Author: सूचनापाना

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज मतपत्र सम्बन्धित क्षेत्रमा पठाउँदै छ । छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ । प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम–२ का लागि एक लाख २८ हजार र बझाङ– १ (१)का लागि ६८ हजार मतपत्र छापिएको छ । इलाम–२ मा १९ र बझाङ– १ (१) मा ११ उमेदवार छन् । इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम छन् भने बझाङमा ६१ हजार ७४ मतदाता छन् ।

Read More

काठमाडौं । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर-घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन् । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । काठमाडौं उपत्यकाको बत्तीसपुतलीस्थित राम मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ । आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान…

Read More

रामेछाप । सुख्खायाम सुरु भएको करिब दुई महिनाको अवधिमा रामेछाप जिल्लाका सामुदायिक वनमा आगलागीका घटनामा वृद्धि हुँदै गएको छ । आगलागीका कारण जङ्गल वरिपरि क्षेत्रका बासिन्दामा दिनहँु त्रसित बन्दै गएका छन् । यही त्रासका कारण स्थानीय रातमा पनि चैनसँग निदाउन सक्दैनन् । डिभिजन वन कार्यालय रामेछापले दिएको जानकारीअनुसार जिल्लामा यो सुख्खायाममा करिब चार सय हेक्टर क्षेत्रफलमा डढेलो लागिसकेको छ । दिनहुँजसो हुने आगलागीका घटनाले मानिसलाई आतङ्कित बनाउन थालेको छ । कहिले दिनमा त कहिले रातमा हुने गरेका आगलागीका घटनाले जङ्गल छेउछाउका स्थानीय बासिन्दा रातको समयमा पालो गरी सुत्नुपर्ने बनेको छ । रातमा सुतिरहेको अवस्थामा कहीँ कतैबाट गाउँमा आगो आउँछ कि…

Read More

काठमाडौँ । आज विक्रम संवत् दुई हजार एकासी साल (२०८१)साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वान्को भनाइ छ । सरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग शुरु भएको ३ हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो…

Read More

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको हो । हिमपहिराले माथिल्लो मनाङ आवतजावतमा समस्या भएको उनले बताए । उनले भने, “मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिकरूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन् । आवतजावतमा जोखिम बढ्दा समस्या भएको छ ।” दैनिकरूपमा यहाँ ५० देखि ६० पर्यटक भित्रिन थालेको…

Read More

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख २१ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २२ हजार चार सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख २० हजार चार सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ले बढेर…

Read More

काठमाडौँ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रूपमा स्थापित रत्नपार्कको परिचय अहिले फेरिएको छ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा करिब रु ८० लाखको लागतमा पुनः निर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको हो । अहिले रत्नपार्कमा वृद्ध वृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् । रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत विवेक अधिकारी रत्नापार्कभित्र घुम्न र तस्बिर खिच्न आएको बताउछिन् । ‘विद्यार्थी कार्ड देखाएपछि रु २० मा पार्कभित्र छिर्न पाइन्छ, यहाँ आएपछि बाहिर निस्कन मन नै लाग्दैन’, उनी भन्छिन् । यस्तै बागबजारमा बस्ने ६७ वर्षीय सुकदेव श्रेष्ठ पनि घाम ताप्नका लागि पार्कभित्र आएको बताउछन् । ‘घरमा…

Read More

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच सय २९ जनामध्ये चार सय छ जना पक्राउ परेका छन् । तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन् । तीमध्ये सात पुरुष र एक जना महिला विदेशी हुन् । जम्मा पक्राउ परेकामध्ये काठमाडौँ उपत्यका प्रहरी कार्यालयअन्तर्गत २२, कोशी प्रदेशमा ८५, मधेसमा ५८, बागमतीमा ३२, गण्डकीमा ३२, लुम्बिनीमा ७९, कर्णालीमा ४९ र सुदूरपश्चिम प्रदेशमा ४९ जना रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा ७७ प्रतिशत अभियुक्त प्रारम्भिक अनुसन्धानकै चरणमा पक्राउ गर्न सफल भएको छ…

Read More

काठमाडौँ । निर्वाचन आयोगले आज (बुधबार)देखि मतदाता नामावली अद्यावधिक गर्दैछ । वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर-२ र प्रदेशसभातर्फ बझाङ-१ ‘क’मा हुने निर्वाचनका लागि आगामी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले तयारी गरेको हो । आयोगको कार्यतालिकाअनुसार फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ । यसैगरी चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ । चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गरिनेछ । चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन…

Read More