Author: सूचनापाना

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थीको अनुसन्धान बाँकी रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न शनिबार पोखरा पुगेका गृहमन्त्री श्रेष्ठले अनुसन्धान जारी रहेको बताउँदै थप कोही दोषी देखिए ती व्यक्तिमाथि पनि अनुसन्धान हुने बताएका हुन् । ‘जनतासँग माओवादी रूपान्तरण अभियान’को तयारीका लागि भएको बैठकमा सहभागी हुन आएका गृहमन्त्री श्रेष्ठले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भेटघाट गर्दै अहिले चर्चामा आएका काण्डमा जोसुकै दोषी देखिए पनि कोही नछुट्ने बताए । ‘तथ्य प्रमाणले जहाँसम्म देखिन्छ अनुसन्धान त्यहाँसम्म जान्छ,’ उनले भने, ‘त्यसमा माओवादी, गठबन्धन, नाता, सम्बन्धको मतलब हुँदैन ।’ गृहमन्त्री श्रेष्ठले कसैको पनि निर्देशन नभएको र…

Read More

डोल्पा । डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाद्वारा सामूहिक रुपमा बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । डोल्पाका प्रहरी प्रमुख शिव बुढाथोकीले उजुरी आएसँगै तीन जनालाई पक्राउ गरिसकिएको जानकारी दिए । घटना करिब ६ महिना अगाडिको हो । ‘बालिकाको पेटमा गर्भ रहेको रहेछ,’ उनले भने,‘ बच्चा हुर्किँदै गएको परिवारले थाहा पाएपछि आफन्तले किटानी जाहेरी दिनुभएको छ ।’ जगदुल्ला गाउँपालिकामा ९ जनाले सामूहिक रुपमा बलात्कार गरेको उजुरी आएसँगै अनुसन्धानको प्रक्रिया अघि बढाइएको उनले बताए । एक जनालाई मुगुबाट पक्राउ गरिएको र दुई जनालाई जुम्लाबाट पक्राउ गरिएको छ । फरार रहेका बाँकी ६ जनालाई पनि खोज्ने क्रम जारी रहेको उनले…

Read More

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रामेछापको दोरम्बा आइपुगेका छन् । नेकपा (माओवादी केन्द्र) दोरम्बा थैलड गा.पा संगठन समितिद्वारा आयोजित २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रदाञ्जली सभा कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री दाहाल रामेछाप आइपुगेका हुन् । तत्कालीन सरकार र नेकपा माओवादीबीच २०६० सालमा दोस्रो युद्धविरामका समयमा भएको नेपाली सेनाको आक्रमणमा परि २१ जना माओवादी छापामारहरूको मृत्यु भएको सम्झनामा माओवादीले दोरम्बा स्मृति दिवस मनाउँदै आइरहेको छ। उक्त अवसरमा माओवादीका अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो । उक्त अवसरमा प्रधानमन्त्री दाहालले उक्त घटनामा ज्यान गुमाएकाहरुको शालिकमा माल्यार्पण गर्नुका साथै उनीहरुका परिवारलाई सम्मान समेत गरेका थिए ।

Read More

काठमाडौँ । चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेको छ । डा. गोविन्द केसी र चिकित्सा शिक्षा ऐनका कारण नर्सिङ कलेजहरू बन्द भएको भन्दै आइतबार माइतीघरमा भेला भइ नर्सिङ कलेज सञ्चालकहरू, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूले र्‍याली निकालेका हुन् । आज नर्सिङ कलेज सञ्चालकहरूले सबै शिक्षण संस्था बन्द गरेका छन् । समितिले बिहीबार १४ बुँदे माग राख्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमबाट आफूहरूको माग सम्बोधन नभएको भन्दै तेस्रो चरणमा शान्तिपूर्ण सडक आन्दोलन घोषणा गरी कलेजहरू बन्द गरेर आन्दोलनमा उत्रिनुपरेको उनीहरूले बताएका…

Read More

काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए । उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरु पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए । विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौँबाट पोखरा र सुर्खेत विमानस्थल…

Read More

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सिँचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तालाबन्दी गरिसकेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेको नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले जानकारी दिए । ‘एक बजेसम्म धर्नाको कार्यक्रम थियो, तालाबन्दी गरिसकेर धर्नामा बसिरहेका बेला प्रहरीले धरपकड गर्‍यो,’ उनले भने । उनले आफूसहित वरिष्ठ उपाध्यक्ष एडी लामा, उपाध्यक्ष प्रकाश सेट्टी, खिमप्रकाश मल्ल, उपमहासचिव नरहरी थपलिया, सहकोषाध्यक्ष सन्तोष साह लगायत ५० जना जति निर्माण व्यवसायीहरु जावलाखेल प्रहरीमा रहेको जानकारी दिए । बाँकी रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने,…

Read More

चितवन । बाह्रौँ अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खीर, केकसहित वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती वनभोज खुवाएको हो । हात्तीलाई चामल र भेलीको खीर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरबुजा खुवाइएको हो । सो अवसरमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमा उनले सरकारले निजी स्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको भन्दै सरकारले निजी स्तरमा पालेको हात्तीहरुको विवरण सङ्कलन गरिरहेको जानकारी दिए…

Read More

महोत्तरी । एकीकृत समाजवादीका कार्यावाहक अध्यक्ष डा. बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटी अध्यक्ष माधव नेपाललाई अदालतले छानविनको लागी दिएको आदेश नै संसयपुर्ण भएको बताएका छन । अदालतले नहुने बिषयमा आदेश दिएको बताउदै कृषि तथा पशुपंक्षी मन्त्री समेत रहेका भुसालले वास्तविक बिषयलाइ मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन ? भन्ने बिषयमा समेत प्रश्न उठेको वताए । `न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरुले अदालतको आदेश अस्वभाविक भएको बताईरहेको वेला हामीले त्यस्लाइ संसयको रुपमा लिएका छौ,´ मन्त्री भुसालले भने । यदपी छानविनलाइ आफ्नो पाटीले सदैव सहयोग गर्ने उनकाे भनाइ छ । अध्यक्ष माधव नेपाललाइ अदालतले छानविन गर्न आदेश दिइरहेको वेला किन भगाउनुभयो भन्ने…

Read More

काठमाडौ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले विद्यार्थीहरुले आफुलाई प्रतिस्पर्धी, क्षमतावान बनाउन क्याम्पसहरुले जर्नल प्रकाशनमा ध्यान दिनुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयले मास्टर्स कार्यक्रम सञ्चालन गरिरहँदा प्रत्येक मास्टर्स कार्यक्रम ल्याउने कलेजले आफ्नो फ्याकल्टिजमा कम्तीमा विद्यार्थीलाई जर्नल निकाल्न लगाउने हो भने विश्वविद्यालय, कलेजको हाइट बढाउने, विद्यार्थीको क्षमता बढाउने काम गर्ने बताए । उनले सबै कलेजले अनिवार्य रुपमा आफ्ना विद्यार्थीलाई जर्नल निकाल्न लगाउनु पर्ने धारणा राखे । कान्तिपुर सिटि कलेजमा अध्ययनरत २०१८ ब्याजका बिद्यार्थीले प्रकाशन गरेको स्कलर्स म्यागजिन आठौ अंक बिमोचन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । केसीसी कलेजले लामो समयदेखि यस्ता कार्यक्रम गर्दै आएकोले यसलाई आगामी दिनमा पनि निरन्तरता दिन…

Read More

रामेछाप । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढिरहेको बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २४ औँ स्थापना दिवसका अवसरमा फोनिज रामेछापले शनिवार मन्थलीमा आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख श्रेष्ठले अन्य क्षेत्रमा भन्दा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम भैरहेको बताएका हुन् । नगरपालिकाभित्रका सामुदायिक विद्यालयको पठन पाठनमा गुणस्तर ल्याउने उद्देश्यले प्रतिस्पर्धा मार्फत नगरका ४१ वटा विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन गरिएको उनले बताए। श्रेष्ठले भने ‘‘यो वर्ष नगरपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको छ । भर्खरै शिक्षा क्षेत्रको विकासका लागि…

Read More