Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका-१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको गएराति सकुशल उद्धार गरिएको छ । वर्षाको कारण नारायणी नदीमा आएको बाढीमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
काठमाडौँ । गत शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाडौँमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा एक जना गरी १४ जनाको मृत्यु भएको छ । काठमाडौँस्थित नागार्जुन नगरपालिका–३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका–६ का मनोज बिकको मृत्यु भएको थियो । पहिरोमा…
काठमाडौँ । नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री मार्क रुटे यतिबेला चर्चामा छन् । निवर्तमान प्रधानमन्त्री रुटले हेगस्थित आफ्नो कार्यालयबाट अनौठो तरिकाले साइकल चढेर प्रधानमन्त्री कार्यालयबाट बिदा भएको विषय अहिले मिडिया र सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ । १४ वर्षको कार्यकालपछि रुटले पूर्व गुप्तचर प्रमुख डिक शूफलाई प्रधानमन्त्रीको कार्यभार सुम्पेर साइकल चढेर बिदा भएका थिए । राजा विलेम–अलेक्जेन्डरको अध्यक्षतामा आयोजित समारोहमा शूफले प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । रुटेले अब नेटोको नयाँ महासचिवको जिम्मेवारी सम्हाल्ने छन् । यो भिडियो सामाजिक सञ्जालमा भाइरलको भिडियोमा, रुट साइकल चढेर अफिसबाट निस्किँदै गरेको देखिन्छ, जबकि उनका कर्मचारीहरूले उनलाई हल्लाउँदै बिदाइ गरेका छन् । रुटे प्रधानमन्त्री कार्यालयबाट…
सुर्खेत । वर्षाका कारण कर्णालीका हिमाली जिल्लाका सबै हवाई सेवासमेत ठप्प भएको छ । अविरल वर्षाका कारण पछिल्लो पाँच दिनदेखि कर्णालीका हिमाली जिल्लाका सबै विमानस्थल ठप्प हुन् । मुगुस्थित रारा, जुम्ला, डोल्पाको जुफाल र हुम्लाको सिमिकोट विमानस्थलमा मौसममा खराबी आएपछि उडान हुन नसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हवाई सेवा अवरुद्ध भएपछि बिरामी र जरुरी कामका लागि बाहिर जानेहरू पनि अलपत्र परेका छन् । प्रहरीका अनुसार वर्षाका कारण कर्णालीमा मानवीय क्षति भने अहिलेसम्म भएको छैन ।
चितवन । नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गए राति ११ः३० बजे बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन उनले अनुरोध गरेका छन् । शनिबार परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार भरतपुर…
सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलिब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलिब्रिज रहेको भूभाग कटान गरिरहेको छ । विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलिब्रिज निर्माण गरिएको थियो । रातो पुल बगाएको सात महिनापछि सञ्चालनमा आएको बेलिब्रिज जोगाउने प्रयास भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । सो पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ र २ का बासिन्दालाई आवतजावत गर्न सहज बनाएको छ । हेलम्बु–४ स्थित बस्ती र विद्यालयसमेत बाढीको जोखिममा…
काठमाडौँ । सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको र ५६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । उनले उच्च सतर्कता बढाइएको बताए । सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेका कारण नदी आसपासका बासिन्दालाई शतर्क रहन प्रशासनले आग्रह गरेको छ । पानी पर्ने क्रम जारी रहेकाले नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । नदी आसपासका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन भनिएको छ ।
रामेछाप अविरल बर्षाको कारण रामेछापको मुख्य नदी तामाकोसी र सुनकोसीमा जलसतह बढेसँगै नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले सुनकोसी, तामाकोसी लिखु सहित जिल्ला भित्रका ठूला नदी र खोला किनारामा रहेका बासिन्दालाई उच्च सर्तक रहन प्रहरीले माइकिङ गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राकेश सिंहले जिल्लाभित्र मुख्य सडक अवरुद्ध नभए पनि नदीहरुमा जलसतह निकै बढेको बताउदै सर्तक रहन नदी किनाराका बासिन्दालाईहरु आग्रह गरिएको बताए ।
काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एक जना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन् । शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताइन् । वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताइन्। छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय गर्दै आएका थिइन् ।
काठमाडौँ । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत पाएका छन् । १०७ सदस्यीय प्रदेश सभामा शनिबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन् । उनको प्रस्तावको विपक्षमा ३४ मत परेको छ । प्रदेश सभामा शनिबार १०१ जना उपस्थित भएर मतदान गरेका थिए । २८ जेठमा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ६ दलको समर्थनमा जनमत पार्टीका सिंह मुख्यमन्त्री बनेका थिए । तर केन्द्रमा काँग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भएपछि शनिबार काँग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्री सिंहलाई आफ्नो दल जनमतसँगै नेकपा एमाले, काँग्रेस, लोसपा र नागरिक उन्मुक्ति…