Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
जाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित पाटन क्षेत्रमा रहेको पहाडको टुप्पोमा (रोल्पा पाटन) चरिचरण गर्दै भेडा । वर्षा लागेसँगै जाजरकोट, जुम्ला जिल्लाबाट यस क्षेत्रमा चरिचरणका लागि भेडा लैजाने गरिन्छ । तस्बिर : हेमन्त केसी/रासस
काठमाडौँ । निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् । पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित झोलुङ्गु पुल र सिमलतालमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ । पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी…
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । बिहीबार कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विज्ञप्ति जारीगरी शुक्रबार ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका हुन् । ‘असार २८ गते विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका माननीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको छ,’ लेखेकको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रतिनिधिसभामा कांग्रेसका…
बुधबार राती सेवार खोलामा आएको बाढीले ढालेको घोराही उपमहानगरपालिका-१६ सर्रास्थित ट्रान्सफर्मर राखेको विद्युतको पोल । तस्बिर : कुलदीप न्यौपाने / रासस
वर्षाका कारण सेती नदीमा आएको बाढीले डुबानमा परेको तनहुँको व्यास नगरपालिका–३ र ऋषिङ गाउँपालिका–१ जोड्ने पुलको निर्माणाधीन संरचना । तस्बिर : कृष्ण न्यौपाने / रासस
काठमाडौं । नलिन्चोक हेलिपोर्टमा उडान नगर्ने हेलिकप्टर पाइलहरुले बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले नलिन्चोकमा बनाएको हेलिपोर्टमा उड्डयन सुरक्षामा जोखिम भएको निष्कर्ष निकाल्दै हेलिकप्टर पाइलटहरुले आजदेखि उडान अवतरण नगर्ने बताएका हुन् । एक हेलिकप्टर पाइलटका अनुसार पाइलटहरुबीच बुधबार भएको बैठकमा नलिन्चोक हेलिपोर्टबाट हुने उडान अवतरण जोखिमपूर्ण भएको र न्यूनतम पूर्वाधारसमेत नभएको भन्दै उडान नगर्ने चेतावनी दिएका हुन । ती पाइलटले भने ‘प्राधिकरणले उड्डयन सुरक्षामा खेलाँची गरेर हेलिपोर्ट बनाएको, आवश्यक सुरक्षा संयन्त्रसहितका पूर्वाधार बिना नै उडानमा दबाब दिएको सहितका कारण अब उडान गर्न नसकिने निष्कर्ष निकालिएको हो।’ सुरक्षा जोखिम न्यूनिकरणका लागि प्राधिकरणलाई असार १६ मा लिखित रुपमै विभिन्न हेलिकप्टर कम्पनीका…
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप दुई उद्योगको लाइन काटेको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले जगदम्बा सिन्थेटिक र हुलास स्टीलको लाइन काटिदिएको हो । प्राधिकरणका अनुसार जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख रुपैयाँ र हुलास स्टीलको ११ करोड २९ लाख रुपैयाँ बक्यौता छ । प्राधिकरणले योसँगै ५ वटा उद्योगको लाइन काटेको छ । मंगलबार प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो । प्राधिकरणका अनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्स ६० करोड २९ लाख रुपैयाँ रअर्घाखाँचीको ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता छ । यो रकममा थप २५ प्रतिशत…
रौतहट । रौतहटमा अनौठो घटना प्रकाशमा आएको छ । आँप टिपेको विषयमा विवाद हुँदा दुईचार थप्पड हानेको बदलामा योजना बनाएर एक जना किशोरको हत्या गरिएको छ । जिल्लाको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको प्रहरीले खुलासा गरेको छ । घटना लगत्तै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बौधीमाई नगरपालिका–१ बौधापतौरा गाउँ घर भई हाल इशनाथ-३ स्थित आफ्नै मामाघर बस्दै आएका १८ वर्षीय दशई साह र उनका साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ…
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८३ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५…
दुबई । संयुक्त राष्ट्रसङ्घका विशेषज्ञ र अधिकार समूहहरूले आतङ्कवादसम्बन्धी अपराधको व्यापक आलोचना गरे पनि संयुक्त अरब इमिरेट्स (युएई) को एक अदालतले ४३ अमिरातलाई आजीवन कारावासको सजाय सुनाएको छ । सरकारी आलोचक र मानवअधिकार कार्यकर्ताहरू सहित ८४ जनालाई मुद्दा चलाइएको थियो । तीमध्ये धेरैलाई सन् २०१३ मा समान सामूहिक मुद्दापछि वर्षौंका लागि जेल हालिएको थियो । अबुधाबी सङ्घीय पुनरावेदन अदालतले आतङ्कवादी सङ्गठनको सिर्जना, स्थापना र व्यवस्थापन गरेको अपराधमा ४३ जना प्रतिवादीहरूलाई आजीवन कारावासको सजाय सुनाएको आधिकारिक डब्लुएएम समाचार एजेन्सीले जनाएको छ । अन्य १० जनालाई १० देखि १५ वर्षको जेल सजाय दिइएको छ । एक जनालाई सफाइ दिइएको छ भने अन्य…