Author: सूचनापाना

पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम पोखरा–जामुनेखण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको १०१ दिनको ठेक्का म्याद मंसिर २० गते समाप्त हुँदै छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले एक वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ भएको छ । कास्की र तनहुँमा पर्ने उक्त खण्डमा ०७८ साल भदौदेखि काम सुरु भएको हो । तीनवर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि दुईपटक म्याद थप हुन लागेको हो । पछिल्लो समय निर्माणको काम द्रुतगतिमा भइरहेकाले आगामी एक वर्षभित्र काम सम्पन्न हुने आधार देखिएको इन्जिनियर नेपालले बताए । ‘तालचोकदेखि गगनगौँडासम्मको…

Read More

काठमाडौंर । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवा–युवती मृत्त अवस्थामा फेला परेका छन् । होटल जन्मभूमिको एउटै कोठामा सुनसरी जिल्ला ठेगाना भएका करिव २५-२६ वर्ष उमेरका रमेश माझी र त्यस्तै उमेरकी नाम नखुलेकी युवती झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । युवा–युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार झुण्डिएको अवस्थामा उनीहरु मृत रहेको भन्ने जानकारी आएको छ । प्रहरी टोली घटनास्थलमा भर्खर पुगेकाले थप विवरण आइसकेको छैन । उनीहरूले आत्महत्या गरेका हुन सक्ने प्रहरीको अनुमान छ ।

Read More

काठमाडौं ।अदालतको अवहेलनासम्बन्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध दिइएको निवेदन सुनुवाइका लागि पेसीमा चढेको छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदन न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो । गोलाबाट तोकिएको पेसी ‘ल’ नम्बरमा पेसी रहेको छ। मुद्दा धेरै रहेकोले उक्त मुद्दा अन्तिममा परेको हुनाले आजको सूचीमा हेर्न नभ्याइने सूचीमा पर्ने सम्भावना भने धेरै देखिएको छ । उक्त निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको उल्लेख छ । निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीहरूसहित स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार…

Read More

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मनोज शर्माको एकल इजलासमा पेसी तोकिएको छ। साइवर अपराधसहित सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धानका लागि पक्राउ परेपछि शुक्रवार प्रसाईँका तर्फबाट बन्दीप्रत्यक्षीकरको निवेदन दर्ता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएर पछि साइबर अपराध आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिने भएका छन् । हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ लिन लागेका हुन् । राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालमा सडक, सिँचाइ, जलविद्युत, सुरुङमार्गहरु लगायतका ठुला योजनाहरू राष्ट्रिय गौरवका आयोजनाका रूपमा सञ्चालनमा छन्। यसैबीच आजै चिकित्सा सेवा आयोगको बैठक पनि बस्दै छ ।

Read More

रामेछाप । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो ।रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा व्यावसायिकरुपमा जुनार खेती गरेका छन् । गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उनले बताए । अघिल्लो वर्ष रु दुई लाख ५० हजारको जुनार बिक्री भएको तामाङले बताए । यस वर्ष रु तीन लाख ५० हजारबराबरको जुनार बिक्री गर्ने योजना रहेको उनले बताए ।रामेछाप–६ का टेकबहादुर तामाङले पनि सात रोपनी जग्गामा जुनार खेती गरेका छन् । गत वर्षको तुलनामा ४० प्रतिशत उत्पादन…

Read More

म्याग्दी । विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आएका बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त छन् । जिल्लाको पर्यटकीयस्थल लभ्लीहिलसँगै जोडिएको जग्गामा उनले उत्पादन गरेका प्याज, काउली, ब्रोकाउली, बन्दा, गोलभेँडाका बेर्ना खरिद गर्नेको दैनिक भीड लाग्ने गरेको छ । दैनिक ६० जनाभन्दा बढी ग्राहक बेर्ना खरिद गर्न आफ्नो नर्सरीमा आउने गरेका उनले बताए । मङ्सिर पहिलो सातासम्म विरुवा बिक्री गरेर उनले रु दुई लाखभन्दा बढी आम्दानी गरेको जानकारी दिए । “हालसम्म रु दुईलाख १० हजार बराबरका बेर्ना बेचेँ । नर्सरीमा विभिन्न जातका बेर्ना हुर्कदै छन् ” उनले भने। उनको परिवारका चार…

Read More

सिन्धुपाल्चोक । साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाएका छन् । छ रोपनीमा रु ३० लगानी गरेर खेती सुरु गरेका उनले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गरे । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उनी बताउछन् । विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुट का लागि गरेमा वार्षिक रु १२ देखि १५ लाखसम्म कमाउन सकिने उनको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उनले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाए । वर्षको दुईपटक उत्पादन हुने ड्रागन…

Read More

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित छन् । डेढ दशकदेखि व्यावसायिक रुपमा केरा खेती गर्दै आएका रानाले केरा खेतीबाट वार्षिक १० लाख बढी आम्दानी गरिरहेका छन् । राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानित समेत भइसकेका छन् । सुरुआतमा पाँच बिघा जग्गामा केराखेती सुरु गरेका रानाले हाल १७ बिघामा खेती विस्तार गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट २९ लाख ५० हजार ऋण लिएर केराखेती सुरु गरेको उनले बताए । अहिले केरा खेतीबाट वार्षिक १० लाख भन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिए । ‘केराखेती मेरो आम्दानीको मुख्य स्रोत हो,…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खर्बपति एलन मस्कमार्फत् नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । जनवरीदेखि कार्यभार सम्हाल्न लागेका राष्ट्रपति ट्रम्पलाई ओलीले मस्कसँगको भर्चुअल वार्तामार्फत् बधाई दिएको उनको सचिवालयले बताएको छ । ओलीले मस्कलाई भनेको उद्धृत गर्दै उनका प्रेस संयोजक रामशरण बजगाईंले भने ‘ट्रम्पलाई जिताउन तपाईंको निर्णायक भूमिका रह्यो भन्ने मैले सुनेको छु, ‘म ट्रम्पलाई तपाईंमार्फत् बधाई दिन चाहन्छु । नेपाल अमेरिकाबीचको सम्बन्ध अझै नयाँ उचाइमा पुग्ने मेरो विश्वास छ ।’ मस्कले ओलीलाई धन्यवाद दिएका थिए ।मस्कले स्टारलिंकबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका थिए । उनले नेपालमा यसको प्रयोग भएमा प्राप्त हुन सक्ने सहुलियत र सुविधाबारे पनि बताएका…

Read More