Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा पर्ने शैलुङको विकासमा एमाले बाधक बनेको पालिका अध्यक्ष मैन कुमार मोक्तानले बताएका छन् । अध्यक्ष मोक्तानले भने– ‘शैलुङको खोला खर्कमा पालिकाले ३ वटा ४ कोठे दुइतले भवन निर्माण गर्न बजेट विनियोजन गरेको थियो । पालिकाको पर्यटकीय विकासका लागी त्यो भवन वरदान साबित हुने थियो । तर सम्बन्धित वडाका वडा अध्यक्षका कारण पालिकाको पर्यटकीय विकासमा बाधा पुग्यो ।’ दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैन कुमार मोक्तान मोक्तानले भने– ‘बजेट विनियोजन गर्दा कार्यपालिकाले स्विकारेको बजेट, टेन्डर खोली सम्झौता गरिसकेको अवस्थामा १ नं. वडाका अध्यक्ष प्रेम तामाङले विरोध गर्दै बिज्ञप्ती निकाल्नु भयो ।’ वडा अध्यक्षले राजनीतिक आग्रह पूर्वाग्रह…
काठमाडौं । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि सडकमै आक्रमण भएको छ । उनको अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ । आक्रमणबाट प्रधानमन्त्री स्तब्ध भएको समाचारमा उल्लेख छ । प्रधानमन्त्री कार्यालयका अनुसार शहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए । डेनमार्कका प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै घटनाको विवरण दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेको थियो ।’ आक्रमणकारीमाथि सोधपुछ भइरहेको तर, आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्यूजिल्याण्डलाई पराजित गरेको छ । आज (शनिबार) बिहान सम्पन्न खेलमा अफगानिस्तानले न्यूजिल्याण्डलाई ८४ रनले हराएको हो । टी–२० विश्वकपमा अफगानिस्तानले न्यूजिल्याण्डलाई हराएको यो पहिलो पटक हो । अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १५.२ ओभरमा मात्रै ७५ रन बनाउँदै अल आउट भयो । प्रतियोगितामा अफगानिस्तानको यो लगातार दोस्रो जीत हो । यसअघि टोलीले युगाण्डालाई १२५ रनको विशाल अन्तरले हराएको थियो । न्यूजिल्याण्डलाई सस्तोमा समेट्न फजाल्हाक फारूकीले ४ विकेट लिए । उनले ३.२ ओभरमा मात्र १७ रन खर्चिए । त्यस्तै रशिद खानले पनि चार विकेट लिए । खानले पनि चार ओभरमा १७ रन…
न्यूयोर्क । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन । उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन। शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा १४६ मत प्राप्त गर्दै विजयी भइन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नेछिन् । नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिए । २३ सदस्य रहने उक्त समितिले विश्वव्यापी रूपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ । उक्त…
काठमाडौँ । गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छकी छैन’ सार्वजनिक भएको छ। गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ। भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय छ। म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको छ। भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाङ्कन नवराज उप्रेतीको छ। कोरियोग्राफी शिशिर खातीले गरेका छन्। शब्द,सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ। गायिका बरालका यसअघिका चर्चित गीतहरूमा नरिसाउन होइ, खानदानी छोरी लगायत छन्। गीत श्री ईश्वरी प्रडक्सनबाट सार्वजनिक गरिएको छ। https://youtu.be/VaSIqxG_uHU
पर्वत । पर्वतको मोदी गाउँपालिका-२ देउपुरमा निर्माणाधीन कोल्डस्टोर (शीत भण्डार) विगत आठ वर्षदेखि अलपत्र बनेको छ। आर्थिक वर्ष २०७३\७४ मा पाँच करोडको लागतमा निर्माण सुरु भएको उक्त कोल्डस्टोरले पूर्णता पाउन नसकेको हो। बेमौसममा सुन्तला र आलुलगायत फलफूल तथा तरकारीलाई बजारमा पठाउने गरी पाँच करोड लागत अनुमान गरी कोल्डस्टोर निर्माणको अवधारणा ल्याइएको थियो। दुई तलाको कोल्डस्टोर निर्माण योजना तीनै तहका सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको शीत भण्डार निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाले बताए। स्थानीय खेमबहादुर हमाल र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको कोल्ड स्टोर एकतला बनेपछि अलपत्र बनेको छ। हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने…
धनुषा । जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो । तत्कालिन समयमा भारतमा सखुवाको काठ लगायत सामाग्री ढुवानी गर्न सञ्चालन गरिएको रेल पछि यात्रु ओसार्न प्रयोग गरियो । कोइलाबाट चल्ने रेललाई समयानुकूल डिजेल इन्जिनमा रूपान्तरण गरियो तर न्यारोगेजमै । सो सेवा पनि करिब १० वर्षअघि बन्द भयो । विगत दुई वर्षयता भने जनकपुरमा ब्रोडगेजमा रेल सेवा सञ्चालन भइरहेको छ । नेपालमा छुक्छुके रेल इतिहासमा सीमित हुँदा भारतको दार्जिलिङ्गमा भने अहिले पनि सो रेल चलिरहेकै छ । त्यहाँ यात्रु ओसार्न वा मालवाहकका रूपमा प्रयोग नभए पनि पर्यटकलाई लोभ्याउने उद्देश्यले रेल सञ्चालनमा रहेको भन्ने गरिएको छ । यता धनुषाको…
काठमाडौँ । सुनचाँदी व्यवसायीले बजेटमार्फत सुनमा गरिएको भन्सार वृद्धिको विरोध गरेका छन् । केही व्यवसायीले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे । सरकारले बजेटमार्फत सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्याएपछि अवैध कारोबार फस्टाउने र व्यवसायी पलायन हुने स्थिति आउने व्यवसायीको दाबी छ । भन्सार तिरेर आउने सुन धेरै महँगो भएको र यसले व्यावसायिक वातावरण नै खल्बलिने भन्दै व्यवसायीले फिर्ता लिन माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भन्सार दर फिर्ता गर्नुपर्ने र सुन आयातमा लगाइँदै आएको दैनिक २० केजी कोटाको व्यवस्था खारेज गर्नुपर्ने बताए । यी दुई माग राखेर व्यवसायी आन्दोलनमा होमिएको…
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता गरिएको रिटमा कारण देखाउ आदेश जारी भएको छ । सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको हो । गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपिठ गरिदिएपछि त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश…
गृहमन्त्री लामिछानेको ट्राफिक स्वयंसेवकमा खटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको हो। सर्वोच्चमा कृष्ण विकसहितले गृहमन्त्रीको निर्णयविरुद्ध रिट दायर गरेका थिए। गत जेठ १५ गते उपप्रधानमन्त्री समेत रहेका लामिछानेले सडकमा ट्राफिक नियम उल्लघंन गर्नेलाई स्वयंसेवकको रुपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए। उक्त कार्य तत्काल बन्द गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको थियो। रिटमा सामान्य गल्तीमा समेत सडकमा उभ्याई बलपूर्वक सवारी नियमनको काममा लगाउँदा समग्र चालकहरूको हक हितमा गम्भीर असर परेको दाबी…