Author: सूचनापाना

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला…

Read More

सुर्खेत । नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा महत्त्वपूर्ण सम्झौताहरु भएको बताएका छन् । पूर्वी सुर्खेतको बोटेचौरमा आज भेरी कोरिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै खड्काले सो कुरा बताएका हुन् । उपप्रधानमन्त्री खड्काले नागरिक सुशासनलाई केन्द्रमा राखेर एउटा प्याकेजमै कार्यक्रम ल्याउने तयारी गरिहेको बताए । ‘विशेष गरी नागरिकहरुको दैनिक जीवनमा जोडिएका कुराहरुमा सहजता निर्माण, नागरिकको पहुँच सरकार, विकासमा कसरी पुग्छ, सुशासनका सवालमा सरकार अग्रसर भइरहेको छ, खड्काले भने, ‘नागरिक सुशासनलाई केन्द्रमा राखेर एउटा प्याकेजमै कार्यक्रम ल्याउँदै छ।’ साथै खड्काले कर्णाली निर्माण र समृद्धिका लागि…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जाने तयारी गरेका छन् । सर्वसाधारणको भिडभाड हुने स्थानमा गाडी लैजान उपयुक्त नहुने भन्दै उनले हिँडेरै जात्रामा सहभागी हुने तयारी गरेको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार, राष्ट्रपतिलाई सुरक्षा चुनौती हुने भन्दै नेपाली सेनाले भने त्यसो नगर्न आग्रह गरेको छ । विशेष सुरक्षासहित गाडीमै वसन्तपुर जानुपर्नेमा सेनाको जोड छ । राष्ट्रपति पौडेलले आफू सर्वसाधारणसँगै हिँडेर त्यहाँसम्म पुग्ने र राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्ने अडान राखेका छन् । सुरक्षासहित आफू सवार गाडी जुद्धसालिकमा रोकेर हिँडेर जात्रा स्थलमा पुग्ने राष्ट्रपतिको अडान छ । उनले आफू सर्वसाधारणको छोरा भएकाले सुरक्षा ‘थ्रेट’ नहुने बताएको…

Read More

काठमाडौं । चिकित्सकहरुले शान्तिसुरक्षाको माग राखेर थालेको आन्दोलन बुधबार पनि जारी राखेका छन् । उपचारका क्रममा लापरबाही गरेको भन्दै चिकित्सकमाथि कुटपिटका घटना हुन थालेपछि आकस्मिकबाहेकका सेवा रोकेर चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् । आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आग्रह गरेका छन् । बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने भन्दै काममा फर्किन आग्रह गरेका हुन् । चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताएका उनले चिकित्सकको सुरक्षाको विषयमाम गृहमन्त्रालयसँग कुरा भइसकेको बताए ।

Read More

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता बृद्धि गरेको छ । २२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ । योसँगै २००/१३२ केभी सबस्टेसनको क्षमता अभिबृद्धि भई ३०० एमभिए पुगेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती प्रसारण लाइन आयोजनाअन्तर्गत सबस्टेसनको क्षमता बृद्धि गरिएको हो । १३२ केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने…

Read More

कराकोश । उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरहेको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् । मोसुलको पूर्वमा रहेको इशाई धर्मावलम्बीको बाहुलता रहेको शहरको मुख्य अस्पतालमा एएफपीका फोटोग्राफरले एम्बुलेन्सले जलेका मानिस ल्याएको देखेका तथा उनीहरूलाई रक्तदान गर्न अस्पतालको आँगनमा कैयौँ मानिस भेला भएका बताएका छन् । अत्यधिक ज्वलनशील पदार्थले सखाप पार्ने कम गुणस्तरको निर्माण सामग्रीले बनेको विवाह समारोह आयोजना गरिएको हलको छत नै खस्दा यति धेरै मानिसले ज्यान गुमाएका अधिकारीहरूले बताएका छन् ।

Read More

काठमाडौ । दोस्रो बजारमा नयाँ ब्रोकरहरु थपिएसँगै हाल ६७ वटा ब्रोकरमार्फत सेयर कारोबार हुँदै आएको छ । नयाँ थपिएपछि पुराना ब्रोकर कम्पनीहरुले पनि थप प्रतिस्पर्धाको सामना गर्नुपरेको छ । तसर्थ, ब्रोकर कम्पनीहरुले नयाँ नयाँ योजना ल्याएर लगानीकर्तालाई आकर्षण गर्नुपर्ने एक किसिमको बाध्यता नै सिर्जना भएको छ । ब्रोकरहरु प्रतिस्पर्धी हुँदा लगानीकर्तालाई भने फाइदै हुने देखिन्छ ।  पुरानालाई सेवा सुविधा चुस्त र सहज बनाएर सेवाग्राहीलाई आफ्नै कम्पनीमा टिकाइ राख्न प्रयास गर्नुपर्ने देखिएको छ भने नयाँलाई ग्राहक आकर्षित गर्नुपर्ने चुनौती छ । धितोपत्र बोर्डले ३७ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । जसमध्ये १७ वटाले कारोबार थालिसकेका छन् । अरु ७…

Read More

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियन वीर अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मी आक्रमण गर्ने र अस्पताल तोडफोड गर्नेमाथि कानुनी कारबाही गर्न माग गरेको छ । बुधवार युनियनले प्रेस विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमणमा संलग्न र अस्पताल तोडफोड गर्नेलाई स्वास्थ्य संस्थाको सुरक्षा ऐन २०६६ (पहिलो संशोधन २०७९) अनुसार कानुनी कारबाही गर्न माग गरेको हो । विगत केही समयदेखि देशभरका स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूमाथि साङ्घातिक आक्रमण गरी गम्भीर घाइते बनाइ स्वास्थ्य सेवा प्रवाहमा खलल पुर्‍याएको युनियनका सचिव दीपक मुडभरीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘गुणस्तरीय, भरपर्दो र सहज सेवा प्रवाहको लागि सुरक्षित कार्यस्थलको…

Read More

बैतडी। बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका एक हवल्दारको मृत्यु भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा बुधबार बिहान गाडीले ठक्कर दिँदा पाटन नगरपालिका–८ हरिचनका ४० वर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको हो । उनी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत थिए ।  महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन भने मृतकका आफन्तले दोषीमाथि कारबाहीको माग राखेर दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् ।

Read More

ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन् । उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरे । प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम छ । उनले आजै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनी…

Read More