Author: सूचनापाना

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीको आइपीओमा मागभन्दा धेरै आवेदन परिसकेको छ । आइएमई लाइफले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो । यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । अब पछि सर्वसाधारणलाई पनि ९६ लाख कित्ता सेयर खुला हुनेछ ।

Read More

काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रिमियममा असार २४ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। सेयरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३, १४,…

Read More

क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरामा सरकारले ‘ब्रेन डेड’ भएका व्यक्तिको इच्छा मृत्युको न्यूनतम उमेर १४ वर्ष पुर्‍याउने भएको छ । यो कानून पास भएमा यो इच्छा मृत्यु सम्बन्धी सबैभन्दा उदार कानून हुनेछ, जसअन्तर्गत बालबालिकाले पनि त्यस्ता अधिकार प्राप्त गर्न सक्नेछन्। यस कानूनका सम्बन्धमा राज्यका मानवअधिकार मन्त्री तारा शीनले हालै इच्छा मृत्युको निर्णय लिन परिपक्वताको उमेर १८ बाट १४ वर्षमा झार्ने विचार गरिरहेको बताएकी छिन् । उमेरको हद स्वविवेकको कुरा भएको जनाउँदै जन्मदिनलाई आधार मानेर मात्र नपुग्ने भन्दै उनले व्यक्तिको निर्णय क्षमता हेरेर स्वास्थ्य विज्ञले निर्णय गर्ने बताए । शैनका अनुसार उनको कानूनमा सार्वजनिक समर्थन रहेको छ । उनका अनसार सामुदायिक…

Read More

काठमाडौ । राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आउने महिनाको लागि त्यसअघिका हरेक तीन महिनाको औसत अनुसार आधारदर तय गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि हरेक तीन/तीन महिना मात्रै कर्जामा लाग्ने आधारदर परिर्वतन हुने गथ्र्यो । अब भने हरेक महिना पछिल्ला तीन महिनाको आधारदरको औसत लिएर तय गरिन्छ । एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको औसत आधार ०.१० प्रतिशतले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्म तीन महिनाको औसत आधार दरको तुलनामा जेठसम्म यस्तो औसत आधार दर मात्रै ०.१० प्रतिशतले घटेको हो । बैंकहरुको पछिल्लो तीन महिनाको औसत आधारदर (चैत, वैशाख र जेठ) को १०.३४ प्रतिशतमा आएको…

Read More

काठमाडौ । वर्षैंदेखि लगानीकर्ताले माग गर्दै आएको नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढेको छ । एक दशकपछि ब्रोकरलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढे पनि यो या त्यो बाहनामा लाइसेन्स रोक्न अनेक प्रयास भए । कहिले मुद्दा र कहिले अर्थ समितिको निर्देशनले प्रक्रिया रोक्न विलम्ब गरेका कारण लाइसेन्स वितरण प्रक्रियामा ढिलाई भएको थियो । तथापि, योबीचमा नेपाल धितोपत्र बोर्डले १८ वटा नयाँ ब्रोकरलाई सञ्चालन अनुमति (लाइसेन्स) प्रदान गरेको छ । यसअघि आशयपत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका १८ वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरिसकेको छ । सञ्चालन अनुमति पाएका मध्ये ७ ब्रोकर कम्पनीहरुले नेपाल स्टक एक्चेन्जमा सदस्यताका लागि आवेदन दिएका…

Read More

चौतारा । सिन्धुपाल्चोकको इचोक गाउँ । यो गाउँ केही वर्ष अघिसम्म युवतीविहीन थियो । छोरीहरू रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए । दलालहरू घरघर पुगेर छोरी–चेली फकाई फुल्याइ आकर्षक रोजगारी मिलाइ दिन्छु भन्दै भारत लैजान्थे । बाबु–आमा आफै छोरी चेलीलाई दिल्ली र बम्बई पठाउँथे । घरमा टिनको छानो हाल्न होडबाजी चल्थ्यो । अशिक्षित अभिभावकलाई विश्वास थिएन कि आफ्ना चेली बेचिएलान् भनेर । आकर्षक तलब पाउने आशमा युवती गाउँ रित्तै हुने गरी विदेश गए । बाबु–आमाले समेत मनग्ये धन कमाएर फर्किन्छे र घरमा टिनको छाना हाल्न पाइने आशमा छोरीलाई विदेश पठाए । दिल्ली र मुम्बई पुगेका केही चेली फर्किए ।…

Read More

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पत्रकार सम्मेलन गरी सो प्रकरणमा मङ्गलबार पक्राउ परेका चार जनालाई सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । सीआईबीले हिजो उक्त प्रकरणमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको थियो । यद्यपि तीन जनाले यसअघि नै अदालतबाट ‘स्टे अर्डर’ लिएको हुनाले प्रहरीले कागज गराएर छाडेको थियो । जसमा सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि केसी छन् । आज सार्वजनिक हुनेमा काठमाडौँ महानगरपालिका-६ का ६९ वर्षीय मीनबहादुर गुरुङ, काठमाडौँ महानगरपालिका-७ रातोपुलका ८० वर्षीय धर्मप्रसाद गौतम, चन्द्रागिरि नगरपालिका-३ का ६०…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको अभाव हुन नदिने बताएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक रासायनिक मलको अभाव हटाएको भन्दै अब अभाव हुन नदिने बताएका हुन् । मल वितरणमा बेथिति रहेको भन्ने सांसदहरुले उठाएको जिज्ञासाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षका लागि मल अभाव हुन नदिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए । साथै देशमै रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्यायन गरिरहेको उनको भनाइ छ । ‘पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन्। मलको…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व सम्हालेपछि देशको अर्थतन्त्र सुधारिँदै गएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उनले आफूले सरकारको नेतृत्वमा सम्हाल्दा देशको अर्थतन्त्र श्रीलंकाको जस्तो हुन लागेको भाष्य सृजना गरिए पनि त्यसो हुन नदिएको बताए । अहिले देशको अर्थतन्त्र सकारात्मकतर्फ जागेको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डका अनुसार देशका सबै आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अगाडि बढेको छ ।

Read More

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० मा गर्नुपर्ने भुक्तानी २४ असार भित्र सक्न निर्देशन दिइएको छ । महालेखा नियन्त्रक कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन सो निर्देशन दिएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनु भन्दा ७ दिन अगाडि नै निकासा भुक्तानी नहुने र प्रणाली बन्द गर्नुपर्छ । यसबीचमा नियमले निर्दिष्ट गरेको कामका लागि भने निकासा दिन सकिने प्रावधान छ । सो निकासाबाहेक नियमित निकासा र भुक्तानी सक्न महालेखाले मातहतका कार्यालयलाई निर्देशन दिएको हो । यो नियम स्थानीय तह र प्रदेशको हकमा समेत लागु हुने छ ।…

Read More