Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्ने र दोहोरोपन हटाउने लक्ष्य लिएको भए पनि नीतिगत अस्पष्टताका कारण यो योजना कार्यान्वयन हुन सकेको छैन । चालु आव २०८०/८१ को बजेट वक्तव्यको बुँदा नम्बर २८७ मा ‘सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालनका लागि दिगो स्रोत व्यवस्थापनको नीति लिइने, हाल सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गरी दोहोरोपन हटाइने र लक्षित वर्गमा केन्द्रित गरी थप प्रभावकारी बनाउँदै लगिने छ’ भनिएको छ । तर, सामाजिक सुरक्षाका योजना कार्यान्वयन गरिरहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको कार्यक्षेत्र उस्तै–उस्तै देखिन्छ भने यी निकायले उपलब्ध गराइरहेका सामाजिक सुरक्षाका कार्यक्रम…
काठमाडौं । देशका केही स्थानमा आज (बिहीबार) पुनः भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भू–भाग सीमाना आसपास) रहेका कारण भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । बिहान देशभर साधारणतया बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना…
काठमाडौँ । नेपालमा रेमिट्यान्स आप्रवाह मासिक १ खर्ब २० अर्ब रुपैयाँले भित्रिरहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार ११ महिना (साउन-जेठ) सम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यस अनुसार हरेक महिना १ खर्ब २० अर्ब ६८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको तथ्यांकबाट देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष विप्रेषण आप्रवाह १९.३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले बढेर ९ अर्ब ९८ करोड पुगेको छ ।…
काठमाडौँ । कृषि विकास बहुउद्देश्यीय सहकारीको बचतकर्ताको रकम अपचलन गरेको आरोपमा १२ जना विरुद्ध मुद्दा दायर भएको छ । करिब एक अर्ब अपचलन गरेको आरोपमा उक्त सहकारीका सञ्चालकसहित १३ जनालाई प्रतिवादी बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको जिल्ला प्रहरी रिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । एसपी तथा प्रवक्ता सुवेदीका अनुसार प्रतिवादी बनाइएको १३ मध्ये ८ जना फरार छन् भने चार जना मात्रै पक्राउ परेका छन् । एक जनाको मृत्यु भइसकेको छ । १ असारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको ब्यास नगरपालिका-११ घर भई काठमाडौँको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम…
काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । बुधबार सिंहदरवारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । २८ असारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन् । प्रमुख सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
काठमाडौं- अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ८३ जनाको मृत्यु भएको हो । जसमा ३३ पुरुष र २५ महिला, २५ बालबालिका रहेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डिआईजी) दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला, १९ बालबालिका रहेका छन् । घाइतेको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता हुनेमा…
काठमाडौं । नेकपा माओवादी केन्द्रको आज संसदीय दलको बैठक बस्दैछ । आज दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतको विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तय भएको छ । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी तोडेर समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । कांग्रेस र एमालेले नयाँ गठबन्धनमा सरकार गठनको तयारी गरिरहेका छन् । माओवादी केन्द्रले समग्र राजनीतिक परिस्थितिको जानकारी सांसदहरुलाई गराउन पनि दलको बैठक बोलाइएको जनाएको छ ।
काठमाडौं । भारतको उन्नाव जिल्लामा बुधबार बिहान एउटा बस र ट्याङ्कर आपसमा ठोकिँदा १८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार लखनऊ–आग्रा एक्सप्रेसवेमा बिहारको शिवगढबाट दिल्ली जाँदै गरेको स्लिपर बस बेहता मुजावर थाना क्षेत्रको एयरस्ट्रिपमा ट्याङ्करसँग ठोकिएको हो । दुर्घटनामा दुई महिला र एक बालकसहित १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना गम्भीर घाइते भएका छन् । अहिले प्रहरी घटनास्थल पुगेको छ । घाइतेहरूलाई अस्पताल लगिएको छ ।
काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन अड्किएकाले र पकुचाभन्दा केही तल पहिरो गएकाले राजमार्ग बिहानदेखि अवरुद्ध रहेको बताए । प्रवक्ता श्रेष्ठका अनुसार राजमार्ग खुलाउन जिल्लास्थित सुरक्षा निकाय र सडक डिभिजनको समन्वय भइरहेको छ । उनले सडकमा ठूलाठूला खाल्डा र हिलोका…
कैलाली । कैलालीमा अचेत अवस्थामा भेटिएका दुई जनाकै मृत्यु भएको छ । मंगलबार दिउँसो लम्की चुहा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । अचेत अवस्थामा फेला परेका लम्की चुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विक र अर्का मृतकको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ । विक मंगलबार बाटोमा अचेत अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । त्यस्तै, लम्की चुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमाथि अचेत अवस्थामा फेला परेका अन्दाजी…