Author: सूचनापाना

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक चेकजाँच पछि श्री एयरलाइन्सका तीनवटा जहाजलाई नियमित उडान गर्न अनुमति दिएको छ। प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले प्राविधिक निरीक्षणपछि सोमबार बिहान श्री एयरलाइन्सका दुइ वटा बमबार्डियर ड्यास क्यू–४०० र एउटा बमबार्डियर सिआरजे गरी तीन वटा जहाज उडानयोग्य रहेको जनाउँदै उडान अनुमति दिएको हो। यससँगै श्रीका तीनवटै जहाजले विभिन्न गन्तव्यमा उडान गरिहरेको एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले बताए। उनले भने,’प्राविधिक चेकजाँच पछि तीनवटा जहाज बिहानैबाट उडान गरिरहेका छन् । एउटा जहाज निरीक्षणका लागि ग्राउन्डेड नै छ। सम्भवतः भोलिबाट नियमित उडान गर्नेछ।’ गत शनिबार काठमाडौँबाट ३:३० बजे उडेको जहाजमा प्राविधिक समस्या देखिएका कारण धनगढीमा अवतरण…

Read More

काठमाडौ । प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको सो शेयरमा आजदेखि जो कोही व्यक्ति, संस्थाहरुले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले जेठ १० गते विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गरेको थियो । सो समयमा कुनै पनि विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेकोले आजदेखि सर्वसाधारण तथा संस्थापक शेयरधनी दुवैले आवेदन दिन सक्नेछन् । उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले सूचना प्रकाशित मितिले १५ दिन भित्र कम्पनी सचिवको कार्र्यालयमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Read More

काठमाडौँ । रुपन्देहीको कालिदह नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको साँढे २ केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो । अनुसन्धान गर्दा इँटाजस्तो उक्त वस्तु एक केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको थियो । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालीदह नाका हुँदै असार १० गते भारततर्फ सीमा पार गर्न लागेको बा१२च ३८२० नम्बरको मारुती सुजुकी कार सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, डण्डाको टोलीले चेकजाँच गर्दा इँटा आकारका दुई थान सुन शङ्कास्पद…

Read More

काठमाडौँ । हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका-२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिए । लम्पी स्किन रोगको सङ्क्रमणबाट लिही गाउँका करिब ३० वटा गाईगोरु मरिसकेका छन् । रोगलाई नियन्त्रण गर्नेका लागि गाउँपालिकालाई आवश्यक औषधि उपचारको व्यवस्थापनका लागि अनुरोध गरिएको नेपालीको भनाइ छ । तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले पालिकाका केही वडामा लम्पी स्किन रोगबाट गाईगोरु मरेको जानकारी आएको भन्दै रोगबाट बढी प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए । उनले ती क्षेत्रमा तत्कालका लागि पशु सेवा कार्यालय जुम्लाको सहकार्यमा औषधि ल्याई पशु प्राविधिकलाई स्थलगतरुपमा खटाई उपचार सुरु गरिएको बताए…

Read More

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी-वेसहितका संरचना निर्माण गर्न नयाँ ठेक्का लाग्ने भएको छ । निर्माण सकिएर सञ्चालनमा आएको एक वर्षपछि थप निर्माण कार्यका लागि गत वैशाखमा ठेक्का आह्वान भएको थियो । सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले यो कामको ठेक्का आशिष-क्षमादेवी-बुद्ध हिमाली जेभीलाई दिने गरी बोलपत्र स्वीकृतिको आशयपत्र प्रकाशित गरेको छ । प्राधिकरणका अनुसार यो ठेक्का कुल लागत ३ अर्ब ९९ करोड ४९ लाख ९३ हजार ७१० रुपैयाँमा लाग्दैछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ धावनमार्ग बनेसँगै अहिले उडान त्यहीँबाट भइरहेको छ । यस विमानस्थलको पुराना धावनमार्गलाई पुनर्स्थापित गरी नयाँ धावनमार्गसँग जोड्दै समानान्तर ट्याक्सी वे, एप्रोनसहितका संरचना बनाउने प्राधिकरणको…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डको भ्रमण आगामी सेप्टेम्बरमा हुने तय भएको जानकारी दिएका हुन् । परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले दुई उदाउँदा छिमेकी मुलुकबीचसँगको सम्बन्ध थप सुमधुर हुने बताए । आर्थिक रूपमा मात्रै होइन विश्वमहाशक्तिका रूपमा उदाउँदै गरेको प्रधानमन्त्रीको चीन भ्रमण नेपालका लागि फलदायी हुने बताए । ‘लाभ लिने सन्दर्भमा प्रधानमन्त्रीको आगामी सेप्टेम्बरमा हुने चीन भ्रमण महत्त्वपूर्ण हुनेछ । सार्थक हुनेछ,’ उनले भने, ‘नेपाल असंलग्न परराष्ट्र नीतिमा हिँडेको छ, राष्ट्रको हितलाई केन्द्रमा राखेको छ ।…

Read More

काठमाडौँ । आइतबार बिहान साढे ११ बजे बसेको प्रतिनिधिसभाको ३ मिनेट बसेर स्थगित भएको हो । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।बैठकको सरुमा सभामुख देवराज घिमिरेले आजको बैठकमा शून्य समयको कार्यक्रम नरहेको जानकारी गराउँदै प्रतिनिधिसभाका सचिव पद्म पाण्डेलाई राष्ट्रियसभा राष्ट्रियसभामा उत्पत्ति भएको “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्न समय दिए । त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्

Read More

सामान्य कुरा प्राय भइरहन्छ । त्यति सम्झना रहँदैन । असामान्य कुरा एक चोटि भए पछि सधैं भरी सम्झना रहन्छ । आफैभित्र हुँदा जिन्दगी भरि रहन्छ तर आफूभन्दा बाहिर गयो भने पुस्तौं पुस्ता सम्म पनि रहन सक्छ। आख्यानको रुपमा रहन सक्छ ,मजाकको रुपमा रहन सक्छ ,लोक कथा बन्न सक्छ , गीत बन्न सक्छ ,कविता, कथा ,उपन्यास , नाटक आदि इत्यादि बनेर रहन सक्छ । हो मेरो पनि जिन्दगीको एउटा कथा छ, मुटुमा लुकाएर राखेको कथा । लुकाएर राखेका कुराहरू आफैँमा असामान्य भएर छट्पटिँदा रहेछन् त्यसैले म सबैको माझ झिक्छु , फाल्छु र छरपस्ट पारिदिन्छू जसले गर्दा मलाई शान्ति मिलोस् र अरुलाई…

Read More

काठमाडौं : न्यू मिलेनियम कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । न्यू मिलेनियम कलेज, लाइन्स क्लब अफ काठमाडौं बासुकी, लियो क्लब काठमाडौं परिकल्पना र श्री धुम्रवराह क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको कलेजका प्रमुख हरेराम शर्मा पौडेलले जानकारी दिए । हाल दिनहुँ रगतको अभाव भई उपचारमा बाधा भएको समाचार देखिएकोले समस्या समाधानमा मद्दत पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए । शनिबार भएको रक्तदान कार्यक्रममा २५ जना भन्दा बढी रक्तदाताहरुले रगत दान गरेका छन् । वर्षाका कारण दाताको उपस्थिति अनुमान भन्दा कम भएको आयोजकले जनाएको छ ।…

Read More

मुगु । वरिपरि डाँडाकाँडा, डाडाँकाँडाको बीचमा छङ्छङ् बग्ने खोला । त्यही खोलाको किनारमा न्याउली र कोइलीको आवाजले वन नै गुन्जायमान भएको छ । त्यो शान्त वातावरणको बीचमा एउटा सानो चिटिक्क परेको पानी घट्ट । वरीपरी माटोले छाएको घरको पर्खाल, हरियो जस्तापाताले टलक्क टल्लेको घर । यो दृश्य हो– मुगुको सोरु गाउँपालिका–७ मा अवस्थित पानीघट्टको । बुम्च र सिपबासीका लागि घट्ट पिस्ने केन्द्र बनेको छ । आधुनिक घट्ट निर्माण भएपछि त्यस गाउँका नागरिकको हर्ष छाएको छ । वरिपरिको सुन्दर वातावरण, स्वच्छ हावापानीका कारण घट्टमा अन्न पिस्न आउनेको भिड लाग्छ । बुम्च गाउँमा पहिले दुईदेखि तीन घण्टा, कहिले त एक दिनको यात्रा गरेर…

Read More