Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएका छन् । आज (शनिबार) दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउनेलगायत अन्य समसामयिक राजनीतिक परिस्थतिबारे बैठकमा छलफल हुनेछ । शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाबी पेस भइसकेको छ । राष्ट्रपति पौडेलले आइतबारसम्मको समय दिएर संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री दाबी गर्न आह्वान गरेपनि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष…
सोलुखुम्बु । यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्ने दिङ्बोचेका गाउँलेले यसवर्ष पनि एक महिनाका लागि गाउँ छाडेका छन् । यसरी गाउँ छोड्ने परम्परालाई यहाँका स्थानीय शेर्पा समुदायले ‘डिइ’ भन्ने गर्छन् । बौद्ध परम्पराअनुसार एक महिना देवतालाईसमेत् आराम दिन, गाउँ शान्त बनाउन गाउँ छोड्नुपर्ने मान्यता यहाँको शेर्पा समुदायमा छ । दिङ्बोचे समुन्द्री सतहबाट चार हजार चार सय १० मिटरको उचाइमा पर्दछ । विश्वकै आकर्षक हिमाल आमादब्लमको काखमा अवस्थित दिङबोचे हुँदै सगरमाथा जानुपर्ने भएकाले यस गाउँको आफ्नै पहिचान छ । यहाँ ६० घर शेर्पा समुदाय बस्छन् । जसमा ३० वटा जति होटल तथा लज छन् । गाउँलेको मुख्य पेसा होटल व्यवसाय हो…
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरूको खोजी गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार रातिमा काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजी कार्य रोकिएको थियो । नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि गए राति खोजी कार्य रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी गरिने बताए । उनले भने, “धमिलो पानीकैबीच खोज र उद्धार थालेका छौँ ।”…
ढोरपाटन (बागलुङ) । कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध छ । यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर अवरुद्ध भएको हो । कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै पहिरोले भासिएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ । असार २१ गतेको खसको पहिरोले सडक भासिएपछि पाँच दिनसम्म अवरुद्ध बनेको कोरिडोर असार २६ गते करिब तीन घण्टा सञ्चालनमा आएको थियो । सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक वसन्त भुजेलले जानकारी दिए । अवरुद्ध सडक खुलाउन प्रयास गरिए…
काठमाडौँ । सरकारले वर्षाको समयमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ । गृह मन्त्रालयले बाढी, पहिरो लगायतको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको हो । गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन मन्त्रालयले प्रस्ताव गरेको र यस विषयमा सरोकारवालासँग छलफल गर्न लागिएको बताए । उनले यसका लागि यातायात व्यवसायीसहितका सरोकारवालालाई गृहमन्त्रालयमा बोलाइएको भन्दै केहीबेरमा छलफल गरेर आवश्यक निर्णय हुने बताए ।
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौं । शुक्रबार बिहान चितवनमा पहिरो जाँदा दुई त्रिसुलीमा खसे । दुई बसमध्ये एक थियो,काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपती डिलक्स । त्यही बसबाट हाम फालेर ३ जना ज्यान जोगाउन सफल भए । ६२ जनाको अवस्था अझै अज्ञात छ । हामफालेर आफ्नो ज्यान जोगाउनेमा रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक छन् । उनीहरुलाई उद्धार गरेर चितवन पुर्याइएको छ । बसबाट हाम फालेर ज्यान जोगाएका एक यात्रुको भिडियो बाहिरीएको छ । जसमा उनले बस खस्न थालेपछि आफू क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । आफूसँगैका यात्रु र आफ्ना झोलासहितका सामान बेपत्ता भएकोमा उनी दुखि…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (शुक्रबार) संसदबाट पाँचौ पटक विश्वासको मत लिँदै छन् । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रचण्डले पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएपछि एमालेले असार १९ गते समर्थन फिर्ताको निर्णय गरेको थियो । २०७९ पुस १० गते प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् । सोही वर्षको पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका प्रचण्डले पछिल्लो पटक गत जेठ ७ गते विश्वासको…
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकको सिमल तालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । प्रारम्भिक जानकारीअनुसार गौर जाँदै गरेको बसमा ४१ जना र काठमाडौँ आउँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु…
पोखरा । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पहिरोले घर पुरिएर कास्कीमा एकै घरका सातसहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका सात जना पहिरो खस्दा घरभित्रै पुरिएका हुन् । पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको छ । पोखरा–१९ पुरुन्चौर तल्लोकोटमा घर माथिबाट आएको पहिरोले एक तले ब्लकको गारो र टिनको छाना भएको घर पुरिँदा बिहीबार राति सवा १० बजेतिर ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त तल्लाकोट बस्न राधिका परियारको ज्यान गएको कास्की प्रहरी…