Author: सूचनापाना

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार झण्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान कहिले आकाशे पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था यथावत छ । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष देशभर ९ दशमलव ८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । गत वर्ष असार १५ गतेसम्म करिब ८ दशमलव ७५ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशी यस वर्ष मनसुन छिटो भित्रिए पनि ढिलो सक्रिय हुँदा धान रोपाइँ सन्तोषजनक नरहेको बताउँछन् । ‘हालसम्म अधिकांश…

Read More

पोखरा । सर्वोच्च अदालतको आदेशपछि प्रदेशसभा पुगेका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई रोक लगाइएको छ । आज (बिहीबार) प्रदेशसभा गएका देवकोटालाई मर्यादा पालकले रोक लगाएका हुन् । आफूलाई रोक लगाएपछि बाहिरै रहेको देवकोटाले जानकारी दिए । ‘अदालतले आदेश दिएकाले म प्रदेशसभामा आएको हुँ । के कारणले रोकिएको हो थाहा भएन । म अहिले बाहिर छु,’ उनले भने । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । आफू नेपाल समाजवादी पार्टी भएकाले माओवादीले कारबाही गर्न नमिल्ने भन्दै उनी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले सोमबार उनको पक्षमा अन्तरिम आदेश दिएको थियो । उनले…

Read More

काठमाडौँ । दुबई जान लागेका गायक राजेश पायल राईले अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ। गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए। तर उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो। राई दुबईमा सांगीतिक कार्यक्रमका लागि जान लागेका थिए। मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत जान सक्ने प्रहरीले जनाएको छ। यसअघि पनि उनी मदिरा सेवन गरेर हल्ला गरेको आरोपमा पक्राउ परेका थिए। पटक पटक राजेश पायल राई आफ्नो हर्कतका कारण विवादमा तानिँदै आएका छन्।

Read More

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेका छन् । ननग्रेड ल्याउनेको संख्या २ लाख ४२ हजार ३१३ अर्थात ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । ननग्रेड ल्याउनेमध्ये…

Read More

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको छ । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।

Read More

काठमाडौं । असार २२ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ । परिवर्तन भएको कार्यतालिका अनुसार महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ । शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवार दर्ता हुनेछ । त्यसका लागि आज रातिसम्म अन्तिम मतदाता नामावली प्रकाशीत हुनेछ । त्यस्तै शनिबरा राती ८ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने । उम्मेदवारविरुद्ध दाबी बिरोध शनिबरा राती ८ बजेदेखि आइतबार बिहान ११ बजेसम्म गर्न सकिनेछ । उम्मेदवारी फिर्ता लिन चाहेमा असार १६ गतेको समय निर्धारण…

Read More

काठमाडौं । एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा…

Read More

काठमाडौं । सर्प पाल्ने नाममा १८ करोड रुपैयाँको भ्रष्टाचार भएको ठहर भएको छ । विशेष अदालतले सर्प पाल्ने नाममा भएको अनियमिततामा संग्लग्न ५ जना दोषी ठहर गरेको हो । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार भएको हो विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार मधेश प्रदेशका तत्कालिन मन्त्री विजयकुमार यादवसहित ५ जनालाई दोषी ठहर गरेको हो । दुई जनाले भने सफाइ पाएका छन् । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय पनि दोषी ठहर भएका छन् । लालबन्दी…

Read More

काठमाडौँ । प्रतिकूल मौसमका कारण ‘भीआईपी’ सवार बुद्ध एयरको ‘यू४-८८१’ उडान नम्बरको जहाज भैरहवा अवतरण गर्न नसकेपछि काठमाडौँ फिर्ता भएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय योजना आयोग सदस्य डा. रामकुमार फुयाँलसहित यात्रु चढेको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण गर्न नसकी काठमाडौँ फिर्ता भएको हो । वर्षाका कारण जहाज अवतरण गर्न नसकी काठमाडौँ फर्किएको हो । पानी परेका कारण बिहान करिब ९ बजेको समयमा जहाज अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता दिपक कुमार बज्राचार्यले बताए । उनका अनुसार करिब एक घण्टापछि पूर्वतरुपमा जहाज उडान र अवतरण भएको छ । योजना आयोग टोली बुटवलस्थित बुटवल धागो कारखाना, धौवाधी फलाम उद्योग…

Read More

काठमाडौँ । हिजोदेखिको भारी वर्षाका कारण देशका विभिन्न स्थानमा ७ जनाको मृत्यु भएको छ भने चट्याङका कारण ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढी, पहिरो र चट्याङबाट ११ जनाको मृत्यु हुँदा केही घाइते भएका छन् । कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्ती बस्ने प्रकाश रानाभाटको घरको पछाडीपट्टीको माटोको ढिस्को खसेर घर पुरिँदा घरमा सुतिरहेकी १३ वर्षीया आयुस्मा रानाभाटको गएराति मृत्यु भयो । साथै घरमा सुतिरहेकी उनकी हजुरआमा ७० वर्षीया लालमाया बन्जारीको सकुसल उद्धार गरिएको छ । यसैगरी कास्कीको पोखरा महानगरपालिका–२७ आरूपाटा बस्ने ३१ वर्षीय हरि सुनारको घरमा अविरल वर्षाको कारण माटोको ढिस्को खसेर घरमा सुतिरहेका सुनारको छोरा ३ वर्षीय…

Read More