Author: सूचनापाना

काठमाडौँ । उमेर हदका कारण प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि प्रस्ताव गरिएका पोषराज पोखरेल प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाटै अवकाशमा गएका छन् । सेवा अवधि बाँकी भए पनि ५६ वर्षे उमेर हदका कारण पोखरेल डीआईजीबाटै शुक्रबार (आज) राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका हुन् । १० असारमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । सिफारिस अनुसार बढुवा भएको भए उनी १९ र २० गते दुई दिनका लागि एआईजी हुने थिए । तर यही बीचमा सत्ता साझेदार प्रमुख घटक एमालेले समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद् बैठकले पोखरलको एआईजी बढुवामा कुनै…

Read More

कराँची । पाकिस्तानको कर प्राधिकरणले बिहीबार राजस्व सीमा बढाउनका लागि कर रिटर्न दाखिला नगरेका प्रयोगकर्ताहरूको दुई लाख १० हजार सिमकार्ड ब्लक गरेको बताएको छ । सन् २०२२ मा २४ करोडभन्दा धेरै जनसंख्या भएको मुलुकमा ५२ लाखले मात्र आयकर रिटर्न दाखिला गरेका थिए । सङ्घीय राजस्व बोर्ड (एफबिआर) को आँकडाअनुसार बोर्डले अप्रिलमा अध्यादेश पारित गरेपछि दूरसञ्चार प्राधिकरणलाई दुई लाख १० हजार सिमकार्डको जडान ब्लक गर्न आदेश पठाएको थियो । तीमध्ये ६२ हजारलाई पछि पुनःस्थापना गरिएको थियो । ‘हामीले आफ्नो कर भुक्तानी गर्ने मानिसहरूको सिम अनब्लक गरेका छौँ’, एफबिआरका जनसम्पर्क अधिकारी बख्तियार मुहम्मदले भने, ‘कसैले स्वेच्छाले अगाडि आएर कर तिर्दैनन्, हामीले मानिसलाई…

Read More

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुई जना छात्र मात्र अध्ययनरत छन् । उनीहरूमध्ये एक जनाले कक्षा १ र एक जनाले कक्षा ३ मा अध्ययन गर्छन् । कक्षा २ मा भने विद्यार्थी नै छैनन् । स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी आउन छाडेका प्रधानाध्यापक गोविन्द अधिकारीले जानकारी दिए । विसं २०८० मा तीनजना हुँदै नयाँ शैक्षिक सत्रमा दुई जनामा सीमित भएको छ । उनका अनुसार विसं २०४६ मा स्थापना भएर २०४७ सालमा अनुमति पाएको विद्यालयमा २०७८ सालसम्म ११ जना विद्यार्थी थिए ।…

Read More

बागलुङ । राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन् । हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारीसाधनलाई बर्खा सुरु भएपछि तिनै खाडलमा अड्किएर निस्कन हम्मे हम्मे पर्दछ । सडकको दुरावस्थाका कारण नागरिक मात्र होइन, बागलुङको बाटो भएर हिँड्ने पर्यटकले पनि सधैँ दुःख पाउने गरेका छन् । लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड कालोपत्रको काम सुरु भएको आठ वर्ष भयो तर काम सकिएको छैन । कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्डमा पनि काम त चलिरहेकै छ तर पूरा नहुने बेलासम्म सडकमा सास्ती छ । राष्ट्रिय गौरवका आयोजना नै दुरावस्था व्यहोरेको बागलुङका ग्रामीण सडकको अवस्था दर्दनाक छ । जिल्ला…

Read More

मुग्लिन (चितवन) । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ । चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ ९ गतेदेखि तालिम सञ्चालन गरेको थियो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विपद्को जोखिममा परेका नागरिकको जीवन रक्षा गर्न आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई इमान्दारिका साथ मानव सेवामा समर्पित गर्न आग्रह गरे। उनले भने, “ देशमा मनसुन सुरु भइसकेको छ, नागरिकको जीउधनको सुरक्षा गर्ने कुरालाई केन्द्र विन्दुमा राखेका छौँ ।” प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले सशस्त्र प्रहरीले नागरिकको सुरक्षाका लागि अहम् भूमिका निर्वाह गरिरहेको बताए । प्रदेश सरकारको…

Read More

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधव नेपाल दोहोरिएका छन् । पार्टी महाधिवेशनको बन्द सत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत भएका हुन् । सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका छन् । अन्य पदको टुंगो लागिसकेको छैन । सुरुमा तीनै नेताले अध्यक्षमा दाबी गरेका थिए । तर, नेताहरूले दबाब दिएपछि सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको हो । महाधिवेशन प्रतिनिधिहरूले पनि अध्यक्षमा नेपाललाई सर्सम्मत गर्न सुझाव दिएका छन् ।

Read More

काठमाडौँ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने भएको छ । सँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार प्रदेश संसदीय दलले नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका दीर्घ बहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिन लागेको हो । प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आजै मन्त्रीहरूले राजीनामा दिने बताए । एमालेका तर्फबाट सुदूरपश्चिम सरकारमा तीन जना मन्त्री छन् । मुख्यमन्त्री सोडारी धनगढी बाहिर भए पनि समर्थन फिर्ता लिएको र मन्त्रीले राजीनामा दिएको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिने उनले बताए । केन्द्रमा काँग्रेस र…

Read More

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट यसपालि सरकारमा मन्त्री पठाउँदा सबैको प्रतिनिधित्व हुने गरी पठाउनुपर्ने बताएका छन्। यसअघिको सरकारमा पार्टीले ९ जना मन्त्री पठाए पनि दलित, थारू, मधेसीलाई स्थान नदिएकोले यसपटक समावेश गरिनुपर्ने उनले बताए। ‘योभन्दा अघिल्लो पटक ९ जना मन्त्री काँग्रेसबाट सरकारमा थिए। तर एउटा दलित, थारू र मधेसी गएन,’ इटहरीमा बिहीबार भएको कार्यक्रममा बोल्दै थापाले भने, ‘मन्त्रीमा दलित, थारू, मधेसी पठाएनौँ। कहिले पठायौँ भन्दा २०१५ सालमा पठाएको हो नि ! २०८१ मा पठाउनुपर्‍यो नि !’ उनले पार्टीभित्र भाग पुर्‍याउने नाममा पटक–पटक मन्त्री बनेकाहरूलाई यसपटक अवसर दिन नहुने बताए। ‘समावेशीसँगै परिणाम दिन सक्नेलाई मन्त्री बनाउनुपर्छ,’ उनले भने,…

Read More

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ ६ बजे बस्ने गरी बोलाइएको हो बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ । एमालेले समर्थनसहित मन्त्रीहरू फिर्ता बोलाएपछि प्रचण्ड सरकारको पहिलो बैठक बस्दै छ। यस अवस्थामा महत्त्वपूर्ण निर्णय गर्दा विवाद आउन सक्ने र यसपछि बन्ने सरकारले अहिले गरेका निर्णय उल्टयाउन पनि सक्ने भएकोले सामान्य नियमित प्रस्तावहरूमाथि छलफल हुने जनाइएको छ ।

Read More

काठमाडौँ । ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि जसलाई ३ सम्म देशभरका १४ सय ३१ जनामा डेंगु पुष्टि भएको छ । मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण पनि फैलिँदै गएको बताइएको छ ।

Read More