Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि रु १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा कम्पोजित प्रविधिको पर्खाल निर्माण गरेको हो । निर्माण कम्पनी सुप्रिम कन्ट्रक्सनका सञ्चालक सुरेश खड्काले दुई वटा प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको जानकारी दिए । “कम्पोजित पर्खाल निर्माण गर्ने काम सकिएको छ”, उनले भने, “पर्खालको पछाडितर्फ माटो राखेर फिलिङ गर्न सुरु भएको योजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।” सो योजनाका लागि २०७९ फागुनमा रु १२ करोड…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले कांग्रेस र एमालेले मुलुकलाई ०४७ कै अवस्थामा धकेल्ने प्रयास गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने बताएका हुन् । ‘संविधानलाई नै डिरेल गर्ने हिसाबले कोसिस भइराखेको छ । भ्रष्टाचारको फाइल खोलेपछि कांग्रेस–एमालेमा त्रास देखियो । माओवादी जनयुद्धले ल्याएका उपलब्धि, सङ्घीयता, समावेशी सहभागिता, संविधान उल्ट्याएर मुलुकलाई पुरानै अवस्थामा धकेल्ने षड्यन्त्र भइरहेको छ । यसको सशक्त प्रतिवाद गर्नुपर्छ’, प्रचण्डले भने । बैठकमा उनले एमाले अध्यक्ष केपी ओलीले दोहोरो भूमिका खेलेकोमा पनि बताए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (मंगलबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटार पुगेर भेटेका छन् । बालुवाटार पुगेका ओली हिजो मध्यरातमा भएको नेपाली कांग्रेससँगको नयाँ सत्ता गठबन्धनबारे प्रधानमन्त्रीलाई जानकारी गराएका हुन् । ओलीले भागबण्डा सबै मिलिसकेको जानकारी गराउँदै आफूहरूलाई समर्थन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् । ‘राति भएको सहमति जानकारी गराए । अब हामी मिल्यौं तपाईंले पनि समर्थन गर्नुपर्यो । भागबण्डा मिलिसक्यो, तैपनि तपाईंले सहयोग गर्नुपर्यो’ भेटका क्रममा ओलीले दाहाललाई भने । ‘म दुई तिहाई बहुमतको प्रधानमन्त्री बन्दै छु,’ ओलीले प्रचण्डलाई भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्छ, ‘अब…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । सोमबार मध्यरातमा काँग्रेस गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् । नयाँ गठबन्धनको सहमतिसँग आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ। बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो। बन्दीपुर–३ रामकोट–५ को कोरिखा, झारगाउँ–६ को धरमपानी, हुस्लाङ, कमलबारी, लखनबारी, ग्याजाटारलगायत गाउँलाई पर्यटकीय ठाउँ बनाउने अभियान सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । पालिकाले त्यस्ता ठाउँमा रहेको घरबास (होमस्टे) को संरक्षण, प्रवर्धन, पूर्वाधार निर्माणमा सहयोग गर्ने उनले बताए । गाउँपालिकाले आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘घुम्न जाउँ बन्दीपुर’ सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम अगाडि बढाएको छ। यसका लागि काठमाडौं, पोखरा, विराटनगरजस्ता ठूला शहरमा कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । गण्डकी प्रदेशको…
काठमाडौँ । संसद्का दुई ठुला दल काँग्रेस र एमालेको गठबन्धनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले ‘काले काले मिलेर खाउँ भाले’ भन्दै कटाक्ष गरेका छन् । नेपाली काँग्रेस र नेकपा(एमाले)बिच सोमबार मध्यरातमा नयाँ समीकरण बनाउने सहमति भएसँगै मङ्गलवार(आज) बिहान साहले ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले’ भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका हुन् । उनले कमेन्टमा आफ्नो स्ट्याटसलाई थप प्रष्ट्याउँदै गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा एकपल्टलाई बेच्न दिने विधेयक संसदबाट पास भएको र नेपाल मजदुर किसान पार्टी र काँग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भएको भनेका…
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोकको मेलम्ची नदीको जलसतह सतर्कता तह आसपास रहेको जनाएको छ । महाशाखाका अनुसार मेलम्ची नदीस्थित नाकोटेको जलमापन केन्द्रमा हाल (राति ८:३५ बजे)को जलसतह ४.०९५ मिटर रहेको छ । जुन सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाले बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सजग रहन भनेको छ ।
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले गत वैशाखमा सम्पन्न तेश्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताएका छन् । प्रतिनिधि सभामा सोमबार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लगानी सम्मेलन सफल भएको बताए । उनले लगानी सहजीकरणका लागि कानून संशोधन भएको, इनभेष्टमेन्ट गाइड तथा सेक्टोरल प्रोफाइलहरु तयार भएका, सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न विभिन्न क्षेत्रका १ सय ५० भन्दा बढी आयोजनाहरु प्रस्तुत गरिएको, १९ वटा परियोजनाको इओआई आव्हान गरिएको तथा परियोजना बैंकलाई अध्यावधिक गरिएको जानकारी दिए । निजी क्षेत्रका छाता संगठनहरुको समेत सहआयोजनामा सम्पन्न सम्मेलनले निजी क्षेत्रको मनोबल…
महोत्तरी । देशभर मनसुनको प्रभाव बढ्दै जाँदा पहाडी जिल्ला र चुरे क्षेत्रमा वर्षासँगै बाढी आउन थालेसँगै छि खोला नदीहरुमा पानीको सतह बढ्न थालेपछि स्थानीयवासी त्रसित छन्। चुरे शृङ्खलाबाट निस्कने खोलाहरुमा बालुवा र गेग्र्यान चुलिँदै जाँदा महोत्तरीका विभिन्न बस्ती डुबानमा पर्ने र निर्मित भौतिक संरचना भत्कने जोखिम बढेसँगै नदी वरपरका वासिन्दा डुबान र कटानबाट हुनसक्ने सम्भावित क्षतिबाट त्रसित बनेका हुन्। “ऊ हेर्नोस् न, खोलामा बालुवा थुप्रिएर पुल बराबरजस्तो भइसक्यो,” पूर्व–पश्चिम राजमार्गको जिल्लामा पर्ने जङ्घा खोलाको पुल नजिक देखाउँदै बर्दिबास–८ खजुरियाटोलका विश्वराज आले भन्छन्, “यही अवस्था रहे त हाम्रो बस्तीमा पानी पस्न ठूलो बाढी पनि चाहिँदैन। यस वर्ष भारी वर्षा हुने मौसमविद्हरुको…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । एमाले अध्यक्ष अहिले ९ बजे बालुवाटार पुगेका हुन् । उनीहरुबीच यसअघि हिजो पनि भेटवार्ता भएको थियो । शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि अहिले शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ । आइतबार मात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए । यता कांग्रेस सभापति देउवाले सोमबार पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । बैठक बूढानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।