Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन् । सीआईबीले उनलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो। बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । एसएसपी आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ। सोही पुष्टि भएपछि चौधरीलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ । उक्त फ्याक्ट्रीको सेयर सदस्यमा सांसद विनोदकुमार चौधरी, अरूणकुमार चौधरीलगायत थिए।
रामेछाप । लिखु खोलाले जलाउँदै गरेको लास बगाएको छ । लिखु–२ जल विद्युत् आयोजनाले बिना सूचना एकै पटक ड्याम खोल्दा जलाउँदै गरेको लास बगाएको हो । केही मलामी समेत सम्पर्क विहीन छन् । रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देल बाल्दिङ मा पर्ने लिखु नदीमा बिहीबार आत्महत्या गरेर ज्यान गुमाएका बाल्दिङका ३२ वर्षीय झपट थापा (विदुर) को शव जलाउने क्रममा जलविद्युत आयोजनाले ड्याम खोलिदिएपछि लास बगाएको स्थानीय राजेन्द्र बस्नेतले बताए । बस्नेतका अनुसार पोष्टमार्टम पछि शव लिएर गएका मलामीहरू पनि केही सम्पर्कमा आएका छैनन। स्थानीय बस्नेतले भने- ‘५०-६० जनामलामीहरू त्यहाँ पुगेका थियौँ । साथीहरू सबै हराए, को–को के–के भए थाहा भएन ।…
स्यानेटरी प्याड खरिदमा ८ लाख भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नि:शुल्क सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गर्ने प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिताकुमारी साहविरूद्ध मुद्दा दायर गरेको हो। उनीहरूले ८ लाख ७४ हजार ३ रुपैयाँ भ्रष्टाचार गरी सरकारलाई हानिनोक्सानी पुर्याएको आरोप छ। गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानेटरी प्याड खरिद गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। उक्त उजुरीमाथि छानबिन हुँदा भ्रष्टाचार…
काठमाडाैं । गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट विजयी भएका तीन नगरप्रमुखले राष्ट्रियसभा सदस्य निर्वाचन बहिष्कार गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन), धरान उपमहागरपालिकाका मेयर हर्क साम्पाङ राई र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले निर्वाचनमा मतदान नगरेका हुन् । मेयर बालेन र साम्पाङले कार्यव्यस्तताका कारण मतदान गर्न नगएको बताएका छन् भने, हमालले उक्त विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । राष्ट्रियसभाको १९ सिटका लागि बिहीबार भएको निर्वाचन दिउँसो ३ बजे सम्पन्न भएको छ । ७ प्रदेशमा रहेको मतदान केन्द्रमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ । राष्ट्रिय सभामा १९ पदका लागि ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । मतपरिणाम…
काठमाडौं । अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो । रसियाली अधिकारीहरुका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो । त्यो जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको अफगानिस्तानको टोलो समाचार संस्थाले जनाएको छ । रुसका अधिकारीहरुले आइतबार राति भारतबाट उडेको जहाज अफगानिस्तानको आकाशबाट राडारसँग सम्पर्कविच्छेद भएको थियो । अफगान प्रहरीले भने उक्त जहाज दुर्घटना भएको रिपोर्ट प्राप्त भएको भनेको समाचार संस्था रोयटर्सले जनाएको छ । अधिकारीहरुका अनुसार उक्त जहाज चार्टर गरिएको एयर…
स्याङ्जा । रुसमा ज्यान गुमाएका वालिङ नगरपालिका– १४, मान्खुका हरिप्रसाद अर्यालको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । रुसी सेनामा भर्ती भएका २३ वर्षीय अर्यालको मृत्यु भएको जानकारी पाएपछि परिवार शव आउने आशामा बसेको थियो । झन्डै दुई महिनासम्म पनि शव आउने सम्भावना नदेखेपछि परिवारले अन्तिम संस्कार गरेको हो । वालिङ नगरपालिका १४ का वडाध्यक्ष बोधराज कुँवर (राजु) ले परिवारले राम्दीस्थित कालीगण्डकी तटमा कुशको शव बनाएर अर्यालको अन्तिम संस्कार गरेको जानकारी दिए । परिवार शव आउँछ कि भन्ने आशामा बसेको थियो, त्यस्तो नभएपछि अन्तिम संस्कार र किरियाकर्म सुरु गरेको वडाअध्यक्ष कुँवरको भनाइ छ । परराष्ट्र मन्त्रालयले डिसेम्बर ३ मा…
कावासोती । नवलपुरको हुप्सेकोटमा श्रीमानले कोदालो र खुर्पाले हानेर श्रीमतीको हत्या गरेका छ्न । पूर्वी नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका शेर बहादुर लम्का मगरले ९ महिनाकी गर्भवती श्रीमती चनिसरा लम्का मगरलाई सँगै सुतिरहेको अवस्थामा रातको करिब १ बजे कोदालो र खुर्पाले प्रहार गर्दा घट्नास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मृतक महिलाका श्रीमान् तथा कोदालो र खुर्पा प्रहरी नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग आज भएको छलफलमा प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन् । छलफलमा प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै तत्काल सहज वातावरण सिर्जना गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले भने, “भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने…
काठमाडौं । स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादनदेखि बिक्री वितरणमा संलग्न ९ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, महेश खत्री, मनिष खत्री र विनोदकुमार कार्की, सिन्धुपाल्चोक घर भएका मोहन खड्का र रोशन कार्की, सिन्धुली घर भएका गौरव तामाङ र लेखविक्रम थापा तथा काठमाडौँ घर भएका सुमन नगरकोटी रहेका छन् । काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भई…
काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको वितरण पुनः सुरु भएको छ । सोमबारदेखि पुनः वितरण सुरु भएको मेलम्ची खानेपानी सर्वसुलभ रूपमा उपत्यकावासीको घरघरमा सन्तुलित र समानुपातिक हिसाबले पुर्याउन प्रयत्नशील रहेको खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मेलम्ची खानेपानीको नयाँ पाइप लाइन परीक्षण सम्पन्न भएका स्थानहरूमा नयाँ वितरण सञ्जालबाट तथा परीक्षण नभएका स्थानहरूमा पुरानै वितरण सञ्जालबाट वितरण भइरहेको छ । मन्त्रालयले जारी गरेको अपिलमा भनिएको छ, ‘मेलम्चीको खानेपानी सन्तुलित रूपमा वितरण भए/नभएको जानकारी गराउने, पानी वितरण क्रममा कुनै स्थानमा चुहावट भए सोको जानकारी लिने, पानी नआएको स्थानको जानकारी लिने, धमिलो पानी आएको लगायतका विभिन्न विषयहरूमा अनुगमन गर्ने उद्देश्यले मेलम्ची खानेपानी…