर्थ, असार ४ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

Read More

चोलोमा । मध्य अमेरिकाको होन्डुरसमा हिंसा बढ्दै गएको छ । छुट्टाछुट्टै आक्रमणमा एकै रातमा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यसैलाई मध्यनजर गर्दै होन्डुरस सरकारले आइतबार देखी उत्तरी दुई सहरमा कर्फ्यू लगाउने निर्णय गरेको छ । उत्तरी सहर चोलोमाको छेउमा रहेको बिलियर्ड्स हलमा बन्दुकधारीले गोली चलाएका थिए । जहाँ १३ जनाको मृत्यु भएको थियो । सोही क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन् । सान पेड्रो सुलाको औद्योगिक सहर सहित उत्तरी भ्याले डे सुला क्षेत्रमा शनिबार भएका छुट्टाछुट्टै घटनामा कम्तीमा ११ अन्य व्यक्तिको मृत्यु भएको उनले बताए। राष्ट्रपति जिओमारा क्यास्ट्रोले सहरमा बढ्दो हिंसाको प्रतिक्रियामा तत्काल कर्फ्यू घोषणा गरेका…

Read More

काठमाडौं । गायक प्रकाश सपुत माथी बोतल प्रहार भएको छ।  रोमनियाको एक कार्यक्रममा उनी माथी बोतल प्रहार भएको हो । उनी माथी प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ । टविटरमा एक प्रयोगकर्ता पुष्पक थापाले लेखेका छन, ‘रोमानियाको एउटा कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूतमाथि बोत्तल प्रहार, थुक्क हामी नेपाली ???????? कलाकार भनेको रास्ट्रको गहना हो, सकिन्छ सम्मान गरौ, सकिदैन भने अपमान पनि नगरौ ???? जवाफमा समाजसेवी आनन्दराम पौडेलले लेखेका छन, ‘ती बोतल प्रहार गर्नेहरू माओवादी हुन् भन्दै थिए ।

Read More

सिन्धुपाल्चोक । जिल्लाको लिसंखु पाखर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५१ करोड ९६ लाखको बजेट प्रस्तुत गरेको छ । आइतबार बसेको १३ औं गाउँसभामा गाउँपालिका प्रमुख राजु लामाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । बजेट वक्तव्य भने उपाध्यक्ष मिठु देवि लामाले प्रस्तुत गरेकी थिइन् । उपाध्यक्ष लामाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि चालु तर्फ ३२ करोड ४९ लाख ८५ हजार ५ सय, ( ६७.१५ प्रतिशत ) र पुँजीगत तर्फ १८ करोड ८६ लाख ९८ हजार ८०५ (३२.९५ प्रतिशत) बजेट पेश गरेकी हुन् । सभाले नीति तथा कार्यक्रम र सो बजेट पारित गरेको छ…

Read More

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि प्रतिनिधि सभामा आठ मन्त्रालयको छलफल सकिएको छ । विनियोजन विधेयक-०८० अन्तर्गत विभिन्न आठ मन्त्रालयका लागि विनियोजित बजेटमाथि प्रतिनिधि सभा सदस्यहरूको सहभागितामा मन्त्रालयगत छलफल सम्पन्न भएको हो । आजसम्ममा गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिको छलफल सकिएको हो । सबै मन्त्रालयहरूका लागि विनियोजित बजेटमाथि संसदमा केही दिनदेखि छलफल चलिरहेको थियो । आज प्रतिनिधिसभाको बैठकमा सम्बन्धित मन्त्रालयको नेतृत्व गर्दै मन्त्रीहरूले सांसदहरू उठाएका प्रश्नमाथि जवाफ दिए । प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान…

Read More

काठमाडौँ । पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेपछि जलहरी बाहिर निकालेर जोख्न लागिएको हो । मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगिएको छ । अब त्यहीँ जोखिनेछ । करिव एक क्वीन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा टुक्रा पारेर मात्रै निकाल्न सकिन्छ । नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रूपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाडौँ महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरूलाई राखिएको छ । जलहरी राख्न १०३ किलो सुन खरिद गरिए पनि ९३ किलोको मात्र जलहरी बनाइएको…

Read More