Author: सूचनापाना

काठमाडौ । साेमबारदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएसँगै अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेट समेत लागु भएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसँग सम्बन्धित्  तीन विधेयक प्रमाणीकरण गरेका थिए । यससँगै, साेमबारदेखि विलासिता कर लागु भएको छ । सरकारले चालू आर्थिक वर्षदेखि लागू हुने गरेर चार र पाँच तारे होटलका लागि २ प्रतिशत विलासिता करको व्यवस्था गरेको थियो । यस्तै, १० लाखभन्दा बढीको गरगहना किन्दासमेत २ प्रतिशत विलासिता कर तिर्नुपर्छ भने वैदेशिक भ्रमणमा जाँदासमेत सोही दरको कर तिर्नुपर्ने व्यवस्था बजेटमार्फत गरिएको छ । वैदेशिक रोजगार सेवा शुल्कसमेत साेमबारदेखि लाग्ने भएको छ । बजेटमार्फत सरकारले वैदेशिक रोजगारीमा पठाउने मेनपावर व्यवसायीलाई १ प्रतिशत करको…

Read More

झापा । आयातित मालसामानमा आयातकर्ता र बजार वितरकको पूरा विवरणसहितको ‘लेबल’ लगाउन आजदेखि अनिवार्य गरिएको छ । भन्सार विभागले आयातित मालसामानको ‘लेबल’को दुरुपयोग नहोस् भनेर आजदेखि देशभर यो नियम कार्यान्वयनमा ल्याएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । यदि कुनै आयातकर्ता र बजार वितरकले नियम उल्लङ्घन गरी मालसामान बिक्री वितरण गरेको पाइएमा अनुगमन निकायले सामान तत्काल जफत गर्ने कानुनी व्यवस्थासमेत रहेको उनले बताए । विभागले सो प्रावधानका बारेमा सरोकारवाला सबैमा सूचना गरिसकेको बताइएको छ । विदेशी मालसामानको आयात गर्ने आयातकर्ता, बजार वितरक, उद्योग वाणिज्य सङ्घ, स्थानीय तह, प्रशासनलगायत सरोकारवाला निकायलाई वाणिज्य विभागको नयाँ व्यवस्थासम्बन्धी जानकारी यसअघि…

Read More

काठमाडौँ । ककनी गाउँपालिका र धुनीबेसी नगरपालिका स्थानीयले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध सृजना गरेका छन् । संघीय सरकार र काठमाडौं महानगरपालिकाले स्थानीयको माग सम्बोधन गर्न चासो नदेखाएको जनाउँदै स्थानीयहरूले सोमबार(आज) बिहानै देखि फोहोर फाल्न अवरोध खडा गरेका हुन् । स्थानीयले बिहानैदेखि ककनी र धुनीबेसीको सिमानामा अवरोध गरेपछि काठमाडौँबाट फोहोर बोकेर गएका कन्टेनर बीच बाटामै रोकिएका छन् । स्थानीयवासीको आन्दोलनमा स्थानीय जनप्रतिनिधिहरू समेत सहभागी छन् । ककनी गाउँपालिकाको १२ औं सभाले फोहोरका कन्टेनरको प्रवेश शुल्क साउन १ गतदेखि ठूला प्रतिगाडीलाई १५ सय र १ हजार रुपैयाँ लिने निर्णय गरेको थियो। त्यसकाविरुद्ध फोहोर संकलन गर्ने निजी संघसंस्थाको छाता संगठन फोहोरमैला…

Read More

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजबाट आईपीओ बिक्री खुला गरेको छ । यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्दै छ । त्यस मध्येबाट १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिएको हो । कम्पनीले प्रतिकित्ता १ सयअंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आईपीओ जारी गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार…

Read More

काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेकाहरुले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि रिटमाथि आज सुनुवाइ हुदैँछ । सञ्चारसचिव कृष्णबहादुर राउतसहित चार जनाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाका लागि सोमबार सर्वोच्च अदालतमा पेसी तोकिएको हो । उक्त रिट निवेदन न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ। प्रहरी प्रधान कार्यालयले दायर गरेको भ्याकेट पनि सोही इजलासमा सुनुवाइ हुने भएको छ । यसअघि आइतबार पनि ती मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर हेर्न नभ्याइएको भन्दै इजलासले प्रतिवादीहरुलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । ललिता निवास प्रकरणमा केही प्रतिवादीले अग्रिम जमानत लिएका कारण…

Read More

काठमाडौँ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन्। यादवलाई प्रहरीले बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको हो। लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्री रहिसकेका यादवले रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवको नाममा १० माघ २०७० मा काटेको चेक अनादर भएको थियो। यादवले १२ लाख २८ हजार रुपैयाँ चेक काटेर दिए पनि पटक पटक बैंक जाँदा पर्याप्त मौज्दात नभएको देखिएपछि चेक अनादर (बाउन्स) भएको थियो। भुक्तानीका लागि चेक लिएका यादवले प्रहरीमा पूर्वमन्त्री यादवविरुद्ध चेक अनादरको उजुरी दर्ता गरेका थिए। उजुरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले यादवलाई आइतबार बाँकेको डुडुवा गाउँपालिकाको होलियाबाट नियन्त्रणमा लिएको…

Read More

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकास्थित विभिन्न १९ विद्यालयका प्रधानाध्यापकहरुले सामूहिक राजीनामा दिएका छन्। गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानसिक दबाब दिएको भन्दै उनीहरूले शुक्रबार सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिनेमा आधारभूत विद्यालयका १८ र माध्यमिक विद्यालयका एक जना प्रधानाध्यापक छन्। अध्यक्ष कालाखेतीले शिक्षाको गुणस्तर सुधार्ने निहुँमा लामो समयदेखि मानसिक दबाब दिएको उनीहरूको भनाई छ । विद्यालयको गुणस्तर सुधार गर्न प्रधानाध्यापकलाई सरुवा गर्ने भन्दै दबाब दिएकोसमेत उनीहरूले बताएका छन् ।

Read More

काठमाडौँ । सर्वोच्च अदालतले सञ्चार सचिव कृष्णबहादुर राउतले पेश गरेको बन्दी प्रत्यक्षीकरण निवेदनलाई अरु निवेदनका साथमा राखेर पेश गर्नु भनी आदेश गरेको छ । न्यायाधीशहरु सुष्मालता माथेमा र डा. कुमार चुडालको इजलासले ललितानिवास प्रकरणमा थुनिएका अरु आरोपितहरुको निवेदनको साथमा राखेर सचिव राउतको निवेदन समेत पेश गर्नु भनी आदेश गरेको हो । ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह लगायतको निवेदन आइतबार सुनुवाइ हुँदैछ । सर्वोच्चको शुक्रबारको आदेश अनुसार सचिव राउतको निवेदन समेत आइतबार फेरि सुनुवाइ हुनेछ ।

Read More

काठमाडौँ । विशेष अदालतले एक घुस मुद्दामा फैसला गर्दै सात दिन कैद सजाय सुनाएको छ। शुक्रबार विशेषका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला गरेको हो। जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई सात दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको हो। उनीमाथि गत पुसमा मुद्दा दायर भएकोमा ६ महिनाभित्रै फैसला आएको छ। करारमा काम गरिरहेका यादवले जग्गा फुकुवा गर्नका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग दुई पटकमा गरी जम्मा ११ हजार रुपैयाँ लिएको अख्तियारको अनुसन्धानले देखाएको थियो। भाद्र २०७९ मा ६ हजार र पछिल्लो पटक ३१ असोज २०७९ मा पाँच हजार रुपैयाँ…

Read More

नयाँ दिल्ली । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ। बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ। चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरुले बताएका छन्। गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए। प्रत्येक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौंको मृत्यु हुने गरेको छ। सन् २०२२ मा भारतभर चट्याङका कारण नौ सय सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

Read More