Author: सूचनापाना

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २७.६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले बढेर ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले बढेको थियो । केन्द्रीय बैंकका अनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ जना रहेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः…

Read More

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले विवाह अघि लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् । बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा नेतृ राणाले सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाहमा लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताइन् । उनले विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने बताए । उनले यसका लागि वडा तहदेखि कानुनी रुपमा नीति बनाउन आवश्यक…

Read More

काठमाडौँ । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बमजनलाई जिल्ला अदालत, सर्लाहीले पुर्पक्षका लागि थुनामा पठाएको छ। न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बमजनविरुद्धको मुद्दाको सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। बारा रतनपुरीको हलखोरिया जंगलमा आश्रममा रहने क्रममा बमजनले आफूमाथि बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि सर्लाही जल्ला अदालतले बमजनविरुद्ध २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बमजनलाई मंगलबार पक्राउ गरेको थियो। प्रहरीले बमजनका साथबाट ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ ७ पैसा बराबरको अवैध मुद्रा पनि बरामद गरेको थियो।

Read More

चितवन । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार सङ्घीय सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदान गरेको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको र लिज ऐनअन्तर्गत रङ्गशालाले जग्गा लिनुपर्ने भएकाले मन्त्रिपरिषद्को बैठकबाट सहमति लिनुपरेको उनले बताइन् । प्रमुख दाहालका अनुसार उक्त आयोजना सम्पन्न गर्न सङ्घीय सरकारले समेत अनुदानका रूपमा बजेट उपलब्ध गराउने छ । रङ्गशालाका लागि यसअघि सट्टाभर्नामा जग्गा लिने सहमति भएकामा…

Read More

क्विटो, इक्वेडर । इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा सहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदी सुरक्षा घेरा तोडेर फरार भएका छन् । रियोबाम्बाका नगर प्रमुख जोन विनुएजाले स्थानीय पिचिन्चा रेडियो स्टेसनलाई दिएको जानकारीअनुसार कारागारमा दंगापछि विस्फोट भएको र केही कैदीहरू भाग्न सफल भएको बताए । उनले भने, “कारागारको सुरक्षा घेरा तोडेर ३९ कैदी भागेका छन् । मैले प्राप्त गरेको जानकारीअनुसार फरारमध्ये १२ जनालाई पुनः कब्जामा लिइएको छ ।” प्रहरी विवरणलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार स्थानीय समयअनुसार राति १०ः४५ बजे जेलको सेन्ट्री बक्सबाट कैदीहरू भागेका थिए । फरार हुनेमा ‘लस लोबोस’ आपराधिक संगठनसँग सम्बन्धित कुख्यात अपराधी फेब्रिसियो कोलोन पिको…

Read More

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार साँझ पक्राउ गरेका लिटिल बुद्ध भनिने रामबहादुर बमजनको घरमा नेपाली तीन करोड भन्दा बढी रकम र विदेशी मुद्रा फेला परेको थियो। जफत गरिएको उक्त रकम सीआईबीले पत्रकार सम्मेलनका क्रममा सार्वजनिक गरेको छ। यसबाहेक झन्डै दुई दर्जन मोबाइल, ल्यापटपलगायतका सामग्री समेत बरामद गरिएको थियो। सर्लाहीकी बालिकालाई यौन दुराचार गरेको तथा विभिन्न अनुयायी गायब बनाएको आरोप लागेका बमजन लामो समयपछि प्रहरीको नियन्त्रणमा आएका हुन्। आजै उनलाई सर्लाही पठाइने सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) किरण बज्राचार्यले बताएकी छन्। उनलाई छाड्ने दबाब दिनका लागि पूर्वराज्यमन्त्रीसहितका अनुयायी सीआईबी पुगेका थिए। सीआईबीले उक्त भिड हटाइसकेको छ। थप…

Read More

काठमाडौं । नेपाल विज्ञापन संघको २४औं वार्षिक साधारण सभाले संघको ११औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ । पदाधिकारीहरुमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचत भएका छन् । संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यिय कार्यसमिती निर्वाचित भएको छ । संघका पदाधिकारी तथा सदस्यहरुले सपथ गरेका छन् । संघको निर्वाचनबाट सवै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको छ र सबै क्षेत्र समेटिएको यो कार्यसमिती तिन वर्षको लागि निर्वाचित भएको छ । यस्तो बन्यो कार्यसमिति १.अध्यक्ष सुदिप थापा२.प्रथम उपाध्यक्ष उजय शाक्य३.द्धितिय उपाध्यक्ष पकज लाल प्रधान४.महासचिव कृष्ण प्रसाद घिमिरे५.कोषाध्यक्ष साजन श्रेष्ठ६.सचिव सन्तोष खड्का७.अरुणकाजी स्थापित८.रोशन रेग्मि, आरसि९.सन्तोष सिलवाल गिरी,१०.दिपेन्द्र…

Read More

काठमाडौँ । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । नगर अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका-६, का ३० वर्षीय साहको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो । परिवार र प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव उठाउन मानेका छैनन् । शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा भएको वार्तामा आन्दोलित पक्षबाट स्वास्थ्य केन्द्र ५० शैयाको बनाउन तत्कालै प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, नगरप्रमुखले राजीनामा दिनुपर्नेलगायतका मागमा अडान राखेका थिए । त्यहीकारण वार्ता निष्कर्षमा पुग्न सकेन । घटनाका विषयमा गृह मन्त्रालयले पनि छानविन समिति गठन गरेको छ भने पीडित परिवारलाई दश…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ-आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरेका छन् । आज बिहान काठमाडौँमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले मस्तिष्क मृत्युपछि अंगदान गर्न आम सर्वसाधारण हिचकिचाइरहेको भन्दै अंग प्रत्यारोपणबारे सबैले सकारात्मक दृष्टिकोण बनाउनुपर्नेमा जोड दिएका छन् । उनले शरीरका मुटु,कलेजो,आँखा जस्ता महत्त्वपूर्ण अंग दान गर्न डराउन नहुने भन्दै सबैलाई अंग प्रत्यारोपणको राष्ट्रिय अभियानमा साथ दिन आग्रह गरे । प्रधानमन्त्री दाहालले भने, ‘मरेपछि खरानी भएर जाने अङ्गहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको…

Read More

काठमाडौं । नेपालस्थित जापानी राजदूतावासले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) एल्मुनाई एशोसिएसन अफ नेपाल (जान)लाई सम्मानपत्र हस्तान्तरण गरेको छ। शुक्रबार आयोजित विषेश समारोहमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानी विदेशमन्त्रीद्वारा उपलब्ध गराइएको प्रशंसापत्र जानका अध्यक्ष डा रामचन्द्र भुसाललाई हस्तान्तरण गरेका छन्। सो अवसरमा राजदूत युताकाले नेपाल–जापानबीच मित्रवत र प्रगाढ सम्बन्ध रहेको बताए। उनले जापान र नेपालबीच सहयोग र सम्बन्धका विविध आयामबारे प्रकाश पार्दै जानले दुई देशबीचको सम्बन्ध विस्तारमा सेतुको काम गरिरहेको विचार प्रकट गरे। जान नेपालबाट जापानमा जाइकाका कार्यक्रममार्फत अध्ययन, भ्रमण, तालिम लिई फर्केका विभिन्न विधाका व्यक्ति सम्मिलित संस्था हो। विगत पचास वर्षदेखि नेपाल र जापानबीचको सम्बन्धमा पुलका रूपमा…

Read More