Author: सूचनापाना

रामेछाप । समाजको उन्नति, प्रगति र समग्र विकासको लागी जनप्रतिनिधिले काम गरेर मात्रै नहुने लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले बताएका छन् । नागरिकको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग विना गाउँपालिकाको समृद्धि हुन नसक्ने अध्यक्ष महतले बताए । ७ वटा वडा रहेको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ६ मा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर वडावासी सामु पुगेका अध्यक्ष महतले वडाका नागरिकले समृद्ध गाउँपालिका निर्माणमा सहयोग पु¥याउन अनुरोध गरे । उनले भने – नराम्रो काम गरेको भए नराम्रो भन्दिनुस्, राम्रो गरेको भए राम्रो भन्दिनुस् । पालिकावासीले गरेको टिका टिप्पणी र सुझावले नै समृद्धिको बाटो पछ्याउन सकिन्छ । महतले यातायातको गुरु योजना बनाएर सडक…

Read More

काठमाडौं । मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा संखुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिए । चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवै जना बेपत्ता भएका उनले बताए । दुवै जनाले यही जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । शेर्पा र पिटरसन यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि गत चैत २२ गते ‘एटके एक्सपिडिसन प्रालि’ मार्फत विभागको अनुमति…

Read More

काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी कानूनी राज्यको उपहास भएको बताएका छन् । नेता रावलले सामाजिक सञ्जालमार्फत सिरोहियाको गिरफ्तारीको विरोध जनाउँदै मन्त्री र अरूका लागि फरक–फरक कानून भएको भन्दै प्रश्न गरेका हुन् । नेता रावलले लेखेका छन्, ‘गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानूनविपरीत विदेशको समेत गरी दुइटा नागरिकता र राहादानी हुँदा केही कारबाही नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा विवरण फरक परेको भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने ? के मन्त्री र अरूका लागि फरक फरक कानून छ ? कानूनी राज्यको उपहास !’ नेता रावलले आफूविरुद्ध समाचार लेखेकै कारणले प्रतिशोध साध्ने र आतङ्कित…

Read More

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार मुख्यमन्त्री कँडेलको सिफारिसमा नेकपा एमालेका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सकारी मन्त्रीमा विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका हुन् । शाहलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । १८ वैशाखमा शाहलाई मुख्यमन्त्री कँडेलले कृषि मन्त्रालयकै जिम्मेवारी दिएका थिए । तर, शाहले मन्त्रालयको जिम्मेवारीको विषयलाई लिएर शपथ बहिस्कार गरेका थिए । त्यतिबेला मन्त्रालयको जिम्मेवारी दिने विषयमा मुख्यमन्त्रीले आफूलाई ‘बाइपास’ गरेको भन्दै लामो समय शथप नलिएर काठमाण्डौं बसेका शाहलाई मुख्यमन्त्री कँडेलले २ जेठमा बर्खास्त गरिदिएका थिए । मुख्यमन्त्री कँडेलले शाहसँग छलफल गरेर…

Read More

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ। सन्दीपले सामाजिक सञ्जालमार्फत अमेरिकी दूतावासले अस्वीकृत गरेको बताएका हुन् । आईसीसी टी-२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपले आफूलाई भिसा नदिएको फेसबुकमा लेखेका छन् । सन्दीपले फेसबुकमा लेखेका छन्,’नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्‍यो।दुर्भाग्य! अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’ बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको उनले बताएका…

Read More

काठमाडौँ । नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीले प्रहरी सेवाबाट अवकाश लिएका छन्। उमेर हदका कारण उनले सेवाबाट अनिवार्य अवकाश लिएका हुन् । नेपाल प्रहरी शिक्षालयमा औपचारिक कार्यक्रम आयोजना गरी उनको बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा शिक्षालयका प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले बिदाइ भएर गएका प्रहरी नायव महानिरीक्षकलाई शिक्षालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । मैनालीले समाजमा अपराध नियन्त्रण गर्ने, अपराधको प्रभावकारी अनुसन्धान गरी शान्ति सु(व्यवस्था कायम गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको यस पवित्र संगठनमा सेवा गर्न पाउनु नै एउटा नागरिकको लागि गर्वको कुरा हो भएको बताए । उनले प्रहरी संगठनमा करिब २८ बर्ष ०६…

Read More

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय बिहाल हमाल, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोईलाली गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तीनकुने बस्ने ४५ वर्षीय सैलेश कुमार झा रहेका छन् । पक्राउमध्ये बिशालले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रूपैयाँ, प्रशान्तले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ र सैलेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख…

Read More

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा छड्के अनुगमन गरेका छन् । आज दिउँसो १ बजे मन्त्रीसहित सचिव डा रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी भएका थिए । मन्त्री प्रदीपले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गरे । त्यसपछि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझ्न गएका थिए । करिब तीन घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएका थिए । अस्पतालको अकस्मात कक्ष, ओपिटीमा सबैभन्दा बढी समस्या देखापरेको मन्त्री यादवले बताए । “देशभरकै बिरामीको उपचारको केन्द्र रहेको अस्पताल व्यवस्थित हुुनुपर्छ”, उनले भने, “कतिपय कक्ष तथा सेवा व्यवस्थित नहुँदा बिरामीले दुःख पाउनुभएको छ…

Read More

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अवैध सम्पत्ति आर्जन गरेको आरोपमा आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए । रेग्मीका अनुसार आम्दानीको तुलनामा उनीसँग निकै अस्वभाविक रकम देखिएको थियो । सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको देखिएको भन्दै अख्तियारले पौडेलमाथि ६२ करोड १७ लाख १८ हजार ६८४ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको रेग्मीले बताए । सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो ।…

Read More

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाका नागरिकलाई साक्षी राखेर गाउँपालिका अध्यक्ष केशव महतले आफ्नो पालिकामा भ्रष्टाचार नहुने र हुन नदिने वाचा गरेका छन्। गाउँपालिकाको वडा नं ३ काङ्बामा जनता सँग जनप्रतिनिधि कार्यक्रममा नागरिकहरूको सवालको जवाफ सँगै अध्यक्ष महतले पालिकामा भ्रष्टाचार नहुने र हुनै नदिने वाचा गरेका हुन। कार्यक्रममा स्थानीय मकरध्वज खड्का, तीर्थ बहादुर तामाङ, हरिबहादुर बुढा लगायतले यातायातको सेवा सुविधा दीर्घकालीन बनाउन आग्रह गरेका थिए। स्थानीय बुद्धिजीवी मकरध्वज खड्काले वडा नं ३ र पालिकालाई आफ्नो कार्यालय भवन बनाएर संस्थागत विकासमा ध्यान पु¥याउन आग्रह गरे। उनले भने– पहिलो कार्यकाल विवादै विवादका कारण बितेकोले पनि अहिलेको जनप्रतिनिधि सँग नागरिकको ठूलो अपेक्षा छ। तपाइहरूले…

Read More