Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । नेपाल बालकुमारी क्योकुशिन कराते संघको अध्यक्षमा श्याम महर्जन चयन भएको छ । संघको दोस्रो साधारण सभाबाट अध्यक्षम श्याम महर्जन, उपाध्यक्ष – सुवर्ण राज श्रेष्ठ, उपाध्यक्ष – काजि रत्न महर्जन, उपाध्यक्ष – ज्ञानेन्द्र महर्जन, उपाध्यक्ष – विष्णु श्रेष्ठ,उपाध्यक्ष – उसन बज्राचार्य, महासचिब – विकाश महर्जन,सचिव – अनिल सुवेदी र कोषाध्यक्ष – कृष्ण सुवेदी चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा नारायण अधिकारी, विश्व महर्जन, सुदर्शन खतिवडा, मोहन खड्का, नम्रता लामा, प्रबिन्द्र अवाले, अनिल राई, राजिव महर्जन, रुपेश जोशी, सुरज बज्राचार्य, बिजय महर्जन, विक्रम सिंह चयन भएका छन् । कार्यक्रममा विगत लामो समय देखि राजनीतिक दलका प्रभावले यस खेलकुद क्षेत्रमा थुप्रौ…
सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको बाप्र–०२–०३१प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका समिर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका–११ का नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिए । ठक्कर दिने ट्यांकर र चालक मकवानपुर थाहा नगरपालिका–१२ का भीमबहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । मृतक दुवै…
रामेछाप । डिभिजन बन कार्यालय रामेछापले योजनाको कामनै नसकी भुक्तानी दिएको खुलासा भएको छ । डिभिजन बन कार्यालयले जिल्ला अस्पताल रामेछापको मूल ढोका सँगैको ढोकामा बनाउँदै गरेको करिब २५ लाख रुपैयाँको लगानीमा निर्मित उक्त पार्कको कामनै नसकी कार्यालयका प्रमुख ओम सागर भण्डारी र सहायक बन अधिकृत देवेन्द्र यादव समेतको मिलेमतोमा भुक्तानी दिएको खुलासा भएको हो । कार्यालयको कुल २५ लाख रुपैयाँ र श्रमदान १० प्रतिशत समेत १ लाख रुपैयाँ गरी कुल २६ लाखको लागतमा स्थानीय उपभोक्ता समितिले २०८० साल असार १३ गते सम्म काम सम्पन्न गरिसक्नु पर्ने गरी कामको जिम्मा लिएको थियो । उक्त पार्क निर्माणको काम सम्पन्न नहुँदै सबै…
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं.१९७१ भदौ २४ मा बनारसमा भएको हो । इतिहास हेर्ने हो भने दोस्रो विश्व युद्धको समयमा उहाँलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गरायो र त्यहीँबाट छुटेपछि उहाँले इ.स.१९४७ मा “नेपाली राष्ट्रिय काँग्रेसको” स्थापना गर्नु भयो जुन आजको दिनमा “नेपाली काँग्रेस” रहेको छ । नेपालको राजनीतिक आन्दोलनको अग्रपङ्क्ति नेतृत्वमा बि.पी. हुन्थे, उहाँले विराटनगर मजदुर आन्दोलन,नेपाल मा राणा शासनको अन्त्य साथै नेपाल मा बहुदलीय प्रजातन्त्रको स्थापनामा उहाँको योगदानको रहेकै कारण बिपीलाई काँग्रेसले मात्रै नभएर समग्र देशवासीले श्रद्धा गर्ने गर्छन् । नेपालको राजनीतिक अस्थिरतामा बि.पी. को आदर्श,मूल्य र मान्यता अझ सान्दर्भिक रहेको…
कोलम्बो । श्रीलङ्काले यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको शनिबार जनाएको छ । जनवरीदेखि अगष्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम पठाएका श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले जानकारी गराएको छ । ‘यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम पठाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७४.४ प्रतिशतले बढी हो,’ श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले शनिबार जानकारी दिए । सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा उनले अगस्टमा मात्रै करिब ५० करोड डलर रेमिट भएको बताएका छन् । श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता भई…
भुटानबाट आएको ड्रुक एयर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा शनिबार बिहान पानीको फोहोराले स्वागत गरिँदै । तस्बिर/रासस
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आज विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले गएको साउन ३ गते सिनामङ्गल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या ३० जना पुगेको प्रहरीको भनाइ छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारप्रति रोष प्रकट गरेका छन् । शनिबार महानगरको गाठी राेकिएकोमा मेयर बालेनले सामाजिक सञ्जालमा लेख्दै भाेलिबाट महानगरपालिकाको गाडी रोकेको खण्डमा सिंहदरबारमै आगो लगाइदिन्छु भन्दै रोष प्रकट गरेका छन् । उनी लेख्छन्, ‘आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु ।याद राख चोर सरकार ।’
संखुवासभा । संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ। कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई नियन्त्रणमा लिएको जिप्रका संखुवासभाले जनाएको छ। पक्राउ परेका कम्प्युटर अपरेटर यादव र कार्यालय सहयोगी कार्कीलाई शुक्रबार म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले बताएका छन्। कैदी कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीलाई कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको हो। कैदी हत्या प्रकरणमा प्रत्यक्ष संलग्न देखिएका झण्डै डेढ दर्जन व्यक्ति प्रहरी हिरासतमा छन्। कैदी हत्या प्रकरणमा अनुसन्धान भइरहेका प्रहरी, चौकीदार, कैदी र कारागार कर्मचारीसहित १६ देखि १९…
रौतहट । नुहाउन जाँदा रौतहटको चन्द्रपुर-१ नुनथरनजिक बागमतीमा बेपत्ता भएका युवकको शव फेला परेको छ। चन्द्रपुर-१ देवानटोलका २९ वर्षीय बलराम विकको शव शनिबार फेला परेको प्रहरीको भनाइ छ। मोरङको उर्लाबारी-२ मंगलबारेका जितेन दियालीसँगै नुहाउन गएका उनी शुक्रबार साँझदेखि बेपत्ता भएकोमा बगाएको ठाउँभन्दा झण्डै ५ सय मिटर तल दक्षिण पूर्वपश्चिम राजमार्गमा रहेको पुलछेउ शव भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ। विक बेपत्ता भएको खबर गरेपछि प्रहरीले खोजतलास गरिरहेको थियो। विकको शव पोस्टमार्टमका लागि गौर पठाइएको छ।