Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको संयोजकत्वमा गठिन समितिले सरकारलाई विकल्पसहितको सुझाव दिएको छ । समितिमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआडिसिएल)का प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम, बुढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगतकुुमार श्रेष्ठ र ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जन सदस्य रहेको समितिले दिएका सुझावलाई आधार बनाएर बिहीबार ऊर्जा मन्त्रालयमा सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिसँग छलफल भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविष्यमा नै सो आयोजनाको शिलान्यास गर्ने बताउँदै…
काठमाडाैं । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड यतिबेला हिउँ परेर सेताम्मे छ। भू स्वर्गको उपमाले प्रसिद्ध खप्तड हिउँको घुम्टोले छोपिँदा झन् मनमोहक देखिएको छ। हिमपातपछि खप्तडका फराकिला र सुन्दर पाटनहरू सेताम्मे भएका छन्। मौसम सफा भएका कारण हिमालहरू प्रस्ट खुलेका छन्। फाेटाेफिचर,
बाह्रबिसे । नागपुजेमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ७ अँधेरी खोलामा आज बिहान ११ बजे बाह्रबिसे जान लागेको बा १२ च ४९९१ बोलेरो जीप सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख इन्स्पेक्टर देवेन्द्र जोशीका अनुसार दुर्घटनामा परी बाह्रबिसे नगरपालिका-७ की ४० वर्षीया दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको हो। ६ जना सवार बोलेरोमा चालकसहित ४ जना घाइते भएका छन्। चालक बिक्रम थापा, गाडीमा सवार यात्रुहरू बाह्रबिसे-७ कै गोपाल थापा, खड्ग कुमारी श्रेष्ठ, पुष्कर थापा घाइते रहेको इन्स्पेक्टर जोशीले जानकारी दिए। घाइतेहरूलाई…
काठमाडौं । काठमाडौंको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बुका रामप्रसाद सुनार मृत फेला परेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । उनका श्रीमती र दुई छोरीहरु कोठाभित्रै मृत फेला परेका थिए । रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो । यस्तै पहिले मृत भेटिएका ३ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनका छोरीहरु ८ वर्षीया अनिशा श्रेष्ठ तथा साढे २ वर्षीया शिवानी श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ । मृत भेटिएका आमा र बच्चाको टाउकोमा चोट लागेको छ ।…
रामेछाप । जिल्लामा उपमेयर्स फोरम गठन भएको छ । स्थानीय तहहरुका उप-प्रमुख तथा उपाध्यक्षहरुले मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेतको संयोजकत्वमा उपमेयर्स फोरम गठन गरेका हुन् । मन्थली नगरपालिकामा भएकाे न्यायीक समितीको अन्तरपालिका स्तरीय बैठकमा मबस्नेतको संयोजकत्व ८ सदस्यीय समिति गठन गरेकाे छ । फोरमको सहसंयोजकमा रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्की चयन भएकी छिन् । फोरमको सदस्यहरुमा सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ठ, दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगर, गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषा कार्की, उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवार, खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ र लिखुतामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपा पाख्रिन चयन भएका हुन् । स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुले स्थानीय तहमा…
काठमाडौं । दुई सय पटकभन्दा बढी रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको हो । उनले आज बिहान फेसबुकमा स्टाटस लेख्दै आत्महत्या गर्न लागेको जानकारी दिएका थिए । प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा उनको शव भेट्टाएको हो । उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए। उनी चढेको कार पनि जलेको छ। उनले कारमा आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ। उनले विश्वका विभिन्न देशहरुमा एक सय ३४ पटक रगत र ७२ पटक रक्ततत्व प्लेलेट्स दान गरेका छन् । मैनालीले विश्वका विभिन्न देशमा पुगेर रक्तदान गर्न…
काठमाडौं । नेपाल कोल्ड स्टोरेज संघको अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको १० औं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित श्रेष्ठ चन्द्रागिरि उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका छन् । संघको उपाध्यक्षमा विश्वेश्वरप्रसाद कुसवाहा एवं सचिवमा गोकुल बराल सर्वसम्मत भएका छन् भने कोषाध्यक्ष मानवराज थापा पनि सर्वसम्मत भएका हुन्। यस्तै संघको सदस्यमा आषिश शर्मा, देवानजंग चौधरी र राजेन्द्र भट्ट सर्वसम्मत भएका छन् । साधारण सभाबाट संशोदित विधानले कार्यसमिति नौं सदस्य बनाउने व्यवस्था अनुसार सुशिला पाठक र सुवास मल्ललाई संघले आमन्त्रित सदस्य मनोनित गरेको छ । सर्वसम्मत भएका सबै पदमा एक/एक मात्र दरखस्त परेको थियो…
काठमाडौं । ड्युटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, गएराति ११ः१५ बजे ड्युटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर घाइते भएका सहायक हवल्दार एलजीको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ ।
चौतारा । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ ले पनि बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ । वडा अध्यक्ष शिव कुमार कार्कीले सूचना जारी गरी फागुन महिनाभित्र रुख काटी झाडी सुधार गर्न आह्वान गरेका छन् । ‘यस त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ को सबै बस्तीमा बाँदरलगायत वन्यजीव जनावलरले कृषि बालीनाली सखाप पारेकाले आफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गरी बाँदर लगायत जंगली जीव जनावरको बासस्थान नष्ट गर्नुपर्ने भएकोले यही फागुन महिनाभित्र रुख काटी झाडी सुधार गर्न अनुरोध गर्दछु,’ वडा अध्क्ष कार्कीले जारी गरेको सूचनामा उल्लेख छ । उनले यो काममा सहयोग गरिदिन सबै टोल…
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । उपत्यका अनुसन्धान कार्यालयले ललितपुर लेलेबाट विकाश वाइबा भनिने सुजन तामाङलाई पक्राउ गरेको हो । तामाङले युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशमा पठाइदिने भन्दै ६०० बढी सर्वसाधारणबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तामाङले युरोप पठाईदिने भन्दै ६९ करोड ठगी गरेर फरार भएका थिए । उनले आफ्नै विकाश बाइवाको नामबाट ३७ करोड र सुजन तामाङको नामबाट ३२ करोड ठगी गरेका थिए । काठमाडौंको बालाजुमा यूरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरी आफूलाई विकाश वाईवाको नक्कली…