Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
भुटानबाट आएको ड्रुक एयर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा शनिबार बिहान पानीको फोहोराले स्वागत गरिँदै । तस्बिर/रासस
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आज विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले गएको साउन ३ गते सिनामङ्गल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या ३० जना पुगेको प्रहरीको भनाइ छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारप्रति रोष प्रकट गरेका छन् । शनिबार महानगरको गाठी राेकिएकोमा मेयर बालेनले सामाजिक सञ्जालमा लेख्दै भाेलिबाट महानगरपालिकाको गाडी रोकेको खण्डमा सिंहदरबारमै आगो लगाइदिन्छु भन्दै रोष प्रकट गरेका छन् । उनी लेख्छन्, ‘आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु ।याद राख चोर सरकार ।’
संखुवासभा । संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ। कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई नियन्त्रणमा लिएको जिप्रका संखुवासभाले जनाएको छ। पक्राउ परेका कम्प्युटर अपरेटर यादव र कार्यालय सहयोगी कार्कीलाई शुक्रबार म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले बताएका छन्। कैदी कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीलाई कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको हो। कैदी हत्या प्रकरणमा प्रत्यक्ष संलग्न देखिएका झण्डै डेढ दर्जन व्यक्ति प्रहरी हिरासतमा छन्। कैदी हत्या प्रकरणमा अनुसन्धान भइरहेका प्रहरी, चौकीदार, कैदी र कारागार कर्मचारीसहित १६ देखि १९…
रौतहट । नुहाउन जाँदा रौतहटको चन्द्रपुर-१ नुनथरनजिक बागमतीमा बेपत्ता भएका युवकको शव फेला परेको छ। चन्द्रपुर-१ देवानटोलका २९ वर्षीय बलराम विकको शव शनिबार फेला परेको प्रहरीको भनाइ छ। मोरङको उर्लाबारी-२ मंगलबारेका जितेन दियालीसँगै नुहाउन गएका उनी शुक्रबार साँझदेखि बेपत्ता भएकोमा बगाएको ठाउँभन्दा झण्डै ५ सय मिटर तल दक्षिण पूर्वपश्चिम राजमार्गमा रहेको पुलछेउ शव भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ। विक बेपत्ता भएको खबर गरेपछि प्रहरीले खोजतलास गरिरहेको थियो। विकको शव पोस्टमार्टमका लागि गौर पठाइएको छ।
काठमाडौं : नेपाल पर्यटक यातायात ब्यबसायी संघको २० बार्षिक साधारणसभा बेदराज बास्तोलाको अध्यक्षतामा सम्पूर्ण प्यानल चुनावमा होमिएको छ। यही भाद्र १९ गते हुन लागेको संघको निर्वाचनमा बेदराज बास्तोलाको प्यानल भित्र बरिष्ठ उपाध्यक्षमा काभ्रे जिल्लाका सफल ब्यबसायी तथा समाजसेवी रमेश गौतम उठ्ने भएका छन।रमेश गौतम संगै दित्तीय उपाध्यक्षमा बिनोद तामाङ,महासचिबमा केदारनाथ कट्टेल ,सचिबमा तेज लामा ,कोषाध्यक्षमा रामकुमार बस्नेत ,सदस्यहरुमा टेक पुन मगर,नकुल तिमल्सिना,राम आचार्य र नबराज अर्याल सहित को टिम निर्वाचनमा होमिएको हो। उक्त संघ संग जोडिएका पुर्व टिमहरुलेनै बेदराजको प्यानललाई साथ् दिने निश्चित देखिएको छ। पुर्व अध्यक्ष रामसरण कार्की, पुर्व अध्यक्ष साङ्गे लामा, पुर्व प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठ, पुर्व प्रथम…
–शङ्कर श्रेष्ठधादिङ । धादिङको धुनीबेंसी नगरपालिका–७ मा पर्ने गुर्दुम गाउँ मध्यबर्खाको समयमा पनि खानेपानीको समस्या छ । यो गाउँ धुनीबेंसी लेकको नामले पनि परिचित छ । पृथ्वी राजमार्गको नौबिसेबाट करिब तीन घण्टाको पैदल यात्रापछि पुगिने गुर्दुम गाउँमा खानेपानीको भने सास्ती हुने गरेको छ । यहाँ खानेपानी थाप्ने छुट्टै नियम छ । गाउँभरिमा एउटै मात्र धारो छ । बिहान उज्यालो नहुँदै गाउँलेहरु गाग्रो, जर्किन, बोत्तल बोकेर धारोमा पुग्छन् । टाढादेखि आउन ढिला हुनेहरुले अघिल्लो दिन साँझ नै पानी थाप्ने भाँडा लाइनमा राखेर जान्छन् । एक घरले बढीमा चार भाँडा मात्र पानी थाप्न पाउने नियम छ । जस्तोसुकै अवस्थामा होस् कसैले पनि…
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज उनलाई अभिनन्दन गर्ने क्रममा उनले भने, ‘न्यायापालिका प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु परेन । जहिले पनि म अग्रस्थानमा पुगिरहेको छु ।’ त्यसपछिका वृत्तिविकासमा आफू सधैं काममा अब्बल रहेका कारण नै होला सधैँ अग्रस्थानमा पुगेको उनको भनाइ थियो । प्रधानन्यायाधीश श्रेष्ठले मञ्चको अभिनन्दनले आफूलाई गौरव महसुस भएको उल्लेख गर्दै भने, ‘यसले मलाई न्यायिक कार्यमा थप सक्रियता हुन र थप बल पुग्नेछ भन्ने लागेको छ ।’ सो अवसरमा उनले आफू डोटीमा जन्मिइ सुदूरपश्चिमबाट भारतको बाटो हुँदै काठमाडौँ आउनुपर्ने अवस्थामा दुःख सुख…
मलेखु । धादिङको धुनिबेँसी नगरपालिका-९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन् । उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बिरामी पर्न थालेका छन् । शरीरभरीमा फोका आउने, चिलाउने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय हैरानी खेप्न बाध्य भएका छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ । उद्योग सञ्चालन मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ । उद्योग सञ्चालन हुन थालेको केही वर्षयता सामान्य रुघाखोकी र ज्वरोले मात्रै सताए पनि अहिले स्वास्थ्यमा दीर्घरोग देखिन थालेको छ । स्थानीय लक्ष्मी राई भन्छन्, “उद्योगबाट निस्कने प्रदूषण बन्द भएन भने हामी…
काठमाडौं । महाभूकम्प २०७२ पछि पहिलो पटक शुक्रबारदेखि मानिस आवाजावतका लागि तातोपानी नाका खुला भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावास र चिनियाँ अधिकारीहरु बीच मंगलबार भएको सहमतिपछि शुक्रबारदेखि सो नाका सञ्चालनमा आएको हो । पास प्राप्त गरेका नेपालीहरु शुक्रबारदेखि चीनतर्फ जान थालेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दयानन्द केसीले बताए । तातोपानीको पारीपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानी स्थित अध्यगमन कार्यालयले पास वितरण गरेको थियो ।अध्यगमनले जारी गरेको एक वर्षे अवधिको पास पाएकाहरुले चीन जान अनुमति पाएका हुन् । २०७२ सालको महाभूकम्प पछि तातोपानी नाका पूर्ण रुपमा ४ वर्ष बन्द भएको थियो । दुवै देशले भूकम्पले क्षति पुगेको…