Author: सूचनापाना

काठमाडौँ । सरकारले देशभरिका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) अभियान सञ्चालन गर्ने मन्त्रीस्तरीय निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उहाँका अनुसार १५ दिनसम्म सञ्चालन हुने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने छ । किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन खोप अभियान सञ्चालन गर्नुपरेको मन्त्री पौडेललाई उद्धृत गर्दै डा बुढाथोकीले…

Read More

चौतारा ।जिल्लाका स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाउन सकिरहेका छैनन् । स्थानीय तहले नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी र बालुवा) को ठेक्का लगाउन पटकपटक बोलपत्र आह्वानको सूचना प्रकाशित गरे पनि ठेक्का सम्झौता हुन सकेको छैन । चालु आर्थिक वर्ष सुरु भएको करिब चार महिना पुगिसक्दासमेत १२ स्थानीय तहमध्ये तीनको मात्रै ठेक्का लागेको छ । मेलम्ची नगरपालिका, बाह्रबिसे र बलेफी गाउँपालिकाले ठेक्का लगाएका हुन् । मेलम्ची, चौतारा साँगाचोकगढी र बाह्रबिसे नगरपालिका तथा ईन्द्रावती, त्रिपुरासुन्दरी, सुनकोसी र बलेफी गाउँपालिकाले ईन्द्रावती र भोटेकोसी नदीबाट नदीजन्य सामग्री उत्खनन गर्दा सोबापत कर सङ्कलन गर्ने गरेको थियो । पटकपटक सूचना प्रकाशित गरे पनि चालु आवमा ठेक्का नलागेको…

Read More

काठमाडौं । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी थप सात दिन प्रहरी हिरासतमा रहने भएका छन् । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद थप गरेको हो । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार अदालतले अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थपको अनुमति प्रदान गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई हिरासतमा लिएर मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा अनुसन्धान गरिरहेको छ । उनी आइतबार विराटनगरस्थित निवासबाट पक्राउ परेका थिए । सोही दिन काठमाडौं ल्याइएका उनीमाथि अनुसन्धान गर्न अदालतले पहिलो पटक दुई दिनको म्याद दिएको थियो । मानव…

Read More

काठमाडौं । बक्यौता रकम नतिरेका उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता खडानन्द कँडेलले मंगलबार रिट दायर गरेका हुन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लाइन काटिएका उद्योगमा २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो । रिटको प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङका बेला विभिन्न उद्योगहरूलाई डेडिकेटेड तथा ट्रंकलाइनबाट दिएको बिजुलीमा प्रिमियम जोडेर बिल पठाए पनि केही उद्योगहरूले तिर्न अस्वीकार गरेका । पछिल्लो पटक त्यस्ता बक्यौता रहेका उद्योगहरूको संख्या ४९ वटा थियो । तीमध्ये ३४ वटाको लाइन काटिएको थियो । यसबीचमा १४ वटा उद्योग किस्ताबन्दीमा उक्त रकम तिर्न राजी भएका…

Read More

काठमाडौँ । सरकारले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादसम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। आइतबारको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको विद्युत् महशुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोग, २०८० को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा आज ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो प्रतिवेदन सार्वजनिक गरिएको हो। आयोगको प्रतिवेदनमा विवादको विषय, डेडिकेटेड र ट्रङ्क लाइनको परिभाषा, त्यसको उद्देश्य र मापदण्ड, महशुल निर्धारणसम्बन्धी मापदण्ड, महशुल छुट बिल तथा विभिन्न अदालतबाट भएका फैसला उल्लेख छ। ऊर्जा मन्त्रालयले सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको अध्यक्षतामा ऊर्जा मन्त्रालयका सचिव र उद्योग…

Read More

सुर्खेत । आफ्नो समुदायको संख्या लगातार घट्दै गएकामा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित छन् । ‘हाम्रा बाजेहरुको पालामा हामी छ/सात सयको संख्यामा थियौँ,’ मुखिया शाहीले भने, ‘हामी मान्छे त गन्दैनौँ, तर हाम्रो संख्या घटिरहेको छ, अहिले केटाकेटी पनि कम जन्मिन थाले ।’ पहिले स्थानीय वन जङ्गलमै उपलब्ध हुने तागतिलो खाना खाने गरिएको भन्दै अर्का सहायक मुखिया वीरबहादुर शाहीले अहिले खानपानको शैली पनि फेरिएको कारण प्रजनन क्षमतामा हस आउँदा पनि क्रमशः जनसंख्या कम हुँदै गएको हुनसक्ने बताए। जनसंख्यामा कमी आएसँगै कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको अस्तित्व सङ्कटमा पर्न सक्ने भन्दै राउटे समुदायका अगुवाहरुले चिन्ता व्यक्त गर्न थालेका…

Read More

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ। आयोगले मंसिर १६ गते स्थानीय तहमा हुन लागेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको हो । आयोगले कीर्तिपुर नगरपालिकाको उपचुनावका लागि सर्वोच्च अदालतका उपरजिष्ट्रार ईन्दिरा कार्कीलाई निर्वाचन अधिकृत तोकेको छ। त्यस्तै,काठमाडौं महानगरपालिका–१६ को मुख्य निर्वाचन अधिकृतमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेल तोकिएका छन्। निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको पदमा सोमबारबाट लागु हुने गरी नियुक्ति गरिएको आयोगले जनाएको छ। कात्तिक ३० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले राजनीतिक प्रतिशोध साँध्न पार्टी सभापति रवि लामिछानेलाई हिरासतमा राखिएको आरोप लगाएका छन् । कास्की प्रहरी हिरासतमा सभापति लामिछानेसँग छलफल गरेपछि उपसभापति वाग्लेले यस्तो बताएका हुन् । उपसभापतिद्वय स्वर्णिम वाग्ले, डीपी अर्याल र प्रवक्ता मनिष झाले सभापति लामिछानेलाई भेट गरेका थिए । राज्यले सभापति लामिछानेलाई प्रतिसोध साध्न हिरासतमा राखेकाले आन्दोलन जारी राख्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने उपसभापति वाग्लेले बताए । जिल्ला प्रहरी कार्यालय कास्कीले पटक पटक म्याद थपेर हिरासतमा राखेर सरकारले अनावश्यक रूपमा दम्भ र प्रतिशोध साँधेको उनको आरोप छ।

Read More

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबार बसेको बैठकका निर्णय ८ सार्वजनिक गरेका हुन् ।

Read More

बागलुङ । बागलुङको ढोरपाटन उपत्यका नजिकै एउटा सानो बस्ती छ । बस्तीमा पुग्दा केही चिटिक्क सजिएका, केही जीर्ण बनेका घर देखिन्छन् । काठैकाठ र माटोढुङ्गाले बनेका बार्दलीसहितका अधिकांश घरमा ताला लगाइएको छ। एक दशक अघिसम्म ती घरमा मानिसको बसोबास थियो । अहिले भने यहाँका अधिकांश घर सुनसान छन् । दशकौंदेखि बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्दै गएपछि बस्ती रित्तो बन्दै गएको हो । विसं २०१८ मा तिब्बतबाट आएका शरणार्थी पोखरा, काठमाडौँलगायत ठूला सहरमा जान थालेपछि बस्ती रित्तिन थालेको हो ।ढोरपाटन नगरपालिका–६ को छेन्तुङ र वडा नं ९ को स्यालपाखेमा बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्न थालेपछि यहाँ बनेका घर जीर्ण…

Read More