Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
धादिङ । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबहाक बस त्रिशुलीमा खसेको छ । धादिङको गजुरी नजिकै चालिसे भन्ने स्थानबाट त्रिशुली नदीमा खसेको एक स्थानीयले जनाए । त्यसबारे थप जानकारी प्राप्त हुन बाँकी नै छ ।
काठमाडौं । जापानको परराष्ट्र मन्त्रालयले सन २०२३ को ‘Foreign Minister’s Commendation’ पुरस्कार (Award)नेपाल जाइका अलमनाई एसोसियसन (जान)लाई दिने निर्णय गरेको छ। नेपालस्थित जापानी राजदूतावासबाट जारी प्रेस विज्ञप्ति अनुसार नेपाल र जापानको मैत्रीपूर्ण सम्बन्धलाई मजवूत बनाउन र जापानका प्रविधिहरु नेपालमा भित्र्याउन लामो समयदेखि निरन्तर रुपमा उल्लेखनीय योगदानगर्दै आएकोले जानलाई यो पुरस्कार दिने निर्णय भएको हो । विज्ञप्तिमा जानमा नेपाल सरकारका मुख्य सचिव, सचिवहरु, सहसचिवहरु लगायतविभिन्न सरकारी एवं गैर सरकारी क्षेत्रमा महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरीरहेका सदस्यहरुको वाहुल्यता रहेकोले नेपालको विकासमा जानका सदस्यहरुको उल्लेखनीय योगदान रहेको उल्लेख गरिएको छ । जानका सदस्यहरुको वलियो सञ्जाल (Strong Network) रहेकोले जापानमा अध्ययन तथा तालिममा सिकेका…
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सरकारी लिखत किर्ते र संगठित अपराधको कसुरमा ५७ दिनसम्म अनुसन्धान गरेर ब्यूरोले दुई सय जना भन्दा बढीलाई मुद्दा चलाउन सिफारिस गर्दै सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको प्रतिवेदन बुझाएको हो । प्रहरीले यो प्रकरणमा सोमबार बेलुकी पूर्वमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसँग बयान लिएको थियो । पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साहसँग पनि बयान भइसकेको छ । पूर्वमन्त्री डम्बर श्रेष्ठ भने फरार रहेकाले बयान लिन नसकेको सीआईबीको भनाइ छ । सीआईबीले ललितानिवासको जग्गा चार पटक गरेर…
स्याङ्जा । स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ । पुतलीबजार नगरपालिका–११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो । उनको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । अर्यालको फार्ममा सुन्तला बँगैचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनारलगायत ३५ भन्दा धेरै कृषिउपज उत्पादन हुन्छन् । उनले वार्षिक रु १५ लाखको मात्र सुन्तला बिक्री गर्दै आएका छन् । शान्ति कफी ट्रेड र मायाटारी कफी उद्योग दर्ता गरेर उनले कृषि व्यवसाय सञ्चालन गरेका छन् । सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको…
जोमसोम । मुस्ताङको कालिगण्डकी नदीको बहाव बढ्दै गएकाले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जिल्ला प्रशासन कार्यालय मुस्ताङले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ को ठाँडो नरसिंह खोला र वारागुङ मुक्तिक्षेत्र-४ को ग्रीन ताङ्वे र ताङ्वे गाउँको ठाँडो खोलाको बाहव अत्यधिक उच्च हुँदा कालिगण्डकी नदीको बहाव बढेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङझिङ नाम्ग्याल गुरुङले जानकारी दिए। उनले नरसिंह खोला र ताङ्वे खोलामा पहिरोसहितको भिषण बाढी आएको बताए। यता, जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रजिअ अनुप केसीले पनि कालिगण्डकी तटीय क्षेत्रका बस्तीहरुले उच्च सतर्कता अपनाउन अपिल गरेका छन्। उनले कालिगण्डकीका शाखा नदीको बाहव उच्च भएकाले कालिगण्डकीको स्वरुप भयावह भईरहेकाले आवश्यक सुरक्षा…
सिन्धुली । जिल्लाको तीनपाटन गाउँपालिकाले दलित समुदायभित्रका बुहारीहरुको उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न निःशुल्क अध्यापन गराउने भएको छ। तीनपाटन गाउँपालिका क्षेत्रभित्रका स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनगरी रहेका र गर्न चाहने बुहारीहरुलाई क्याम्पसमा लाग्ने भर्ना शुल्क नलिने निर्णय गरेको हो। गाउँपालिकाले ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ नामक कार्यक्रम सञ्चालनमा ल्याएको छ। कार्यक्रमबाट लाभ लिनका लागि बुहारी भए सासू वा छोरी भए आमाले आफ्नी बुहारी छोरीलाई स्नातक/स्नातकोत्तर तहको कुनैपनि वर्ष वा सेमेष्टरमा भर्ना गर्न स्वयंले क्याम्पसमा लैजानुपर्ने व्यवस्था गरिएको छ। साथै महिला अभिभावक परिवारमा नभएमा एकासगोल परिवारभित्रका अन्य महिला नातेदारले पनि छोरी वा बुहारीलाई क्याम्पस भर्ना गर्न लैजानसक्ने व्यवस्था सूचनामा उल्लेख छ।…
सिन्धुपाल्चोक । जापानका महामहिम राजदूत युताका किकुताले जापानले नेपालको ग्रामीण क्षेत्रको विकासमा गरेको सहयोगले जापान र नेपालको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजबूत बनाउने बताएका छन् । जिल्लाको बलेफी गाउपालिका वडा नं. ४ डाडा गाउमा जापान सरकारको सहयोगमा सम्पन्न खानेपानीको आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहमा राजदूत किकुताले यस्तो बताएका हुन् । बस्ती माथि पानीको मुहान नहुँदा गाउँदेखि झण्डै एक किलोमिटर तल थारथान खोलाबाट पानीलाई लिफ्टीङ गरि दशकौँदेखि खानेपानीको अभाव झेल्दै आएको डाँडागाउँमा १ सय ३८ घरसहित ५ स्थानमा सार्वजनिक गरि १४३ स्थानमा धारा निर्माण गरि सो क्षेत्रका स्थानीयको समस्या जापान सरकारले पुरा गरिदिएको छ । राजदूत किकुताले नेपालका लागि यस्ता विकास कार्यक्रमहरु…
काठमाडौ । सशस्त्र प्रहरी बल, नेपालका उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ । पर्साको १३ नम्बर गण प्रमुख रहेका थपलियाको शनिबार दिउँसो १ बजे मृत्यु भएको हो । एसपी थपलियाको हृदयघातको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कोमल विक्रम शाहले जानकारी दिए । थपलियाको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी शाहले बताए ।
काठमाडौँ । मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जङ्गलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताए । वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ भनेर स्टाटस लेखेका छन् । शुक्रबार अपराह्न घरबाट वडाको…
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै कोशी प्रदेशमा बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरूले चलखेल सुरु गरेको बताएका छन् । उनले विश्वासको मत दिने सांसदलाई १० करोड रुपैयाँसँगै मन्त्री पदको लोभ देखाइएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् -‘पूर्वमा विश्वासको मत लिने दिनको टुङ्गो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दै छन् भन्ने हल्ला काठमाडौँसम्मै आइपुग्यो त ।’ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।