Author: सूचनापाना

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)रामेछापबाट पत्रकार सुमित श्रेष्ठ र रिता मगर सम्मानित भएकी छन् । फोनिजको स्थापना दिवसको अवसरमा रामेछाप फोनिजले हरेक वर्ष प्रदान गदै आएको फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार २०८० बाट पत्रकार सुमिति श्रेष्ठ र उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार २०८० बाट रिता मगरलाई सम्मान गरि।एको हो । फोनिजको २४ औ स्थापना दिवसका अवसर शनिवार मन्थलीमा भएको सम्मान कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ र फोनिज वाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले पत्रकार श्रेष्ठलाई नगद पाँच हजार रुपैयाँ र मगरलाई नगद दश हजार रुपैयाँ सहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरिएको हो । फोनिज रामेछापले…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनलाई मण्डिखाटार निवासबाटै आज बिहीवार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा पक्राउ गरिएको स्रोतले जनाएको छ । उनले प्रवीणता प्रमाणपत्र तह पास गरेको नक्कली प्रमाणपत्र पेस गरेर त्योभन्दा माथिल्लो तहको अध्ययन गरेको भेटिएको प्रहरीको भनाइ छ । २०७३ सालमै सीआईबीले नक्कली प्रमाणपत्रविरुद्धको कारबाही ‘अपरेशन क्वाक’ चलाउँदा नै शर्माले नक्कली शैक्षिक प्रमाणपत्र लिएको प्रमाण भेटाएको थियो । तर पक्राउको सूचना चुहिएपछि उनी जापान गएका थिए । नेपालमा विकसित राजनीतिक घटनाक्रम र प्रहरीको नेतृत्व हेरफेर भएपछि शर्मा नेपाल फर्किएका थिए…

Read More

अविरल वर्षाका कारण महोत्तरीको बर्दिबास नगरपालिका क्षेत्रमा मङ्गलबार डुबानमा परेको बस्ती । तस्बिर : गोपालप्रसाद बराल/रासस

Read More

अविरल परेको वर्षासँगै विष्णुमतीमा आएको बाढी काठमाडाँको नयाँबसपार्क क्षेत्रको विष्णुमती करिडोरमा पसेपछि थुप्रेको फोहोर सफा गर्दै । तस्बिर : हरिराम भेटुवाल/रासस

Read More

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—४ साँवा गाउँमा रहेको पर्यटकीय महत्वको फुङ्फुङगे झर्ना । पछिलो समयमा झर्ना अवलोकन गर्न आउँने पर्यटकहरुको संख्या बढ्दै गएको छ । झर्ना अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर होमस्टे सञ्चालन गर्न स्थानीयले थालेका छन् । तस्बिर : दिलकुमार लिम्बू/रासस

Read More

मनाङको ङिस्याङ गाउँपालिका-५ स्थित भ्राकाको आईस लेक खर्कमा चर्दै गरेका नाउरका बथान । तस्बिर : नविन लामिछाने/रासस

Read More

काठमाडौं । गत असार २४ गते पक्राउ परेका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट जेल चलान भएका छन्। वीरेन्द्रनगर नगरपालिकाको कार्यालयबाट पक्राउ परेका उनलाई जिल्ला अदालत सुर्खेतको आइतबारको आदेशअनुसार जेल चलान गरिएको हो। जिल्ला अदालत सुर्खेतले विष्टसहित तीनजनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो। यो प्रकरणमा मुछिएका अन्य दुईजनालाई भने अदालतले जनही दुई(दुई लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको अदालतका सूचना अधिकारी उज्वल रावलले बताए। असार २४ मा वडाध्यक्ष विष्टसहित सुशील गुरुङ र बलिराज शाही पक्राउ परेका थिए। उनीहरुले खोर्के खोला तटबन्ध उपभोक्ता समितिको साढे ६ लाख रूपैयाँ लुटेर लगेको आरोपसहित उपभोक्ताका समितिका सदस्यहरुले प्रहरीमा जाहेरी दिएका…

Read More

रोम । इटालीको लाम्पेडुसा टापुमा दुई वटा डुंगा एक आपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा ३० जना आप्रवासी बेपत्ता भएको संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायले आइतबार जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार एउटा डुंगामा सवार करिब २८ जना समुन्द्रमा हराइरहेका छन् भने अर्को डुंगामा सवार तीन जना बेपत्ता भएका छन् । ट्युनिसियाको स्फ्याक्सबाट बिहीबार छ्टेका दुवै डुंगा फलामका थिए । आइओएमका सांस्कृतिक मध्यस्थताकर्ताहरूले जीवित व्यक्तिहरूसँग कुरा गरेपछि ‘कम्तीमा ३० जना हराइरहेको’ विश्वास गरेको प्रेस अधिकारी फ्लाभियो डि जियाकोमोले एएफपीलाई बताए । इटालीको सिसिली टापुको एग्रीजेन्टोमा जहाज दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ । एग्रिजेन्टोका प्रहरी प्रमुख इमानुएल रिसिफारीले मानव तस्करलाई…

Read More

सल्यान । सल्यानको शारदा नगरपालिकामा एक महिलाको हत्या भएको छ । आज (आइतबार) बिहान घाँस काट्न गएकी शारदा नगरपालिका-१४, ढारखानीकी ४७ वर्षीया उर्मिला गिरीको मकैबारीमा हत्या भएको हो । मकैबारीमा हत्या गरिएको अवस्थामा उर्मिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए । खनालका अनुसार गिरीको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । ‘म अहिले घटनास्थलमै छु, यसबारे थप अनुसन्धान सुरु गरिएको छ,’ खनालले थपे, ‘अहिले नै घटना के कति कारण भयो भन्न सकिने अवस्था छैन । अनुसन्धानका लागि प्रहरी गम्भीर भएर लागेको छ ।’ प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुर समेत घटनास्थलमा ल्याउने…

Read More

बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेँदी । बागलुङको अन्न भण्डारका रुपमा परिचित यो ठाउँ अहिले खेतीयोग्य जमिन मासेर धमाधम बस्ती विस्तार भइरहेको छ । तस्बिर : डम्मर बुढामगर

Read More