Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
प्रधानमन्त्रीको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु दुखद् : सचिवालय
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैंमा निरर्थक र दुखद् रहेको प्रधानमन्त्रीको सचिवालयले भनेको छ । यही १८ असारमा भएको सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनााउन प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरेपछि सचिवालयको सो प्रष्टीकरण आएको हो । प्रितम सिंहसँग पारिवारिक घनिष्ट सम्बन्ध रहेको र सोही सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैंमा निरर्थक र दुखद् रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ । संसदबाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड…
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले नदी किनारका सुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बुधवारको बैठकमा बाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले छ महिनाभित्र काठमाडौँ उपत्यकाभित्रका बाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत नदी किनारका सुकुम्वासी बस्ती हटाउन सरकारलाई निर्देशन दिएका हुन् । समितिले काठमाडौँ उपत्यकाका १८ नगरपालिकाबाट घरजग्गा पासबापत बाग्मती सभ्यता करका नाममा उठाइएको शून्य दशमलव पाँच प्रतिशत रकम अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कोषमा जाने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ । बैठकमा सहरी विकासमन्त्री सीता गुरुङले पशुपति क्षेत्रसम्मको बाग्मती सफा गर्ने जिम्मेवारी अधिकार…
काठमाडौँ । यातायात व्यवस्था विभागले बुधबार देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज बनाउन साबिकको लाइसेन्स प्रणालीमा सुधार गरी विद्युतीय सेवा प्रवाह प्रणालीको सुरुवात गरेको छ । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रक्रियालाई थप व्यवस्थित बनाउने गरी ‘अप्लाइडीएलन्यू डीओटीएम डट जीओभी डट एनपी’ वेबसाइटको सुरुवात गरेको छ । यो प्रणालीबाट सेवाग्राहीले लाइसेन्स प्रक्रियाको आवेदनदेखि राजस्व भुक्तानी समेत गर्न सक्नेछन् । यसअघि लाइसेन्स प्रक्रियाको अनलाइन आवेदन दिन सकिने व्यवस्था भए पनि फर्म बुझाउने, राजस्व भुक्तानी देखि लिखित र प्रयोगात्मक परीक्षा यातायात कार्यालयमा नै गएर दिनुपर्ने व्यवस्था रहेको थियो । तर, यस प्रविधिको सुरुवातसँगै अब आवेदनपछि सेवाग्राहीले एक पटक…
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले खेतिपाती गर्न आफ्ना नेता तथा कार्यकर्तालाई २० दिन ‘छुट्टी’ दिएको छ। पार्टीबाट छुट्टी पाएपछि अहिले विप्लवसहित नेकपाका नेता कार्यकर्ता खेतीपातीका लागि आ(आफ्नो जिल्ला तथा क्षेत्रमा खटिएका छन्। कृषि बिदा रहेका बेला नेता-कार्यकर्ताले राजनीतिक गतिविधि केही पनि नगर्ने एक नेताले बताए। नेकपाले कपिलवस्तुमा विप्लव, चितवनमा खड्क विश्वकर्मा ‘प्रकाण्ड’ र बर्दियामा भरत बमको नेतृत्वमा धान रोपेको छ। गत असोजमा सम्पन्न नेकपाको नवौँ महाधिवेशनले आधारभूत तरिकाबाट आत्मनिर्भर हुन श्रम र समयको सदुपयोग गर्ने निर्णय गरेको थियो। त्यही निर्णयअनुरूप नै अहिले पार्टीका सबै पङ्क्तिका नेता-कार्यकर्ता खेतीपातीमा व्यस्त भएको नेकपाले जनाएको छ।
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेका निकुञ्जले जनाएको छ । निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । निजहरूलाई वैशाख १२ गते पक्राउ गरिएको थियो । पक्राउपर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–१८ धरमपुरका होमबहादुर विक, सोही ठाउँका कृष्णबहादुर महतो र शिखाराम थारु रहेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए । उनका अनुसार गैँडाको खाग खरिदबिक्री कारोबार गर्दै गर्दा निजहरूलाई पक्राउ गरिएको थियो । पक्राउ परेका तीनै जना…
काठमाडौँ । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । तीन महिनादेखिको तलब खान नपाएको भन्दै कर्मचारीले आज केहीबेर प्रशासन घेराउ गरेका छन् । कर्मचारीले वैशाखदेखिको तलब खान नपाएको बताएका छन् । कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा अस्पतालमा समस्या देखिएको हो । कर्मचारीले तलब नपाएको बताएका छन् भने फार्मेसीमा औषधिको अभाव हुन थालेको छ । कार्यकारी निर्देशक डा. देजकुमार गौतमको कार्यकाल गत वैशाखमा सकिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्ति हुनसकेको छैन । बोर्ड सदस्यहरूको नियुक्ति नै नभएपछि कार्यकारी निर्देशक नियुक्ति हुन नसकेको हो । बोर्डमा ६ जना सदस्य रिक्त छन् । जसमा ४ जना चिकित्सक र २…
काठमाडौँ । काठमाडौँको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)मा जितेन्द्र बस्नेत जाने भएका छन् । काठमाडौँका प्रजिअ घनश्याम उपाध्याय मंगलवार सचिवमा बढुवा भएसँगै उनको ठाउँमा गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव बस्नेतलाई मन्त्रालयले सिडिओ बनाई पठाउन लागेको हो । बस्नेत यसअघि गोरखा, चितवन र पर्साको प्रमुख जिल्ला अधिकारी भई सकेका छन् ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब र विपन्नलाई सुलभ र सहजरूपमा उपचार दिलाउन सरकार दृढ सङ्कल्पित रहेको बताएका छन्। लोक सेवाबाट लिइएको परीक्षामा उत्तीर्ण भई स्थायी नियुक्ति पाएका स्टाफ नर्सलाई सम्बोधन गर्दै उनले आगामी पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य उपचारको पहुँच पुर्याउन प्रयत्न भइरहेको जानकारी दिए। मन्त्री बस्नेतले भने, “संविधानले नागरिकका लागि सुनिश्चित गरेको औषधि उपचार पाउनुपर्ने दायित्व पूरा गर्न सरकार दृढ छ, यस क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्न यही क्षेत्रमा कार्यरत जनशक्तिको साझा भावना हुनुपर्छ ।” स्टाफ नर्स मानवीय संवेदनासँग जोडिएको पद र जिम्मेवारी रहेको बताउँदै उनले उपचारसँगै बोली र व्यवहारले पनि बिरामीले सहजता महसुस गर्ने…
काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालिन नायव सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जन छन् । प्रहरीले आइतबार पनि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले आइतबार वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको थियो । यस प्रकरणमा पछिल्लो समय सिआइवीले नौ जनालाई पक्राउ गरिसकेको छ । उक्त प्रकरणमा केहीअघि मात्रै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालिन सरकारी कर्मचारी धर्मप्रसाद…
काठमाडौं । नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँ नाघेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट मूल्य घटेर आएसँगै निगमको १५ दिनको नाफा एक अर्ब ६० करोड रुपैयाँ पुगेको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । यो हिसाबबाट सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँभन्दा बढी भएको हो । पेट्रोलियम पदार्थको मूल्य बढ्दा उपभोक्ताको भान्सामा प्रयोग हुने दैनिक उपभोग्य वस्तुको भाउसमेत बढ्ने गर्छ । तर निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भाउ घटिरहँदा पनि पुरानो घाटा देखाउँदै मूल्य घटाएको छैन । अहिले निगमले उपभोक्तालाई बेचिरहेको पेट्रोलबाट लिटरमै १२ रुपैयाँ, डिजलमा १३ रुपैयाँ, मट्टीतेलमा २७ रुपैयाँ, आन्तरिक…