Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ। जेलबाट निकाल्न भन्दै दुई कैदीबाट साढे २ करोड रुपैयाँ भन्दा बढी लिएर ठगी गरेको आरोपमा लागेका एक व्यक्ति कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रामेछापको दोरम्बा गाउँपालिका-५ का ५० वर्षीय दीपक चौलागाइँ रहेका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद आचार्यको आइतबारको इजलासले दीपक चापागाँइलाई ३२ लाख र उनकी श्रीमती रिता कुमारी चौलागाईँलाई २ लाख धरौटी माग गरेको थियो । रिता भने २ लाख धरौटीमा बुझाएर रिहा भएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । दीपक भने धरौटी नबुझाएपछि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ । ३३ करोड बिगो बुझाउन नसकी जेलमा रहेका केदाप्रसाद गौतमलाई…
किएभ, युक्रेन । युक्रेनको राजधानीस्थित एक बाल अस्पताल लगायतका क्षेत्रमा रूसको क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यसैगरी, मध्य युक्रेनी सहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएको नगर प्रशासनका प्रमुख ओलेक्ज्यान्डर विल्कुलले बताएका छन् । केही महिनायता किएभमा भएको यो सबैभन्दा ठूलो बमबारी थियो । युक्रेनी वायु सेनाकाअनुसार दिनदहाडै गरिएको आक्रमणमा रूसको सबैभन्दा अत्याधुनिक हतियारमध्ये एक किन्झाल हाइपरसोनिक क्षेप्यास्त्र पनि प्रयोग भएको अधिकारीहरूले बताएका छन् । किन्झाल तीव्र गतिमा अर्थात् ध्वनिको १० गुणा बढी गतिमा उड्ने भएकोले यसलाई रोक्न गाह्रो हुन्छ । विस्फोटका कारण सहरका भवनहरू हल्लिएका थिए । युक्रेनका…
एजेन्सी । दक्षिण कोरियाली विशाल प्रबिधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीन दिने आमहडताल सुरु गरेका छन् । सियोलबाट एक घण्टा दक्षिणमा रहेको ग्योङगीको ह्वासेओङमा रहेको कम्पनीको फाउण्ड्री र सेमीकन्डक्टर फ्याक्ट्रीबाहिर हजारौं मजदुरहरू बर्षादी र रिबन लगाएर भेला भएका दशौं हजार कर्मचारीहरूको प्रतिनिधित्व गर्ने एक युनियनका प्रमुखले एएफपीलाई बताए । सामसुङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता हो र यसले चिप्सको विश्वव्यापी उत्पादनको महत्त्वपूर्ण हिस्सा ओगटेको छ । सामसुङ व्यवस्थापनले जनवरीदेखि युनियनसँगको वार्तालाई रोकेको छ । दुबै पक्ष मतभेदलाई कम गर्न असफल भएका छन् । फर्मबाट ५।१ प्रतिशत तलब वृद्धि प्रस्ताव अस्वीकार गरिएको छ…
काठमाडौँ । नेपाली काँग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताएकी छन् । सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताइन् । उनले विपद्का कारण ठुलो जनधनको क्षति भएको बताइन् । उनले गत सालका पीडितलाई राहत दिन नसक्दे यस वर्ष नागरिकले सोही कुराको दुःख व्यहोर्नुपरेको बताइन् । उनले राज्य विपद्का लागि जहिले पनि तयारीका साथ बस्नुपर्नेमा जोड दिइन् । गौतमले विपद्का कारण भएको क्षतिबारे संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘विपद्का कारण ठुलो जनधनको क्षति भएको छ । यो विपद् व्यवस्थापन गर्न सरकारले के गरिरहेको छ रु यो सदनलाई जानकारी…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारविरुद्ध सरकार अगाडि बढ्न खोज्दा राजनीतिक चलखेल भएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिए पनि एक वर्ष अघि अदालतमा पेस गरिएको अभियोग पत्रमा प्रतिवादी नबनाइएका बेचन झालाई जब सरकारले नियन्त्रणमा लियो तब राजनीतिक बेचैनीहरू सुरु भयो,’ उनले भने । एक वर्ष अघि अभियोग पत्रमा नाम समेत नलिइएका बेचैन झालाई जब वर्तमान सरकारले नियन्त्रणमा लियो त्यसपछि राजनीतिक रूपमा ठूला चलखेल सुरु भएको परियारले दाबी गरे । ‘सुशासन र भ्रष्टाचारविरुद्ध लागेको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर जुन चलखेल…
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त अवधिमा बाढीपहिराका नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायाको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ । उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरामा परिचालन…
काठमाडौं । गायक धनराज चुनारा र विष्णुमाया विश्वकर्माकाे आवाजमा ‘सालको पातैमा’ बोलको झ्याउरे गीत सार्वजनिक भएको छ । टिका सानु युटुब च्यानलबाट शनिबार गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको लय तथा शब्द गायक स्वयमको रहेको छ भने एरेन्ज बलु तामाङले गरेका छन् । गाँउ घरमा रमाइलो जमघटका बेलामा गरिने नृत्य गीतमा देख्न सकिन्छ । उक्त गितको भिडियोमा दिलु सुनार र आरुसी मगरको उत्कृष्ट नृत्य देख्न सकिन्छ । भिडियोको कोरियोग्राफि तथा निर्देशन भने दिलु् सुनारले गरेका हुन् । गाँउ घरका मैलिक भाकालाई टपक्क टिपेर आफ्नो गीतमार्फत मनोरञ्जन दिन सक्ने खुबी भएका गायक हुन धनराज चुनारा । अझ विशेष मध्यपश्चिमका सुर्खेत,…
काठमाडौँ। महाकाली नदीले खतराको सतह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन् । अविरल वर्षापछि नदीमा पानीको बहाव उच्च भएपछि भारतले नेपालतर्फका २४ वटै ढोका खोलिदिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले महाकालीमा पानीको बहाव दुई लाख ४० हजार क्युसेक नाघेपछि शारदा ब्यारेजका नेपालतर्फका सबै ढोका खोलिएका हुन् । उनकाअनुसार शनिबार आधार भन्दा बढी ढोका खोलिएकोमा आइतबार बहाव बढेपछि सबै ढोका खोलिएका हुन् । महाकाली नदीका नेपाल तर्फका सबै ढोका खोलिएपछि राति तटीय क्षेत्रमा बाढी बस्तीतिर पसेको थियो तर अहिले बहाव घट्दो क्रममा रहेकाले जोखिम कम भएको प्रहरीले जनाएको छ । यसैबीच जगबुढा नदी थुनिएपछि…
काठमाडौं । सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७ सय ९४ निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ मा ७९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानाले जनाएकाे छ । किताबखानाको रेकर्डमा सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिरी अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन् । सेवावधि बाँकी रहँदै राजीनामा गर्नेहरूमा माथिल्लो तहका कर्मचारीहरू पनि छन् । त्यसमा विशिष्ट श्रेणी (सचिवसरह) का सात कर्मचारी छन्। यसैगरी प्रथम श्रेणी (सहसचिसरह) का आठ कर्मचारीले राजीनामा गरेका छन्। यसैगरी उपसचिवसरहका ४९ जना र अधिकृत सरहका ६९ जनाले सेवावधि नसकिँदै राजीनामा गरेका हुन् । किताबखानाका अनुसार सेवावधि…
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री ‘प्रचण्ड’को राजीनामा मागेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै ‘प्रचण्ड’ले बहुमत समर्थन गुमाइसकेको बताउँदै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । उनले भने–‘लोकतन्त्रको सौन्दर्य भनेको त्यसको एउटा नैतिक पक्ष हुन्छ, नैतिक कुराहरू संविधानमा लेखिएको हुँदैन । अहिले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुहोस् ।’ संविधानले विश्वासको मत लिन पाउने अधिकार दिएको तर नैतिक पक्षले बहुतम गुमाइसकेपछि राजीनामा गर्नुपर्ने बताए । यस्तै एमालेका अर्का सांसद सूर्यप्रसाद ढकालले पनि सरकार अल्पमतमा परेकोले छिटो भन्दा छिटो राजीनामा दिन माग गरे ।