Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो । योसँगै उपत्यकावासी यही शुक्रबार (पर्सि) देखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्ने गरी तयारी गरिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए ।…
काठमाडौँ । दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् । दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् । उनीहरुले दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । विरोध प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरू पक्राउ परेका छन्। भुक्तानी लगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता-सहमति समेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ ।
काठमाडौँ । ६० किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् । भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाडौँमा ल्याएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का प्रवक्ता होविन्द्र बोगटीले प्रशासनलाई बताए । उनीहरूको न्युरोडाम सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुली सँग कनेक्सन देखिएको छ । तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना यसअघि नै पक्राउ गरेका थिए । दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।
रामेछाप । कृषिमा क्रान्ति गरी किसानलाई समृद्ध बनाउँछु भनेर मन्थली नगरपालिकामा काम सुरु गरेको हेफरको लापरबाहीका कारण किसानको बाख्राको खोर नै रित्तो बनेको छ । बाख्रा पालेर घर समृद्ध हुन्छ भन्ने सपना देखाएर हेफरले मन्थली नगरपालिका वडा नं. ८ का किसानको खोर नै रित्तो बनाई दिएको छ । मन्थली नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग साथै पहाडी समाज कल्याण केन्द्र मन्थली रामेछापको सहजीकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी कार्यक्रमले अनुदानका नाममा रोगी बोका वितरण गर्दा लक्ष्मी केसीको खोरमा रहेको सबै बाख्रा र बोका मरेको हो । हेफर प्रोजेक्टको जिम्मा पाएको…
काठमाडौं । लामोसमयपछि घरबार जोडेकी गायिका मधु क्षेत्रीको दोस्रो घरबारमा पनि दरार देखिएको छ । अस्ट्रेलिया बस्दै आएका सुरेश क्षेत्रीसँग करिब २ वर्ष अघि १७ वर्षीया छोरीसहित वैवाहिक बन्धनमा बाँधिएकी गायिका मधु क्षेत्री यतिबेला सामाजिक सञ्जालमार्फत् आफूले पछिल्लो समय भोगेका वास्तविकता पोखिरहेकी छिन् । छोरीसहित अस्ट्रेलिया गएकी मधुलाई श्रीमान् सुरेशले कुटपिट र हेला गरेको मधुले टिकटकलाइभमार्फत् जनाएकी छिन् । दोस्रो विवाह गरेपछि सांगीतिक यात्रामा पूर्णविराम लगाएको घोषणा गरेकी मधुले पछिल्लो समय श्रीमान्ले कुटपिट गरेको र आफू गर्भवती समेत भएको कुरा जनाउँदै फेसबुकमार्फत् श्रीमान्लाई गाली गलौच समेत गरेकी छिन् । यसबारे विस्तृत जानकारी भने आइसकेको छैन ।
सिन्धुपाल्चोक । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार कृषकलाई जुगल गाउँपालिकाले मिनिटिलर वितरण गरीएको छ । गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८५ थान खेतबारी जोत्ने मेसिन मिनि टिलर उपलब्ध गराएको हो । कृषिमा यान्त्रीकरण गर्दै कृषिमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाका कृषकहरूलाई मिनिटिलर (हाते ट्याक्टर) उपलब्ध गराएको अध्यक्ष रेशम स्याङबोले जानकारी दिए। गाउँपालिका भित्रका कृषकहरुले ५० प्रतिशत अनुदानमा ८५ थान खेतबारी जोत्ने मेसिन मिनि टिलर पाएका छन् । गाउँपालिकाले कृषिलाई नयाँ प्रविधिसँग जोड्न र कृषकहरुलाई हौषलाका लागि यस्तो मेसिन वितरण गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष रेशम स्याङबोले गत वर्ष लम्कीस्किन भाईरसले ठूलो पशुधनको क्षति हुँदा खेतबारी जोत्न समस्या भएकाले त्यसको…
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि हेर्न नमिल्नेमा परेको छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेशी तोकिएको थियो । रविका तर्फबाट बहस गर्न लागेका रमेश बडाल र मनोज कुमार शर्मा विगतमा एउटै ल फर्ममा रहेकाले शर्माले मुद्दा हेर्न नमिल्ने भएको थियो । यससँगै मुद्दा सुनुवाइ नै नभई स्थगित भएको छ । रिटमा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोडेर निलम्बनको माग गरिएको छ। महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट ’ देखिने गरी पत्र दिएको थियो। उक्त पत्रमा लामिछानेका विरुद्ध कुनै पनि अदालतमा अभियोग…
काठमाडौं । झापामा बस र टिपर एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । कमल गाउँपालिका–४ मा बस र टिपर एकापसमा ठोक्किँदा २१ यात्रु घाइते भएका हुन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत कमल–४ मा मंगलबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३ ख २१६६ न. को टिपर र विपरीत दिशातर्फबाट जाँदै गरेको को १ ख ५०८७ न. को यात्रुबाहक बस एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी तथा प्रहरी प्रमुख मिलन केसी जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी बसमा सवार २१ जना यात्रु घाइते भएको र घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई उपचारका दमकस्थित दमक रिसर्च…
झापा । अविरल वर्षाका कारण माईखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबालीलाई नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बाढीेले झापा गाउँपालिका–२ सुगाबथान टोल नजिकै करिब ५० बिघामा लगाएको मकैखेतीलाई नष्ट गरेको जानकारी दिए । त्यस्तै, गए राति झापा –३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको दुई बिघा खेतको परालमा वर्षासँगै परेको चट्याङ लागेर आगलागी भएको छ । उक्त आगलागी शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको बारुणयन्त्र र स्थानीयवासीको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आलगीबाट करिब २० हजार बराबरको क्षति भएको जनाइएको छ ।
काठमाडौं । नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ । मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा वर्षात् भइरहेको छ । अघिल्लो वर्षको मनसुन पनि देशभर फैलिन करिब तीन हप्ता लागेको जानकारी दिँदै मानन्धरले यस वर्ष यही जुन १० तारिखका दिन मनसुन प्रवेश गरेको बताइन् । महाशाखाका अनुसार गण्डकी प्रदेश र…