Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ राति) देखि भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो । खोला तथा नदीमा पानीको बहाव बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनाको उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा चार सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको जानकारी दिए…
काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि भिसा दिन अस्वीकार गरेको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि अन्तर्वार्ताका लागि बोलाए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो । नेपाली क्रिकेट समर्थकहरूले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए । योसँगै उनको विश्वकप खेल्न जाने सम्भावना अब सकिएको छ ।
धनगढी । पछिल्लो केहि दिनयता देशभर गर्मी बढेको छ । गर्मी र तातो हावाका कारण तराईको जनजीवन बढी प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा २९ वर्षयताकै सबैभन्दा बढी गर्मी भएको छ । सन् १९९५ को जून महिनापछि बिहीबार दिउँसो बढी तापक्रम मापन भएको हो । मंगलबारबाट उकालो लागेको तापक्रम बिहीबारसम्म बढिरहेको छ । मंगलबार ४२ डिग्री सेल्सियस तापक्रम मापन भएकोमा बुधबार ४३.३६ डिग्री र बिहीबार (आज) ४४ दशमलव १ डिग्री मापन भएको हो । मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले सन् १९९५ पछि बिहीबार बढी तापक्रम मापन भएको दिन भएको जानकारी दिएका छन्…
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसका दिन (हिजो) गरेको घोषणा कार्यान्वयनमा आएको छ । मङ्गलवार गृहमन्त्री लममिछानेले सामाजिक सञ्जाल (फेसबुक, एक्स) मा ट्राफिक प्रहरीले महिनावारीका चार दिन सडकमा ड्युटी गर्न नपर्ने र ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा ड्युटी गर्न लगाइने घोषण गरेका थिए । महिनावारीका बेला ट्राफिक प्रहरीलाई सडक ड्युटीमा नखटाउने र विकल्पमा ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेकाहरूलाई सडकमा ड्युटी गर्न लगाइने गृहमन्त्री लामिछानेको भनाइ थियो। गृहमन्त्रीले सामाजिक सञ्जालमा यस्तो पोस्ट गरेको भोलिपल्ट (बुधबार) देखि नै यो नियम कार्यान्वयनमा आएको छ। ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेकाहरूलाई बुधबारदेखि काठमाडौँका विभिन्न चोकमा ड्युटी गरिरहेको देखिएका छन् । काठमाडौँ…
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । बुधबार पोस्ट बजेट अन्तर्क्रियामा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए । यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने उनको भनाइ छ । ‘सहकारीले धेरै राम्रो गरेको हो तर केही सहकारी आफ्नो सिद्धान्त विपरीत चलेकाले यो क्षेत्र बदनाम भएको छ,’ उनले भने, ‘सहकारी सानो सानो पुँजी र शक्तिलाई एकीकृत गरेर ठुलो पुँजी, शक्ति बनाउने माध्यम हो ।’ आम सहकारीका बचतकर्ता चिन्तित हुनुपर्ने उनले बताए ।…
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झुटो आरोप लगाएकामा केपी शर्मा ओलीले माफी माग्नुपर्छ कि पर्दैन भनेर एमालेलाई प्रतिप्रश्न गरेका छन् । सोमबार बालुवाटारमा बसेको तीन दलको बैठकमा एमाले नेताहरुले काँग्रेस नेताहरू खास गरी महामन्त्री शर्माको अभिव्यक्तिमा आपत्ति जनाएका थिए । एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति अनावश्यक आरोप लगाएको भन्दै एमाले नेताहरुले काँग्रेसले लिखित र सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका थिए । काँग्रेस महामन्त्री शर्माको जवाफ छ, ‘काँग्रेसलाई झुटो आरोप लगाउँदा माफी माग्नुपर्ने, काँग्रेसले प्रतिवाद गर्दा माफी माग्नुपर्ने ? नेपाल हो यो, उत्तर कोरिया होइन ।’ गिरिबन्धु टी-स्टेटको २४३ बिघा भन्दा बढी जग्गा सट्टापट्टा गर्न ओली नेतृत्वको…
रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं. ७ को तिल्पुङ खोला वारिपारि जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीमा खुसी छाएको छ । स्थानीयवासीको लामो प्रतीक्षापछि तिल्पुङ नदीमा झोलुङ्गे पुल निर्माण भएको हो । तिल्पुङ खोलामा पुल नहुँदा तिल्पुङ ७ का स्थानीय खेतीपाती गर्न, जङ्गलमा घाँस दाउरा काट्न तथा आवतजावत गर्न समस्या भएको थियो । बर्खायाममा ठुलो खोला आउने हुँदा लामो बाटो घुमेर हिँड्न पर्ने बाध्यता थियो । अहिले झोलुङ्गे पुल बनाइएको ठाउँमा कहिले काठको त कहिले बाँसको पुल बनाएर आवतजावत गर्ने गरिएको थियो । ती काठ र बाँसका फड्के पनि खोलाले लाने र जोखिमपूर्ण हुने हुनाले स्थानीयहरूले सास्ती बेहोर्दै आएका…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका छन् । विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै धूलो उपहार पठाएका हुन् । उनले काम अगाडि नबढेसम्म पायक पर्ने ठाउँमा एक ट्रक धूलो उपहार पठाउने बताएका छन् । उनले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धूलो खन्याएको भिडियो सामाजिक सञ्जालमा राखेका छन् । उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् : माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठज्यू ! तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम…
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई गए राति १० बजे अस्पताल भर्ना गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो । मुटुमा समस्या भएपछि उनलाई अस्पताल लगिएको बताइएको छ । धनुषा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि मंगलबार सिरोहियालाई काठमाडौँस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै उनलाई पक्राउ गरिएको थियो । शुक्रबार अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पुनः तीन दिनको म्याद दिएको छ ।
रामेछाप । रामेछाप नगरपालिकाले नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारसँग मेयर कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम निर्माणका लागि विभिन्न सरोकारवाला तथा राजनीतिक दलहरू सँग सुझाव लिई पत्रकारहरूसँग सुझाव लिन कार्यक्रमको आयोजना गरिएको रामेछाप नगरपालिकाका सूचना अधिकारी होम बहादुर प्रष्ट पारे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरका विकासका लागी एसियाकै सबै भन्दा अग्लो बुद्धको मूर्ति स्थापना गरी स्थानीय पर्यटन प्रवर्द्धनमा फड्को मार्ने नगर प्रमुख लवश्री न्यौपानेले बताए । आर्थिक वर्ष २०८१/०८२ मा शैक्षिक सुधारका लागि मेघा विद्यालयको स्थापना गरी शैक्षिक क्षेत्रमा सुधार गर्ने न्यौपानेले बताए । व्यावसायिक कृषि प्रवर्द्धन , लिफ्ट खानेपानी…