Author: सूचनापाना

रामेछाप । रामेछाप नगर उद्योग वाणिज्य संघको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अमित तामाङको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । सोमबार नगरपालिकामा रहेर विभिन्न व्यवसायहरु गर्दै आएका व्यवसायीहरुको संस्थाको रुपमा रहेको रामेछाप नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनले नयाँ कार्यसमिती पनि सर्वसम्मत रुपमा चयन गरेको हो । जस अन्तर्गत अध्यक्षमा अमित तामाङ,वाणिज्य उपाध्यक्षमा रविन्द्र श्रेष्ठ,उद्योग उपाध्यक्षमा देब बहादुर श्रेष्ठ,महासचिवमा रत्न बहादुर नेवार,कोषाध्यक्षमा धनराज खडका,एसोसियट सदस्यहरुमा चुक्त बहादुर मगर र सुधिर कार्की चयन भएका छन । त्यसैगरी खुल्ला सदस्यहरुमा डम्बर बहादुर श्रेष्ठ,गोविन्द बहादुर बस्नेत र तुलसा कार्की चयन भएका छन ।

Read More

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको भोटेकोशी नदीमा रहेकाे भीरको पहरामा लस्करै रहेको भीर मौरीको चाका । भीर मौरीको मह औषधिका रुपमा पनि प्रयोग गर्ने गरिन्छ । तस्बिर : हरिराम भेटुवाल/रासस

Read More

काठमाडौँ । इलामको पशुपतिनगर नाका शील भएपछि बजार सुनसान भएको छ । भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल निर्वाचनका लागि नेपाल-भारतबिच पर्ने इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । बिहीबार साँझ ५ बजे शील गरिएपछि शुक्रबार र शनिबार बजार सुनसान भएको हो । “भारत, बङ्गलादेश, भुटानलगायत पर्यटक आउने नाका शील भएपछि दुई दिनदेखि व्यापार ठप्प भएको छ”, व्यापारी रोहित श्रेष्ठले भने, “यहाँको बजार बाह्य पर्यटकमा निर्भर छ ।” व्यवसायी रामसिंह यादव भन्छन्, “कोरोना कहरदेखि यता चहलपहल निक्कै बढेको थियो । हिजो र आज लकडाउनकै सम्झना आयो ।” दार्जिलिङमा आज…

Read More

काठमाडौं । समाजवादी मोर्चा नेपालको संयोजकको जिम्मा माधव नेपालले पाएका छन्। यसका साथै आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले बैठकको अध्यक्षताको मोडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारस‌ंहिता बनाउने छ । नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा कार्यदलका सदस्य रहेका छन् । कार्यदलले मोर्चाको अर्को बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म नेकपा एसका अध्यक्ष नेपालले बैठकको अध्यक्षता गर्ने छन् । मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ ।…

Read More

काठमाडौं । कैलाली र कञ्चनपुरका स्थानीय तहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिएका स्वास्थ्यतर्फका कर्मचारीलाई फिर्ता पठाउने निर्णय गरेको छ । धनगढीमा बसेको दुवै जिल्लाका नगर प्रमुख तथा अध्यक्षहरुको दोस्रो समन्वयात्मक बैठकले दरबन्दीभन्दा बढी संख्यामा रहेका स्वास्थ्य सेवाका कर्मचारीहरूको तलब संघीय सरकारले उपलब्ध नगराउने निर्णय गरेकाले दरबन्दी बाहेकका थप कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै फिर्ता पठाउने निर्णय गरेको हो । बैठकपछि निकालिएको विज्ञप्तिमा भनिएको छ– ‘बैठकबाट कर्मचारी समायोजन ऐन २०७५ बमोजिम साविकमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कैलाली र कञ्चनपुरमा जिल्लाका स्थानीय तहमा समायोजन, समायोजन संशोधन, सरुवा एवम् कामकाजका लागि खटी रमाना भई आएर हाजिर भई कामकाज गरिरहेका स्वास्थ्य सेवाका…

Read More

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन् । ललिता निवास प्रकरणमा चारजना पूर्वसचिवविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो । ललिता निवासको एक सय १४ रोपनी जग्गा…

Read More

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष नवनियुक्त मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।  आफूले शपथ लिएसँगै मुख्यमन्त्री थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनले कांग्रेसका प्रदीप सुनार र एकीकृत समाजवादीका कमल जबेगुलाई मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरूको जिम्मेवारी भने तोकिएको छैन ।

Read More

काठमाडौ । सन नेपाल लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई साउन १ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  यसको ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सयअंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आईपीओ जारी गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १०…

Read More

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ कार्य समितिको कोषाध्यक्ष पदका लागि सन्तोष शर्माले उम्मेदवारी घोषणा गरेका छन् । विगत लामो समयदेखि राजधानीको मुटु बागबजारमा रहेको क्यापिटल इन्टरनेशनलका सञ्चालक शर्माले यही आउने असार ३० गते हुन गइरहेको इक्यानको कार्य समितिको निर्वाचनका लागि कोषाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । २६ बर्ष अगाडि स्थापना भएको नेपाल शैक्षिक परामर्श संघ मुलुकका सम्पूर्ण शैक्षिक व्यवसायीहरूको प्रतिनिधिमूलक, अविभावकीय एवं भरोसायोग्य संस्थाका रूपमा रहँदै आएको बताउँदै शर्माले आफूले यस संस्थालाई थप व्यावसायिक र मर्यादित बनाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका जनाएका छन् । उनले सम्पूर्ण व्यवसायी एवं शैक्षिक परामर्शदाताहरुलाई समेटेर लैजाने प्रतिबद्धता समेत…

Read More

काठमाडौं । उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् । एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरेको हो । उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको ललितपुरका प्रहरीले जनाएको छ ।

Read More