Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
चितवन । भरतपुर महानगरपालिकाले अतिक्रमित घरटहरा भत्काउने कार्यलाई निरन्तरता दिएको छ । भरतपुरको मध्य भाग हुँदै बग्ने पुङ्दी खोला अतिक्रमण गरी बनाइएका संरचना महानगरले भत्काएको हो । महानगरको गौरवको आयोजनाका रूपमा रहेको पुङ्गी खोलाको सौन्दर्यकरण कार्य गर्दै आइरहेको छ । भरतपुरको वडा नं ११, २, ३ र ४ भई बग्ने खोलाको लम्बाई छ दशमलव ६५ किलोमिटर रहेको छ । खोलाको दायाँबायाँ वृक्षरोपणलगायत बिहानी र साँझको हिँडाइ गर्न मिल्ने गरी संरचना निर्माण गर्ने योजना छ । आज अतिक्रमित संरचना हटाउने क्रममा वडा नं ३ र ४ को सीमाका घरटहरा भत्काउन सुरु गरिएको छ । महानगरपालिकाले खोलाको संरक्षण, प्रवर्द्धन र सौन्दर्यकरणका लागि…
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले लाइन काटिएका उधोगमा २४ घण्टाभित्र बिजुली जोड्न सरकारले दिएको निर्देशनको विरोध गरेका छन् । सोमबार नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद र राष्ट्रिय कर्मचारी युनियनले ऊर्जमन्त्री र प्राधिकरण सञ्चालक समितिलाई सम्बोधन गरेर पत्र लेख्दै उद्योगहरूले बक्यौता तिरेपछि मात्रै लाइन जोड्ने व्यवस्था मिलाउन भनेका हुन् । ६० दिनभन्दा बढी समय महसुल नतिर्ने आम उपभोक्ताको लाइन काटी महसुल असुल उपर गर्ने प्रावधान रहेका कारण उद्योगीले पनि उपभोग गरेको बिजुलीको महसुल तिर्नुपर्ने पत्रमा उल्लेख छ । ‘लाइन काटिएपश्चात् सरकारी स्वामित्वका २ सिमेन्ट उद्योगसहित १४ वटा ग्राहकले प्राधिकरण सञ्चालक समितिले दिएको किस्ताबन्दी सुविधाअनुसार बक्यौता बुझाई लाइन जोडिएको थियो’,…
रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । बेपत्ता रहेका ४ मध्ये पुड्की पहरीको शव आज भेटिएको प्रहरी निरीक्षक दिनेश थापाले बताए । ३ जना अझै वेपत्ता छन् । अविरल वर्षाका कारण शनिबार राति करिब पौने १२ बजे माथिबाट खसेको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो । पहिरोमा पुरिएकाहरु मध्ये अहिलेसम्म चण्डिका थापामगर र उनका १८ महिने छोरा, उर्मिला पहरी, सन्दिप पहरी, सन्तोष पहरी, विज्ञान पहरी र पुड्की पहरीको शव भेटिएको छ । सोही पहिरोमा काले पहरी, झ्याउकुरी पहरी र विन्दा पहरी अझै वेपत्ता छिन् । ११…
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गृहमन्त्रालयको गत असार १० गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो। आदेशमा भनिएको छ, “नेपाल सरकार गृह मन्त्रालयको मिति २०८१/०३/१० को राजपत्रको भाग ५ बुँदा नं. (क)मा प्रकाशित ‘नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गर्ने’ भन्ने व्यवस्थामा उल्लिखित ‘सट्टा’ शब्दलाई स्थगन गरी नेपाल सरकारबाट प्रवाह गरिने सार्वजानिक सेवा सुविधा उपलब्ध गराउने प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगर्नु।” अदालतले राष्ट्रिय परिचयपत्र हाललाई अनिवार्य नगर्ने…
झापा । झापाको अर्जुनधारामा एक १६ वर्षीया नाबालिकालाई ७ जनाले सामुहिक बलात्कार गरेको तथ्य सार्वजनिक भएको छ। शुक्रबार राति अर्जुनधारा–५ की १६ वर्षीया नाबालिकामाथि ७ जनाले सामुहिक बलात्कार गरेका प्रहरीले जनाएको छ। बलात्कृत किशोरीको बयानका आधारमा ६ जना पक्राउ परेका छन् भने एकजना फरार छन्। किशोरीका अनुसार घटनामा संलग्नमध्ये चिनजानका दुईजनाले उनलाई शुक्रबार साँझ खाजा खान लगेका थिए। अर्जुनधारा–७ स्थित लंका होटलमा खाजा खाएर उनीहरूले साँझपख एकछिन घुम्न जाउँ भन्दै युवतीलाई नयाँ बाख्राहट्टीतिर लिएर गए। त्यस एकान्त ठाउँमा चारजनाले पालैपालो उनीमाथि जबरजस्ती करणी गरेका किशोरीले प्रहरीसमक्ष बयान दिएकी छन्। उनले चारजनासँग प्रतिवाद गर्न नसकेको बयान दिएको प्रहरीले जनाएको छ। त्यसपछि…
चितवर- भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि दुई सय ६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताइन् । प्रमुख दाहालले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गरिन् । उनले भनिन्,’महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रूपमा ठूलो फड्को मारेको छ ।’ शिक्षामा सबैको पहुँच पुर्याउने उद्देश्यले…
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । आज (सोमबार) देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । मौसम विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन…
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी, नेपालले तीन महिने अभियान सुरू गर्न लागेको छ। ललितपुरको साना गाउँमा चार दिनदेखि जारी केन्द्रीय समितिले तीन महिने अभियानबारे निर्णय गर्ने केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए। आइतबारदेखि सुरू भएको बैठक आज (बुधबार) सकिँदैछ। जसपाले सुरू गर्न लागेको अभियान भदौबाट सुरू भएर अभियान मंसिरको मसान्तमा सकिनेछ। ‘जसपाले आधारभूत तहमा संगठन निर्माण अभियान चलाउन लागेको हो। गाँउ–गाँउ जसपा, नेपाल, घर घर जसपा, नेपाल! अभियानको मूल लक्ष्य हो,’ बस्नेतले भने। अभियान अवधिभरिमा पार्टीका आधारभूत तहका कमिटी गठन, पुनर्गठन गरिने, प्रशिक्षण, अन्तरक्रिया, गोष्ठी, जनसभा, लगायत अन्य कार्यक्रमहरू सञ्चालन गर्ने उनले बताए। अभियानको माध्यमबाट पार्टीको सदस्य संख्या…
काठमाडौँ । सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको छ । आज बिहानबाट सर्भरमा समस्या आएकाले देशभरका यातायात कार्यालयको काम प्रभावित भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरिका यातायात कार्यालयहरूको कामकारबाही प्रभावित भएको छ । प्राविधिक टोलीले समस्या समाधान गर्ने प्रयास गरिरहेको बताइएको छ । सर्भर डाउन भएर काम नहुँदा सेवाग्राहीहरू समस्यामा परेका छन् ।
साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीका बिच पनि दर्शन गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल / रासस साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीका बिच पनि दर्शन गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल / रासस दाङको घोराही उपमहानगरपालिका-१८ स्थित अम्बिकेश्वरी मन्दिरमा साउन महिनाको पहिलो सोमबार पूजा गर्न भक्तजनको घुइँचो । तस्बिर: कुलदीप न्यौपाने /रासस जनकपुरधाम उपमहानगरपालिका- १६ स्थित कपिलेश्वरनाथ महादेव मन्दिरमा साउनको पहिलो सोमबार शिवलिङ्गमा जल चढाउँदै भक्तजन । तस्बिर : निरंजनकुमार साह / रासस केदारेश्वर महादेवमणी सेवाश्रम समितिको आयोजनामा सोमबार पोखरामा निकालिएको बोलबम पदयात्रामा सहभागी भक्तजनहरु । समितिले हरेक वर्ष आयोजना गर्ने बोलबम पदयात्रा…