Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले सैपुवासी नागरिकहरूलाई बाख्रा बेचेर बालबालिकाहरूका लागी मोबाइल नकिन्दिन आग्रह गरेका छन् । अध्यक्ष महतले लिखू तामाकोशी गाउँपालिका वडा नं. २ सैपुमा सञ्चालन भएको जनतासँग जनप्रतिनिधि कार्यक्रममा जनताको सवालको जवाफ दिने क्रममा सैपुबासी अभिभावकलाई आफ्नो बालबालिकाको शिक्षामा जिम्मेवार हुन अनुरोध गर्दै सो कुरा बताएका हुन् । अध्यक्ष महले भने- ‘अभिभावहरूले आफ्ना बालबालिकालाई मोबाइलमा भुल्न सिकाएकै कारण पनि शैक्षिक गुणस्तरमा ह्रास आएको हो । तपाईँहरू आफ्नो बालबालिकाको शैक्षिक गुणस्तरको चिन्ता गर्नुस् ।’ जनतालाई पालिका अध्यक्ष महतले कार्यक्रमको सुरुवातमै वडा भित्रका समस्या र आगामी बजेटमा समेट्न पर्ने योजनाहरूको बारेमा प्रष्ट सुझाव दिन भने पछि…
रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको दुरको गाउँ भनेर चिनिने दुरागाउँमा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष पुगेपछि दुरागाउँवासी खुसी व्यक्त गरे । आफ्नो वडामा यो भन्दा अगाडी यस्तो पालिका स्तरीय कार्यक्रम लिएर जनप्रतिनिधि नआएको समेत गुनासो पोखे दुरागाउँवासीले । उनीहरूले भने – अघिल्लो कार्यकालका अध्यक्षज्यू आउनु त हुन्थ्यो तर हामीलाई यसरी बोल्ने मौका नै दिनु हुन्नथ्यो । गाउँपालिकाले प्रवाह गरेको सेवा सम्बन्धी जिज्ञासा राख्न नै पाइन्नथ्यो । पालिकाले प्रदान गर्दै आएको सेवा र विकास निर्माणलाई प्रभावकारी बनाउन सुझाव दिन नै पाइन्नथ्यो । नीति तथा कार्यक्रम तर्जुमामा सहभागिता जनाउनै पाइन्नथ्यो । बल्ल आएर गाउँगाउँमा सिंहदरबार आएको महसुस भएको छ । स्थानीय…
रामेछाप । सुनकोशी मरिण बहुउद्देश्यीय डाइभर्सन परियोजनाको सुरुङ वैशाख २६ गते छिचोलिँदै छ । वैशाख २६ मा सुरुङ छिचोलेर सुरुङ ‘ब्रेक थ्रू’का लागि प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरूलाई आयोजना स्थलमा उतार्ने अभियानको चाँजोपाँजो मिलाउने दौडधुपमा छन् आयोजना प्रमुख मित्र बराल। आयोजना प्रमुख बराललाई सुरुङ ‘ब्रेक थ्रू’ गर्ने भन्दा अरू कुनै कुरामा वास्ता छैन । मन्थली नगरपालिका वडा नम्बर ६ (भलुवाजोर) सेलेघाट, हात्तीटार, नबुघाट, कुनौरीसहित आसपासका माझी उब्जनी हुने खेतका फाँट रहला कि नरहला भन्ने चिन्तामा छन् । यो सँगै उनीहरूलाई आफ्नो थाकथलो नै छोड्नुपर्ने हो कि भन्ने चिन्ताले पिरोलेको छ । हिउँद याममा उजाड देखिने वरपरका डाँडाकाँडा बाह्रै महिना हरियाली बनाइदिने आश्वासन…
रामेछाप । मन्थलीबाट काठमाडौँ जाँदै गरेको ईलेक्ट्रिक भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बा.प्र. ०३–००१ ज ५२५ नं. को ईलेक्ट्रिक भ्यान अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा ६ जना घाइते भएका हुन् । शनिवार दिउँसो २ बजेको समयमा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका– ११, बिपी राजमार्ग अन्तर्गत पात्लेखेतमा दुर्घटना भएको थियो । दुर्घटनामा परी रामेछाप जिल्ला मन्थली नगरपालिका– ८ बस्ने श्रवण कुमार माझी, निजको श्रीमती शर्मिला माझी, निजको छोरी सोडिमा माझी, सोही स्थान बस्ने मनीषा माझी, निजको भाइ आशिष माझी र सोही स्थान घर भई हाल काभ्रेपलान्चोक बनेपा न.पा. ७ गोदामचोक बस्ने सचिता गिरी घाइते भएका हुन्…
रामेछाप । जिल्लाका आठ ओटै स्थानीय तहका १५२ स्थानमा भएको आगलागीबाट ४ हजार ५ सय हेक्टर क्षेत्रफलमा रहेको वन सखाप भएको छ। सबै भन्दा बढी आगलागी दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालय रामेछापले जनाएको छ । डिभिजन वन कार्यालय रामेछापका डिभिजन वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट १५२ ओटा सामुदायिक र कबुलियत वनमा डढेलोले क्षति गरेको छ। गत चैत पहिलो हप्तादेखि सुरु भएको डढेलो लाग्ने क्रम अझै पनि रोकिएको छैन। गत चैत्र १ गते रामेछाप नगरपालिका–९ को हर्देनी पाखा सामुदायिक वनबाट आगो लाग्न सुरु भएको थियो। हरेक वर्ष सामान्यतयाः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ।…
बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको अधिकांश भूभाग अँध्यारो भएको छ । मध्याह्नतिर वातावरण प्रदूषण भएपछि एक गाउँबाट अर्को गाउँसमेत नदेखिएको जयपृथ्वी नगरपालिका–४ का सत्यराज जोशीले बताए । उनले भने, ‘मध्याह्नको बेला यस्तो अँध्यारो त कहिल्यै देखिएको थिएन । यो पटकको प्रदूषणले भने बझाङको अवस्था निकै कष्टकर भएको छ ।’ डिभिजन वन कार्यालय बझाङका अनुसार जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा रहेकाले समुदायमा जनचेतना फैलाउँदा पनि स्थानीयले अटेर गरेका छन् । कार्यालयका सूचना अधिकारी कपिल रावलले आगो लगाउने मान्छेलाई कारबाहीका लागि सूचना नै जारी गरेको बताए । ‘डिभिजन वन कार्यालयले सुक्खा याममा…
काभ्रेपलाञ्चोक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा मनलाग्दी कर्मचारी नियुक्ति नगर्न निर्देशन दिएक छ । आयोगका सचिव रामेश्वर दङ्गालले आयोगको हेटौँडास्थित कार्यालयद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा अनावश्यक पद सिर्जना गरी कर्मचारी नराख्न तथा राखिएका विभिन्न प्रकारका सल्लाहकार कर्मचारी हटाउन आग्रह गरेका हुन् । सचिव दङ्गालले स्थानीय स्तरमा उपभोक्ता समितिबाट भएका वा हुनसक्ने अनियमित क्रियाकलाप रोक्नसमेत स्थानीय तहका जनप्रतिनिधिहरूलाई अनुरोध गरे । उनले भने, “अनावश्यक पद सिर्जना गरी कर्मचारी राख्नु पनि अख्तियार दुरुपयोग नै हो, यसैले अनावश्यक पद सिर्जना गरी कर्मचारी नराख्न तथा विभिन्न प्रकारका सल्लाहकार कर्मचारी राखिएका भए पनि हटाउनुस् ।”…
भक्तपुर । चाँगुनारायण नगरपालिका–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्देश सुनुवार र ४६ वर्षीय दीपक सुनुवारको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख राजन कार्कीले इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा अचेत अवस्थामा रहेको जानकारी पाएलगत्तै प्रहरी पुगेको बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको र शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको उनले जानकारी दिए ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले रु साढे १० खर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत चैत मसान्तसम्ममा कूल रु १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख बराबरको वैदेशिक व्यापार गर्दा नेपालले रु १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख घाटा व्यहोरेको हो । चालु आर्थिक वर्षको नौ महिना अवधिमा रु ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख बराबरको आयात र रु एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा अवधिसम्ममा गत…
काठमाडौं । दुग्ध विकास संस्थाले महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी संस्थानले बुधबार दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख छ । हेर्नुहोस् सूचना :