Author: सूचनापाना

सोलुखुम्बु । मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् । अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए । उनले भने, “अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो । यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन । त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ,…

Read More

सुर्खेत । सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा तोरण विकको घर आँगनमा इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । सोमबार अपराह्न ४ः२४ बजे इनार खन्नेक्रममा निस्सासिएर दुई जना बेहोस भएका थिए । ३२ वर्षीय विदुप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल बेहोस भएपछि कर्णाली प्रदेश अस्पताल लगिएको थियो । तर अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको हो । शव अस्पतालमा राखिएको छ ।

Read More

काठमाडौं । अत्यधिक गर्मीले लाइटर पड्किँदा अछाम ढकारी–६ मोयमा एक घर जलेर खरानी भएको छ। अत्यधिक गर्मीले लाइटर पड्किँदा आगलागी भएको हो। आगो बाल्न प्रयोग गर्ने गरिएको लाइटर तातेर पड्किँदा स्थानीय हरिचन कामीको खरले छाएको घर जलेर पूरै सखाप भएको स्थानीय नेत्रबहादुर बुढाले बताए। उनका अनुसार दिउँसो ३ बजेतिर घरमा कोही नभएको वेला चुलो छेउमा राखिएको लाइटरभित्रको ग्यास विस्फोट भएपछि एकाएक घरमा आगोको मुस्लो देखिएको हो। आगलागीका कारण घरमा रहेको केही नगदसहित अन्नपात, लत्ताकपडा र अन्य दैनिक प्रयोगका सामग्री जलेर नष्ट भएको पीडितले बताए।

Read More

काठमाडौँ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा १६ लाख ६५ हजार नौ सय ५६ सङ्कलन भएको छ । सङ्कलित भेटी बैङ्कमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ । चालु आर्थिक वर्षको जेठसम्ममा दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेका समितिले जनाएको छ ।

Read More

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम सुरु भएसँगै कसरी बच्ने र बचाउने भन्ने चिन्ताले पिरोल्छ । खोलामा सामान्य बाढी आउँदासमेत सडक, विद्यालय र घरहरू उच्च जोखिममा पर्ने भएकाले उनी सहित स्थानीयवासी अहिले चिन्तित छन् । विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा अकल्पनीय बाढी आएको आज तीन वर्ष पूरा भएको छ । असार १ र यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रका सयौँ घर र खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो भने हजारौँ नागरिक विस्थापित भएका थिए । बाढीले क्षति पुर्‍याएको तीन वर्ष बिते पनि धेरै प्रभावित अस्थायी…

Read More

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मेवारी सम्हालेको १०० दिनका उपलब्धी विवरण सार्वजनिक गरेका छन् । रविले फागुन २३ गतेबाट दोस्रो पटक गृह मन्त्रालय सम्हालेका थिए । दोस्रो पटक गृह मन्त्रालय सम्हाल्दाका १०० दिनमा सात क्षेत्रमा ७८ बुँदे उपलब्धी भएको दाबी गर्दै निजी सचिवालयमार्फत विवरण सार्वजनिक गरेका हुन् । गृहमन्त्री लामिछानेले आफ्नो १०० दिनको कार्यकालमा २४१ जना व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) फिर्ता गर्न सफल भएको बताएका छन् । उनले नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बल, नेपालतर्फ १३४ जना गरी जम्मा २४१ सुरक्षाकर्मी फिर्ता बोलाइएको उपलब्धि सार्वजनिक गरेका छन् । यस्तै उनले आफ्नो सय दिनमा चार हजार ७९२ जना…

Read More

काठमाडौं । आउँदो आर्थिक वर्षदेखि काठमाडौं महानगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुट दिने घोषणा गरेको छ । शुक्रबार महानगरको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन्द्र शाहले यस्तो घोषणा गरेका हुन । उनले काठमाडौं महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धि कार्यक्रममा आवश्यक जनशक्तिमध्ये कम्तिमा ३० प्रतिशत महानगरपालिकाको श्रम बैंकमार्फत आपूर्ति गरिने व्यवस्था मिलाइने बताए । मेयर साहले महानगर क्षेत्रका सहकारी संस्थाहरुको कारोबारलाई विद्युतीय प्रणालीमा आवद्ध गरी थप व्यवस्थित बनाईने उल्लेख गरे। उनले सहकारी सूचना केन्द्रको स्थापना गरी वचत संकलन ऋण परिचालन तथा संस्थाको सुशासन कार्यलाई प्रभावकारी बनाइने…

Read More

ढोरपाटन (बागलुङ) । जिल्लाको तमानखोला गाउँपालिकाको पर्यटकीयस्थल सोलेडाँडालाई जडीबुटी अनुसन्धान केन्द्र बनाइने भएको छ । समुद्री सतहदेखि दुई हजार सात सय मिटरको उचाइमा रहेको सोलेडाँडा म्याग्दी र बागलुङको सिमानामा पर्दछ । उच्च पहाडी क्षेत्रमा रहेको सोलेडाँडालाई पर्यटकीय केन्द्रसँगै जडीबुटी अनुसन्धान केन्द्र बनाउन थालिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले बताए । गाउँपालिकाले अघिल्लो वर्षदेखि अनुसन्धान केन्द्र निर्माण गर्न थालेको उनको भनाइ छ । सोलेडाँडा र यस क्षेत्र आसपासमा पाइने सबै प्रकारका जडीबुटीको नमूना सङ्कलन गरी विद्यार्थी तथा अन्य व्यक्तिका लागि अनुसन्धान थलोका रूपमा विकास गरिने अध्यक्ष बुढामगरले बताए । अनुसन्धान केन्द्रमा गाउँपालिकाभरिका जङ्गल तथा तीन हजार पाँच सय मिटरको उचाइसम्म पाइने…

Read More

काठमाडौँ। नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडाको सडक विस्तारको सवालमा सरकार गम्भीर भएको बताएका छन् । शुक्रवार हेटौँडा-ढल्केवर-इनरुवा ४०० केभी सवस्टेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सुन्दर नगरी हेटौँडाको सडक विस्तारको जटिलताबारे आफू जानकार रहेको भन्दै सडक विस्तारको लागि भएको जटिलतालाई अन्त्य गर्न सरकार गम्भीरताको साथमा लागिपरेको बताए । बागमती प्रदेशको राजधानी समेत रहेको सुन्दर नगरी हेटौँडामा २५ मिटर सडक विस्तारको विषयबारे यहाँका जनप्रतिनिधिबाट आफूलाई पटक-पटक जानकारी गरिएको बताउँदै उनले समस्या समाधानको क्षेत्रमा आफूहरू लागिपरेको बताए । सडक विस्तारको सवालमा के-कस्ता विकल्पहरू हुन सक्नेछन् भन्ने विषयमा आफू यहाँका जनप्रतिनिधीहरुसँग नियमित छलफलमा रहेको समेत उनले बताए । उनले भने, ‘हेटौँडाको…

Read More

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन सांसदले माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले अपराध र विकृति नियन्त्रण गर्न भनेर टिकटकमाथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको भन्दै सरकारसँग निर्णय फिर्ता लिन माग गरे । ‘गत कात्तिक २७ गतेसम्म प्रतिबन्ध अघि ९० लाखले टिकटक चलाइरहेका थिए भने अहिले भीपीएनबाट ५० लाखले चलाइरहेको अनौपचारिक तथ्यांक छ । टिकटकको विकल्पमा फेसबुक र इन्टामा रिल चलिरहेको छ । अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिवेदन के भयो ?’ साहले प्रश्न गरे । सांसद साहले सरकारले लगाएको प्रतिबन्धको कारण दूरसञ्चार प्रदायक कम्पनीले…

Read More