Author: सूचनापाना

काठमाडौं । रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताको मृत्यु भएको छ । लमजुङका वाईसीएल नेता साजन गुरुङको केही हप्ताअघि रुस–युक्रेन युद्धमा ज्यान गएको हो । लमजुङको दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्ष गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनारले जानकारी दिए । ‘पारिवारिक स्थितिका कारण वैदेशिक रोजगारीमा जाँदैछु भन्दै हुनुहुन्थ्यो’ सुनारले भने, ‘हामीले कुनै खाडी मुलुकमा जाँदै हुनुहुन्छ भन्ने सोचेका थियौँ, तर रुसी सेनामा भर्ती हुन जानु भएको रहेछ, यस्तो खबर सुन्नु पर्‍यो ।’ पूर्वी लमजुङको गोरखासँग सीमा जोडिएको दूधपोखरी गाउँपालिका जनयुद्धकालदेखि नै माओवादी प्रभावित क्षेत्रका रुपमा चिनिन्थ्यो । यो क्षेत्रलाई माओवादीले आधार क्षेत्रका रुपमा प्रयोग गरेको…

Read More

झापा । झापाको बिर्तामोड नगरपालिका–७ मा रहेको बेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेसिन विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । स्कुलले आयोजना गरेको शैक्षिक तथा खेलकुद कार्यक्रमको सजावटका लागि ग्यास भरिएको मेसिनबाट बेलुन फुलाउने क्रममा विष्फोट हुँदा अन्दाजी ५५ वर्षीय भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् । उनलाई उपचारको लागि विएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए । वडाध्यक्ष खरेलका अनुसार घाइतेको कम्मरमुनिको भाग क्षतविक्षत अवस्थामा छ । विष्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विष्फोटमा अन्य एक जना पनि घाइते भएको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।

Read More

ललितपुर । माघे संक्रान्तिको बिहान पौने १० बजेतिर ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. २ इमाडोल कृष्णमन्दिर नजिकै दोलखाकी नूतन प्रधान डेरामै लुगा धोइरहेकी थिइन् । सोही क्रममा इनारको माथि चढेर डोरीमा लुगा सुकाउँदै गर्दा एक्कासी ढक्कन फुटेर नुतन इनारमा खसिन् । तत्कालै उनका परिवारले थाहा पाएपछि प्रहरीलाई खबर पुग्यो । त्यसपछि उनको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीका साथै स्थानीयहरु जुटे । माघको चिसो, करिब ३५ फिट गहिरो इनारमा खसेकी नूतन ठोक्किँदै झरेकोले सामान्य चोटपटक लागेको थियो । प्रहरी आइसकेपछि नुतनलाई डोरी दिएर बाहिर निकाल्ने प्रयास गरे पनि असफल भएपछि इनारभित्रै गएर निकाल्नुपर्ने निष्कर्षमा उद्धारटोली पुग्यो ।…

Read More

काठमाडौँ । काठमाडौँ उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा रहेका छन् । मंगलबार २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा बोल्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकामा ५३ वटा भवन र चार सडक पुल भूकम्पीय जोखिममा रहेको जानकारी दिए । तर, सरकारले अहिलेसम्म ती संरचनाको पुन निर्माणको प्रक्रिया भने अघि बढाएको छैन । उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यससम्बन्धी अध्ययनका आधारमा काठमाडौँ उपत्यकाका ५३ वटा भवन संरचना र चार वटा सडक पुल भूकम्पीय जोखिमका हिसाबले संवेदनशील अवस्थामा रहेका छन् । तिनको पूर्ण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अध्ययनको निष्कर्ष छ । ‘राष्ट्रिय…

Read More

पोखरा । माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिइन् । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउने जानकारी प्रतिभालाई थियो । तर नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेलको योजना भने त्यस्तो थिएन । परिवारलाई ‘सप्राइज’ दिन रुचाउने पौडेलले दिउँसोको नभई बिहानै घर पुग्ने योजनाअनुसार विमानको टिकट काटेका थिए । उनले टिकट काटेको यति एयरलाइन्सको ९ एन–एएनसी एटीआर–७२ विमान जुन त्यसै दिन बिहान १०ः५७ बजे विमानस्थल नजिकैको नयाँगाउँस्थित सेती खोँचमा खस्यो । दुर्घटनामा परी चालक दलका…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मेलम्चीको पानी वितरणमा पटक-पटक भएको उद्घाटनको विषयमा व्यङ्ग्य गरेका छन् । उनले समाजिक सञ्जाल मार्फत उनले व्यङ्ग्य गरेका हुन् । बालेनले ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ ‘प्रचण्ड’ सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर’ भन्दै व्यङ्ग्य गरेका हुन् । उनले अहिलेसम्म एउटै आयोजनाको पाँच पटक उद्घाटन गरेको भन्दै तिथिमिति समेत राखेका छन् । प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनविना राजनैतिक स्टन्ट लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडीमात्रै भएको उल्लेख गरेका छन् । उनले आफूहरू आलोचना मात्र गर्न नगर्ने…

Read More

बोगोटा, कोलम्बिया । कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । मेडेलिन र क्विब्दो शहरलाई जोड्ने सडकमा पहिरोले क्षति पुर्‍याएपछि यहाँको यातायात सेवा अवरुद्ध बनेको चोको क्षेत्रको स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले एएफपीलाई बताए । ‘कार्मेन डे अट्राटो नगरपालिका नजिकै ‘एउटा घरमा आश्रय लिन’ धेरै मानिसहरू आफ्नो गाडीबाट झरेका समय दुर्भाग्यवश पहिरो आएर उनीहरू पुरिएका छन्,’ अधिकारीले भने । उपराष्ट्रपति फ्रान्सिया मार्केजले करिब ३० जना घाइते भएको बताएका छन् । कारमेन डे अट्राटोका मेयर जैमी हरेराले स्थानीय टिभी स्टेसन काराकोललाई बताएअनुसार पहिरोमा परी मानिसहरू गम्भीर घाइते भएका…

Read More

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ । शुक्रवार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औँ बैठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत् लाइन जोडिदिने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगहरूमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । साथै मन्त्रिपरिषद् बैठकले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन सम्बन्धी बिजुलीको विवाद छानबिन गर्न जाँचबुझ आयोगसमेत गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकको निर्णयसम्बन्धी पत्र बिहीबार ऊर्जा मन्त्रालयबाट प्राप्त भएको भन्दै शुक्रबार प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । मन्त्रिपरिषद् बैठकले गठन…

Read More

काठमाडौं । काजल श्रेष्ठ नेपालकी कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी छन् । वर्ल्ड तेक्वान्दोले आयोजना गरेको १२६औं इन्टरनेशनल ग्योरोगी रेफ्री सेमिनारमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-५ जेठलकी काजलले उक्त उपलब्धि हासिल गरेकी हुन् । अन्तर्राष्ट्रिय रेफ्रीको कोर्स पास गरेपछि उमेरले भर्खर २६ पुगेकी श्रेष्ठले तेक्वान्दोमा आफू नेपालकै सबैभन्दा कान्छी रेफ्री बनेकी बताएकी छन् । अन्तर्राष्ट्रिय रेफ्री बनेपछि काजलले अब साग र एसियन गेम्स अफिसियल स्तरको तेक्वान्दो खेलाउन पाउनेछिन् । फोर्थ डान ब्ल्याकबेल्टधारी श्रेष्ठले शरीर थाकेपनि सपना पूरा गर्न विश्वास र आँट कहिल्यै नथाक्ने भन्दै यसबाट आफू एकदमै खुशी भएको बताइन् । उनले त्रिभुवन आर्मी क्लबबाट तेक्वान्दा खेल्दै आएकी छन् । सानै उमेरदेखि…

Read More

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ६० जना कर्मचारी माग गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै चौथो तहदेखि ९तहसम्म ६० जना कर्मचारी माग गरेको हो । व्यापार कम्पनीले ९ तहमा ६ जना, ८ तहमा ३ जना, ७ तहमा २ जना, ६ तहमा १४ जना, ५ तहमा १३ जना र ४ तहमा २२ जना कर्मचारी माग गरेको छ । सूचनाअनुसार ९ तह र ८ तहका लागि २ हजार आवेदन दस्तुर तोकेको छ । त्यसमा थप प्रत्येक किसिम÷समूका लागि ६ सय रुपैयाँ दस्तुर तोकेको छ । त्यसैगरी, ७ तह र ६ तहका लागि आवेदन शुल्क ६ सय रुपैयाँ तोकेको…

Read More