Author: सूचनापाना

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं.– १ को गर्जाङ गाउँको माटोमा खेल्दै परिवारसँग रमाइरहेका कुलबहादुर खड्काले घरपरिवारको आर्थिक स्थिति सपार्ने सपना देखे र कामको खोजीमा लागे खाँडी मुलुक तिर ।पैसा कमाउने र परिवारलाई खुसी राख्ने उद्देश्यले कुलबहादुर खड्का कहिले साउदी, कहिले मलेसिया, कहिले कतार लगायतका खाँडी मुलुक लगायत देशमा पुगे । गाउँमा रोजगारीको अवसर नपाए पछि अरबमा आफ्नो श्रम बेच्न गएका थिए खड्का । आफ्नो पुर्खौली कृषि पेसाले गाँस, बास र कपासको जोहो गर्न नसकेपछि अरू युवा जस्तै कुलबहादुर पनि खाँडी छिरे । पहाडको चिसो मौसममा आफ्नै तरिकाले काम गर्दै बाँचेका कुलबहादुर विदेशी भूमिमा पुगेर अरूको इशारामा समय कटाउन…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई हिम्मतिलो हुन सुझाएका छन्। भूमिको वर्गीकरण गर्न र वर्गीकरणअनुसार मात्रै उपयोग गर्न पाउने गरी कठोर निर्णय लिन उनले आग्रह गरेका हुन्। बिहीबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘अप्रिय निर्णय गरिदिनुस्, जहाँजहाँ बस्ती हुन्छन् त्यो बस्ती भएका ठाउँमा कसैले खानी चलाउन पाउँदैन भन्ने नीति बनाउनुस् । जहाँजहाँ खेतीयोग्य जमिन छ, त्यो खेतीयोग्य जमिनमा बस्ती बसाउन पाउँदैन भन्नुस्।’ अन्यथा मुलुक बन्न नसक्ने सांसद शाही बताउँछन्। बनेको नीति कार्यान्वयन गर्ने सन्दर्भमा पनि आवश्यक परे कठोर भएर प्रस्तुत हुनुपर्ने शाहीको राय छ। ‘कृषियोग्य जमिनमा कसैले बस्ती बसालेको…

Read More

काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले न्याय, सरकारी वकिल, न्याय र कानून सेवातर्फ गत माघ ११, १३ र १४ गते लिएको परीक्षाको नतिजा प्रकाशन गरेको हो । आयोगले न्याय, सरकारी वकिल तर्फ १८ र न्याय कानूनतर्फ १२ जनाको नाम सिफारिस गरेको छ भने एक हप्ता भित्र अन्तरवार्ताका लागि सम्पर्क गर्न भनिएको छ । सूचीसहित

Read More

चौतारा । जुगल गाउँपालिकाको बिकट तर सातगाउँ तामाङ र दलित बस्ने ‘लाइफ लाइन’ क्षेत्र कलाङमलाङ खोलामा झोलुंगेपुल निमार्णकार्य सम्पन्न भएको छ । स्थानीय सरकार, संघीय सरकार, स्वाप नामक गैरसरकारी संस्थाको आर्थिक सहयोग र स्थानीय जनश्रमदानबाट ६४ मिटर लामो पुल निर्माण भएको हो । झोलुंगेपुल निर्माण भएपछि सेलाङ, सेभगाउँ, किप्चे, गोल्चे, निम्लुङ, सञ्चगाउँ र लिदीका तीन हजार तीन सय तामाङ र दुई सय दलित समुदाय गरी ३५ सय जनसंख्या लाभान्वित भएका छन् । पुल निर्माणका लागि गाउँपालिकाबाट पाँच लाख ६८ हजार, संघीय सरकारबाट लठ्ठा, बुल्डग र ग्रिप्स अनुदान दुई लाख ५३ हजार, दातृसंस्था स्वापबाट ३४ लाख ६५ हजार र श्रमदानबाट ८७…

Read More

काठमाडौँ । बङ्गलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रीमण्डलीय समिति (सीसीजीपी)ले ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मङ्गलवार बङ्गलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औँ बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो । बैठकपछि मन्त्रिपरिषद् विभाग (समन्वय र सुधार)का सचिव मोहम्मद हुसेन खानले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेसहित १५ वटा प्रस्ताव स्वीकृत गरेको पत्रकारहरूलाई जानकारी दिएका हुन् । प्रतियुनिट ८.१७ बंगलादेशी टाका (९ रुपैयाँ ३० पैसा)मा विद्युत् आयात गरिने बङ्गलादेशका सञ्चारमाध्यमले जनाएका छन् । भारतीय ग्रिड प्रयोग गरी नेपालबाट बिजुली आयात गर्नु पर्ने भएकाले भारतलाई प्रतियुनिट ०.०५९ रुपैयाँ व्यापारिक मार्जिन तिर्नुपर्ने खानले बताएका छन्…

Read More

काठमाडौं । जेठ ३१ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने भएको छ । जेठको दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । जेठ ३१ देखि नै नेपालमा मनसुन सक्रिय हुँदै छ । समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मनसुन सुरु नहुँदै खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेबाट आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने निर्णय गरिएको बताए । उनले आफूहरू खोलाको पानीको ‘क्लोज मोनेटरिङ’ मा रहेको बताउँदै मुहान क्षेत्रमा ठुलो पानी परेर खोलामा लेदो बग्न थाल्यो भने पानी पथान्तरण तुरुन्त बन्द गरिने जानकारी दिए ।…

Read More

काठमाडौँ । नेपालको पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका भू–भागमा भने अत्यधिक गर्मी छ । अझै तीन दिनसम्म मध्य र पश्चिमी तराईका भूभागमा तातो हावाको लहर चल्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन भनेको छ । महाशाखाले आज बिहान ११ बजे जारी गरेको विशेष बुलेटिनमा लेखिएअनुसार जेठ २९, ३० र ३१ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको उल्लेख छ । महाशाखाका अनुसार मधेश र बागमती प्रदेशको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा बढी गर्मी छ । ती स्थानहरूमा विगत…

Read More

झापा । गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि रु एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताए । “मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ”, उनले भने, “किसानले धान बाटो पछार्नुपर्ने अवस्था आइसकेको छ ।” खेतमा धान पाकेर अलपत्र परेको उनले बताए । धान स्थान सुपरजोन समन्वय समितिका सदस्यसमेत रहेका उनले किसानलाई सरकारले प्रोत्साहन गरेकै कारण उत्पादन बढ्ने बताए । उनले किसानले…

Read More

सिन्धुपाल्चोक । गर्मी बढेसँगै सिन्धुपाल्चोक मेलम्ची बजारनजिकै रहेको इन्द्रावती नदी पौडी खेल्नका लागि आन्तरिक तथा बाह्य पर्यटक रोजाइ बन्न थालेको छ । केटाकेटी, युवादेखि वृद्धहरु अहिले इन्द्रावती नदीमा पुग्ने गरेका छन् । काठमाडौँ उपत्यकाबाट नजिकको गन्तव्य इन्द्रावती नदीमा पौडी खेल्दै मेलम्चीको लोकल माछाको स्वादमा रमाउने पर्यटक थुप्रै भेटिन्छन् । विशेषत शुक्रबार र शनिबार मेलम्चीमा बाक्लै भिड लाग्ने गरेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर उपत्यका र सिन्धुपाल्चोक आसपासका युवाका लागि त इन्द्रावती नदी आकर्षणको केन्द्र नै विन्दु बनेको छ । उपत्यकाबाट नजिकै र थोरै समयमा पनि निक्कै मनोरञ्जन लिन सकिने भएकाले इन्द्रावती नदी धेरैको रोजाइमा परेको काठमाडौँदेखि पौडी खेल्न आएका प्रवेश…

Read More

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का १० महिनामा ११ खर्ब ८९ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षका १० महिनाको तुलनामा रेमिट्यान्स आय १९.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार, १० महिनाको अवधिमा संस्थागत तथा नयाँ व्यक्तिगत गरी वैदेशिक रोजगारीका निम्ति तीन लाख ७४ हजार ८८७ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३७ हजार ८९३ छ । गत वर्ष सोही अवधिमा संस्थागत तथा नयाँ व्यक्तिगत गरी वैदेशिक रोजगारीका निम्ति चार लाख २१ हजार २७९ जनाले श्रम स्वीकृति लिएका थिए ।

Read More