Author: सूचनापाना

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्नु पर्ने दबाबमा परेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत्को निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणलाई दबाब परेको छ । मध्यकोटीशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहबाट बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनका टावरहरु निर्माण गरिसकेको छ भने तार तान्ने काम भइरहेको छ । बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन…

Read More

दमक । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौला चारित्रिक विवादमा मुछिएका छन् । उपसचिव निराैलाले सरकारी क्वार्टरमा एक महिलासँग अनैतिक कार्य गरेको भिडिओ सार्वजनिक भएको छ । रक्सीको नशाले मातिएकोी महिला निरौलाको क्वाटरभित्रैबाट टिकटक लाइभमा बसेकी थिइन् । उनले त्यहाँ आएका प्रतिक्रियाहरूको जवाफ समेत दिएकी छन् । त्यस क्रममा प्रशासकीय अधिकृत निरौलाले उनलाई स्पर्श र चुम्बन गरेको भिडिओमा देखिन्छ । उनीहरूको संवादले अन्तरंग सम्बन्धमा छन् भन्ने अनुमान गर्न सकिन्छ । उनले म हस्बेन्डसँग छु भनेको पनि सुनिन्छ । यद्यपि, उनीहरु पति पत्नी होइनन् । दमक घर भएका प्रमुख प्रशासकीय अधिकृत निरौला विवाहित र सन्तानका बाबु हुन् । दमक नगरपालिकाका…

Read More

रामेछाप । ‘हाम्रो इलाका प्रशासन कार्यालयमा लागेको ताला कहिलेसम्म खोल्ने हो ? कार्यालय कहिलेसम्म सञ्चालनमा ल्याउने हो ? तपाईँहरूले निर्णय गरिदिनु पर्‍यो’, उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जिल्ला प्रशासन कार्यालयले राखेको सर्वदलीय, सर्वपक्षीय बैठकमा आक्रोशित हुँदै भने । रामेछापको एक मात्र लाप्चाने इलाका प्रशासन कार्यालयमा ६ वर्षदेखि ताला लागेको छ । दुर्गमका नागरिकलाई सेवा दिन स्थापना गरिएको कार्यालयमा कर्मचारी नजाँदा ६ वर्षदेखि कार्यालय खुलेको छैन । ‘अरूको अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालय, आफ्नो मातहतको कार्यालय चाहिँ ६ वर्षसम्म ताला लगाएर राख्न मिल्छ ?’, सुनुवारको प्रश्न छ । सो कार्यालयमा गृह मन्त्रालयले कर्मचारी पनि खटाएको छ । तर कर्मचारी जिल्ला प्रशासन…

Read More

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो । ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिने भएको छ । बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख सुरेन्द्र थापाले जानकारी दिए । मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्युआर कोडसहितको सूचना गाउँपालिका अध्यक्ष थापालाई आज हस्तान्तरण गरेका छन् । गन्तव्यबारे जानकारीहरू नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ । बन्दीपुरको थानीमाई…

Read More

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक जना अनुसन्धान अधिकृत मृत फेला परेका छन् । ठुली भेरी नगरपालिकाको कार्यालय, डोल्पाछार्का ताङसोङ गाउँपालिका, डोल्पाआन्तरिक राजस्व नेपालगंज बाँकेईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय वसन्त साह फूलजोर–त्रिभुवन नगर सडक खण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि आज बिहान मृत फेला परेका हुन् । सोही स्थानमा उनले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । घटनाको प्रकृति हेर्दा साहको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जस्तो देखिएको र विस्तृत अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार उनी…

Read More

काठमाडौँ । कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन्। खोटाङको खोटाङ बजारस्थित इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मारमा परेका हुन् । कार्यालयका नासु तथा सूचना अधिकारी लक्ष्मी प्रसाद ढकालका अनुसार गृह मन्त्रालयले शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको व्यवस्था नगर्दा गत असार २६ गतेदेखि इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण, दलित, जनजाति प्रमाणीकरण र सिफारिस लगायतका सेवा रोकिएका हुन् । ढकालका अनुसार कार्यालयका सेवा बन्द हुँदा खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही नागरिकता, दलित जनजाति प्रमाणीकरणको कामका लागि जिल्ला प्रशासन कार्यालय धाउन बाध्य छन् । यसअघि इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले सिनियर नासु…

Read More

काठमाडैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारी र वडा अध्यक्ष लगायत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोप ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, नेपाल विद्युत् प्राधिकरण, ओखलढुङ्गा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, इन्जिनियर र वडा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । सिद्धिचरण नगरपालिका वडा नम्बर १० मा विद्युत् पोल तार र ट्रान्समिटर खरिद योजनामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनको सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खतिवडा, वडा नं. १० का तत्कालीन वडा अध्यक्ष दामोदर…

Read More

काठमाडौँ । विमानस्थल भन्सार गोदाममा थप ६ वटा कार्टुन फेला परेको छ । दिनभर विमानस्थल परिसरमा सुनको खोजी गरिरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशसहितको टोलीले रेडी ट्रेडर्सले नै आयात गरेका थप कार्टुन फेला पारेको हो । सुन आयात भएकै कम्पनीले ल्याएका ती कार्टुनभित्र पनि सुन नै हुन सक्ने आशङ्का विभागको छ । ती कार्टुनहरूलाई अहिले सिलबन्दी गरेर राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाउने तयारी भइरहेको एक अधिकृतले जानकारी दिए

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको सुनको तौल लिएको छ । राजस्व अनुसन्धान विभागले लगेको पोकासहितको सुन जोख्दा १५५ केजी निस्किएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । तर त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्दा भने सुनको परिमाण कम हुने आचार्यले बताए । अहिले केन्द्रिय बैंकले सुनको पोका जोखेर राखिसकेको छ । पोकाभित्र रहेको वास्तविक सुन कति हो भन्नको लागि राजस्व अनुसन्धान विभागले केन्द्रिय बैंकलाई लेखी पठाउनुपर्ने आचार्यले बताए । उनले भने, ‘विभागले वास्तविक सुन निकाल्दिन आग्रह गरेपछि त्यसको प्रक्रिया अघि बढ्नेछ ।’

Read More

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ ।  पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो । घटाएको भाडा दर सोमबारबाटै लागु हुने विभागले जनाएको छ ।

Read More