Author: सूचनापाना

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ । यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारको विभिन्न कृषिजन्य वस्तु आयात भएको छ । सोही अवधिमा काँकडभिट्टा नाका भएर रु १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार मूल्य बराबरको वस्तु विदेश निर्यात भएको उनले जानकारी दिए । गत आवको आयातको तुलनामा आव २०८०/८१ मा रु चार अर्ब ६१ करोड २६ लाख ९० हजार मूल्य बराबरको कृषिजन्य…

Read More

काठमाडौँ । करारमा रहेका कर्मचारीहरूको सम्झौता नवीकरण गर्ने सहमति भएपछि धरान उपमहानगरले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट आएको छ । करारका कर्मचारीको सम्झौता नवकिरण गर्ने की नगर्ने विषयमा विवाद हुँदा धरान उपमहानगरले बजेट ल्याउन सकेको थिएन । करारका कर्मचारीको सम्झौता नवीकरण गर्ने सहमति भएपछि आइतबार धरान उप महानगरले आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट ल्याएको हो । धरान उपमहानगरले १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट पेस गरेको धरानका उप मेयर आइन्द्र विक्रम बेघाले बताए । यसअघि नगरप्रमुख हर्क साम्पाङ र वडाध्यक्षहरूबीच करारका कर्मचारीको सम्झौता नवीकरणका विषयमा विवाद उत्पन्न भएको थियो । विवादका…

Read More

काठमाडौँ । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रङ्क लाइन विवादमा काटिएको ६ वटा उद्योगको लाइन जोडिदिन निर्देशन दिए पनि विद्युत् प्राधिकरणले लत्त्याएको छ । सोमबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकमा कार्यकारी निर्देशक कुलमान घिसिङले नै आयोगले दिएको निर्देशन कार्यान्वयन गर्ने निर्णयमा असहमति जनाएको एक बोर्ड सदस्यले बताएका छन् । यस विषयमा वृहत् छलफल भए पनि निष्कर्ष निस्कन नसकेको उनले बताए । यस विषयमा मन्त्री तथा सञ्चालक समिति अध्यक्ष र एमडीले ठोस प्रस्ताव ल्याउने र निर्णय गर्ने गरी बैठक सकिएको उनले बताए । मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा लाइन काटेकाले नियमन आयोगको पत्रका आधारमा अहिले जोड्न नसकिने तर्क घिसिङले राखेका थिए ।…

Read More

काठमाडौं । नेपाली कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । स्रोतका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने नयाँ सरकारमा कांग्रेसका तर्फबाट प्रकाशमानले नेतृत्व गर्ने तयारी भएको हो । नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन तोडेर कांग्रेस–एमाले गठबन्धन बनेसँगै कांग्रेस र एमाले मन्त्री छान्न व्यस्त छन् । कांग्रेसले प्रकाशमानलाई उपप्रधानमन्त्री बनाउँदा रमेश लेखकलाई गृह र आरजु राणा देउवालाई परराष्ट्र मन्त्रालयमा पठाउने तयारी गरेको स्रोतले बतायो । नेपाली कांग्रेसले पाउने मन्त्रालयको अहिलेसम्म टुंगो लागेको छैन । पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेसँगै राष्ट्पति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसारको सरकारका लागि तीन दिन म्याद तोकेर आह्वान…

Read More

चितवन । नारायणी नदीमा शनिबार भेटिएका तीन वटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उनका अनुसार शनिबार भेटिएका तीनमध्ये एउटा शव चितवन माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियारको भएको पुष्टि भएको छ । मृतकका दाजु विजय परियारले शवको सनाखत गरेका हुन् । वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बसमा उनी भरतपुरबाट चढेका थिए । मृतक विकासको शव नजिकै फेला…

Read More

कालीकोट । कालीकोटको महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ । खाँडाचक्र नगरपालिका–८ सेरावाडा र महावै गाउँपालिका–५ को तिला नदीमा बेलीब्रिज बनेपछि महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको हो । महावै गाउँपालिका जोड्ने बेलीब्रिज बनाउन लामो समयको प्रयासपछि कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटले तिला नदीमा बेलीब्रिज बनाएको हो । दुई करोड लागत अनुमान गरेर निर्माण थालिएको बेलीब्रिज डिएस निर्माण सेवा काभ्रेले एक करोड ८१ लाखमा सम्झौता गरेको भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले बताए । तिला नदीमा पुल निर्माणका लागि पहल थालेको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘पक्की पुल निर्माण हुनसक्ने अवस्था नभएकाले सेरावाडामा बेलीब्रिज…

Read More

काठमाडौं । देशले आज (आइतबार) नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४५ औं प्रधानमन्त्री नियुक्त गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । राष्ट्रपति पौडेलले आज साँझ ५ बजेसम्म नेपालको संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन् । त्यसपछि प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालयको तयारी छ । शुक्रबार राति नै एमाले अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन्…

Read More

सिरहा । सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको ज्यान गएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिराहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्ने ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो । चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो । उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई चाहर्वा सैनिक गण परिसरमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रमा पुर्‍याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि कर्जन्हा अस्पताल लगिएको थियो ।

Read More

बाँके । बाँकेमा साढे २४ लाख बढी रकमसहित चार जना हुण्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका – १८ का २९ वर्षीय राजु भुजु श्रेष्ठ, नेपालगञ्ज – ३ का २५ वर्षीय सोयव कादरी हलवाई, कोहलपुर नगरपालिका – ७ का २९ वर्षीय निमबहादुर बोहरा र कञ्चनपुरको भिमदत्त नगरपालिका– ७ घर भइ बाँकेको नेपालगञ्ज – ३ बस्ने ३० वर्षीय राहुल देवल छन् । बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार गोप्य सूचनाका आधारमा उनीहरुलाई शुक्रबार नेपालगञ्ज – १२ बेलासपुरस्थित टिभी, फ्रिज मर्मत गर्ने पसलबाट पक्राउ गरिएको हो । स्थानीय ताराकुमारी बिसीको घरमा भाडामा सञ्चालित नबिल रेफ्रीजेरेटर एन्ड एयर कन्डिसन…

Read More

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा दरबार हाईस्कुलमा रहेको उनको सालिकमा माल्यार्पण गरिएको छ । नेपाल शिक्षा परिषद्को आयोजनामा आज बिहान आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीले आचार्यको सालिकमा माल्यार्पण गरे । भानुभक्तको सालिकमा माल्यार्पण गर्दै पूर्वउपकुलपति उप्रेतीले नेपाली भाषाको विकास गरी नेपालीलाई एकताबद्ध गर्न आदिकविको ठूलो योगदान रहेको बताए । उनले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको उल्लेख गरे । नेपाल शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले आदिकवि आचार्यलाई सम्पूर्ण नेपालीले सदैव स्मरण गर्नुपर्ने बताए । विसं २०१६ मा नेपाल शिक्षा परिषद्ले दरबार हाईस्कुल अगाडि निर्माण गरेको भानुभक्तको सालिकको…

Read More