Author: सूचनापाना

काठमाडौँ । नारीहरुको महानपर्व तीज नजिकिएसँगै सांगीतिक बजार पनि तात्न थालेको छ । पछिल्ला दिनमा कलाकारहरुले पनि तीजका गीतहरु पस्कने क्रम बढेको छ । यसैक्रममा ‘नाच घुमेर, नहेर उमेर’ बोलको तीज गीत बजारमा आएको छ । चाबहिलको एवान क्याफेमा पत्रकारहरुलाई साक्षी राखेर श्रष्ठा, गायक, गायिका तथा कलाकारहरुले ‘नाच घुमेर, नहेर उमेर’ तीज गीत सार्बजनिक गरेका हुन् । मदन थापाको शब्द, विपिन घिमिरेको संगीत रहेको गीतलाई सञ्जय श्रीपालले एरेन्ज÷मिक्सिङ गरेका हुन् । बिमला सिंह थापाको प्रस्तुती गायिका शिला विष्ट, विपिन घिमिरे, सुजाता केसी र कुमार केसीको सुमधुर स्वर रहेको गीत प्रारम्भ खबर अनलाइन मिडियाको आधिकारिक युट्युब च्यानल “PRARAMBHA TV प्रारम्भ टि.भि.”…

Read More

काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवासगृह तयार भएको छ । ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनाइएको आवास गृह आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तान्तरण गरेका छन् । प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक रहेको छ । भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत हुने बताए । सरकारी आवास तयार भएपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरू काठमाडौँ आउँदा यिनै भवनमा बस्न पाउनेछन् । आयोजना प्रमुख मचाकाजी महर्जनका अनुसार करिब ८५ करोड रुपैयाँ लागतमा यी भवन तयार भएका हुन् । यी भवनमा…

Read More

रामेछाप जिल्ला फुटबल संघले खेलाडीका लागि जर्सी तथा फुटबल वितरण गरेको छ । संघले आज शनिवार मन्थली नगरपालिका वडा नं. १ र ६ को सिमानाको कुनौरी स्थित खेल मैदानमा नै जर्सी तथा फुटबल वितरण गरेको हो । संघका अध्यक्ष सुन्दर घिमिरेका अनुसार संघले ४३ जोर जर्सी र ७ थान फुटबल वितरण गरेको छ। फुटबल खेल्न सिकाउन, फुटबल खेलको विकास गर्न केही हद सम्म भए पनि सहयोग पुग्ने लक्ष राखेर जर्सी र फुटबल वितरण गरिएको रामेछाप फुटबल संघका अध्यक्ष सुन्दर घिमिरेले बताए । उनले भने- ‘फुटबल खेल्न इच्छा हुने नानीबाबुहरू १५ दिन देखि मैदानमा छन् । खेल्न सिकेका नयाँ नानी बाबुहरूलाई…

Read More

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा औपचारीक रुपमा जापानी भाषाको पढाई सुरु भएको छ । विहिवार देखि क्रियटिभ एडु हब प्रालिले जिल्लामा जापनिज भाषा सिकाउन थालेको हो अब आफ्नै जिल्लामा बसेर जापानी लगायत अन्य भाषाका कक्षा लिन सकिने र भाषा अध्ययन कै लागि काठमाडौं सम्म धाउन नपर्ने प्रालिका सञ्चालक कुमार श्रेष्ठले बताए । प्रालिले जिल्ला बाटै जापान, युके, अस्ट्रेलिया, क्यानडा लगायत देशका विश्व विद्यालयहरू सँग परामर्श गर्ने तयारी गरिरहेको छ, साथै राष्ट्रिय तथा अन्तराष्ट्रि हवाई टिकट बुकिङ सुविधा पनि उपलब्ध गराउने तयारी गरको अर्का सञ्चालक सुन्दर घिमिरेले बताए। रामेछापबाट धेरै विद्यार्थी काठमाण्डौं लगायत अन्य शहरहरुमा ठुलो लगानी गरेर भाषा अध्ययनको…

Read More

काठमाडौँ । बागमती प्रदेशले बिहीबारदेखि गाडी भाडा बढाएको छ । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि इन्धनको मूल्य बढेसँगै भाडा पनि बढाएको हो । यसअघि ११ साउनमा सार्वजनिक यातायातको भाडा घटेको थियो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार निकालेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर बागमती प्रदेशमा चल्ने यात्रुबाहक सवारीमा ५ दशमलव ३१ प्रतिशत भाडा बढेको हो । मालबाहक सवारी साधन (ट्रक)मा ७ दशमलव ७७ प्रतिशत अर्थात १३ रुपैयाँ ७४ पैसा प्रतिकिमी/प्रतिटनबाट बढेर मालबाहक सवारीमा प्रतिकिमी प्रतिटनको भाडा १४ रुपैयाँ ८० पैसा पुगेको हो । यस्तै काठमाडौं उपत्यकामा ५…

Read More

गलकोट (बागलुङ) । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटेल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि चलान गरिएको छ । जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटेल तथा खाजा घरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार शिवहरि सुवेदीले जानकारी दिए । कुँवरको होटेलमा खाजा खान गएका वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल गत साउन ८ गते राति होटेलमै मृत फेला परेका थिए । होटेलमा मृत फेला परेका पौडेलको हत्या भएको प्रारम्भिक…

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा १६ जना सांसद नियमित १० वटाभन्दा बढी बैठकमा ‘गयल’ देखिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा १० वटाभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम बिदा स्वीकृतिको लागि प्रस्तुत गरिएको थियो । बैठकमा प्रस्तुत नामावलीअनुसार नेपाली कांग्रेसका सांसद मनोरमा शेरचन थेरापीबाट उपचार गरिरहेकाले बैशाख २४ देखि साउन २७ गतेसम्मका ४७ वटा बैठकमा अनुपस्थित भएकी छन् । यस्तै कांग्रेसकै सांसद वीनाकुमारी थनैत अस्वस्थ भएका कारण बैशाख २७ देखि भदौ १ गतेसम्मका ४५ वटा बैठकमा अनुपस्थित भइन् । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन अस्वस्थ भएका कारण बैशाख २४ देखि असार ४ गतेसम्म २९ वटा बैठकमा अनुपस्थित भएका छन् । कांग्रेसका…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेट जग्गाबारे अनुसन्धान गर्न आवश्यक भएमा सरकारले अनुसन्धान गर्नसक्ने बताएका छन् । प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा बुधबार संसद् भवन परिसरमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले गिरिबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताए । ‘गिरिबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन् । बिना कानुन पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानुन बनाइदिएका छौँ । जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ’ उनले भने । यस्तै सरकार लचिलो भएर सदन…

Read More

काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु भएको गौतमले जानकारी दिए। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ। गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले घाइते पाँच जनालाई काठमाडौं पठाइएको बताइन्। घटनाबारे विस्तृत विवरण आउँदै छ।

Read More

चितवन । त्रिशूली नदी खसेको बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बरमात्रै देखिएको छ । धादिङको चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो । बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।

Read More