Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
दङिशरण गाउँपालिका–४ वैवाङस्थित स्थानीयको घरनजिक खजुरको बोटमा तोप चराले बनाएको गुँड । तोप चराको भालेले गुँड बनाउछ भने, गुँड मन परेन भने पोथी गुँडभित्र पस्दैन । तस्बिरः कुलदीप न्यौपाने
काठमाडौं । नेपाल सरकारका पूर्व सचिव श्याम प्रसाद मैनालीले कुन विषय भन्दा पनि विद्यार्थीले कति मेहनत गरेर पढ्छ भन्ने कुरा महत्वपुर्ण हुने बताएका छन् । उनले सबै विषय उत्तिकै राम्रा र महत्वपुर्ण भएको तर सफलताका लागि विद्यार्थीले कडा मेहनत गर्नुपर्ने बताए । काठमाडौंको सुकेधारास्थित न्यु मिलिनियम कलेजमा शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रममा पूर्व सचिव मैनालीले भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तिर्ण गरी उच्च माध्यामिक तहको शिक्षा अध्ययन तयारीमा रहेका विद्यार्थीलाई सफल व्यक्ति बन्न मार्गदर्शन गरेका थिए । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव तथा कलेजका अध्यक्ष मैनालीले आफ्नो अनुभव सुनाउँदै भने – हाम्रो पालाको एसएलसी साह्रै गाह्रो थियो अनि महत्व पनि थियो,…
भोजपुर । बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ। तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो। यहाँका मानिस घर छाडेर अन्यत्र बसोबास गर्दा कलात्मक रूपमा निर्माण गरिएका घरहरू जीर्ण भएका छन् भने बजारको स्वरूप पनि बिग्रँदै गएको छ। कतिपय घरहरू भत्किन थालेका छन्। विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले पुकार्ने गरेका छन्। यो बजार सुनसान बन्दा भोजपुर जिल्लाकै चिनारी धमिलो हुँदै गएको स्थानीय तथा पूर्ववडाध्यक्ष कुमार श्रेष्ठले बताए। घर अपलपत्र छाडेर यहाँका मानिस काठमाडौँ, धरान, विराटनगरलगायत ठाउँमा बस्दै आएको उनको भनाइ छ। यहाँका करिब ६० प्रतिशत…
जाजरकोट । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ। मन्दिरको दक्षिणतिरको एक हजार आठ सिँढीमध्येका १६ सिँढी अज्ञात समूहले तोफफोड गरेको हो। हिन्दूहरुको पवित्र शक्तिपीठसँगै मन्दिर जन्माउने मन्दिरका रूपमा परिचित त्रिपुरासुन्दरीमा शृङ्खलाबद्ध रूपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले जानकारी दिए। विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सोह्रवटा सिँढीका ढुङ्गा हथौडा प्रयोग गरेर तोडफोड गरिको उनले जानकारी दिए। कसले कुन कारणले सिँडी फुटायो अझै पत्ता नलागेकाले पत्ता लगाउन सम्बन्धित निकायलाई आग्रहसमेत गरिएको छ । यसअघि पनि अज्ञात समूहले मन्दिरका सिँढी तोडफोड गरेको थियो। त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि देशविदेशबाट भक्तजनहरु आउने गर्छन्।
काठमाडौँ । देशभर मकै भित्र्याउने बेला बाँदरबाट बाली जोगाउन कृषकलाई हम्मेहम्मे परेको छ । बाँदरको यो आतङ्कबारे संसदमा समेत पटक(पटक आवाज उठिरहेको छ । यस्तै आतङ्कबाट पीडित कृषकका लागि भने अब केही राहत हुने भएको छ । सरकारले बाँदरका कारण बालीनालीमा पुगेको क्षतिपूर्ति दिने भएको छ । सरकारले वन्यजन्तुबाट हुने मानवीय तथा पशुपालकलाई दिइने राहत रकम विस्तार र वृद्धि गर्दै नयाँ निर्देशिका ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८०’ कार्यान्वयनमा ल्याएको हो । १ साउनदेखि कार्यान्वयनमा आएको यो निर्देशिकाअनुसार अब बाँदर र नीलगाईका कारण समेत बालीमा क्षति पुगे राहत दिने प्रावधान ल्याइएको छ । यसअघि १४ वटा जङ्गली जनावरका कारण…
काठमाडौँ । बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए।।
काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ आरोपितलाई थप १५ दिन हिरासतमा राख अनुमति दिएको छ । उच्च अदालत पाटनले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको हो । सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका दावा छिरिङ र २ साउनयता पक्राउ परेका १७ जनालाई म्याद थप गरिएको विभागले जनाएको छ ।
काठमाडौँ । आत्महत्या गरेका कलाकार सारूक ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको छ। काठमाडौँको रातोपुलस्थित घरमा असार २१ गते मृत फेला परेका ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको हो। प्रहरीले अनुसन्धानको लागि उनको फोन प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो। त्यहाँबाट पठाएको उक्त रिपोर्टबाट सुसाइड नोट भएको खुलेको हो। सुसाइड नोटमा उनले आफ्नै गल्तीका कारण आत्महत्या गरेको र कसैलाई पनि दोषी नबनाउन उल्लेख गरेको प्रहरीले बताएको छ।
काठमाडौं । एक क्विन्टल सुन बरामद प्रकरणमा संलग्नताको आशंकामा ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागको टोलीले होटेलमा छापा मारेर उनलाई पक्राउ गरेको हो । बिहीबार बिहान छापा मारेको विभागको टोलीले केही सामग्री बरामद गर्दै छिरिङलाई नियन्त्रणमा लिएको हो । छिरिङ पक्राउ परेसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १८ जना पुगेको छ । विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका बेल्जियम नागरिक छिरिङको हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग कनेक्सन पाइएपछि पक्राउ गरेको हो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधारहरु देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको…
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय चाबहिलमा कार्यरत तत्कालीन नापी अधिकृत पुरीविरुद्ध रु. १ करोड, ४ लाख, ३ हजार, ९ सय ४१ रुपैयाँ ८३ पैसा बिगो कायम गरी आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । २०५२ साल पुस ०९ गते देखि २०७९ असार मसान्तसम्मको सवा अवधिमा नापी अधिकृत पुरीको आयतर्फ पारिश्रमिक बचत, अन्य भत्ता, विभिन्न बैंक वित्तीय संस्था तथा सहकारीबाट लिएको कर्जा, निजको नाममा रहेको जग्गा बिक्रीबापत प्राप्त आय, कृषि आय, घर तथा जग्गा बहाल आय, बिमा परिपक्व…