Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । घरबाट हराएको दुई सातापछि सूर्यविनायक नगरपालिका-७ गुण्डू निवासी ३७ वर्षीया माया नगरकोटीको शव प्रहरीले सूर्यविनायक जङ्गलमा फेला पारेको छ ।यही असार १३ गते बुधबार बिहान साढे ८ बजे माया घरबाट हराएकी भन्दै परिवारले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले तालिमप्राप्त कुकुरसहित विभिन्न निकायमा प्रहरीको टोली परिचालन गरी खोजीकार्य गर्ने क्रममा गुण्डू अस्थायी प्रहरी पोष्टबाट खटिएका प्रहरीले जङ्गलमा शव फेला पारेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । प्रहरीले नगरकोटीको खोजीका क्रममा अन्तिम पटक सूर्यविनायक गणेश मन्दिरबाट पानीट्याङ्की हुँदै मन्थलीको बाटो जाँदै गरेको सिसिटिभीबाट देखिएपछि प्रहरीले जङ्गलमा खोजी केन्द्रीत गरेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना,…
सीता दाहालको शव श्रद्धाञ्जलीका लागि पेरिसडाँडा राखिने, पशुपति आर्यघाटमा २ बजे अन्त्येष्टि !
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा राखिने भएको छ। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार आज बिहान साढे ८ बजे नर्भिक अस्पतालमा निधन भएकी दाहालको शव अहिले बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने छ । त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने सचिवालयले जनाएको छ । उनी पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन् । उनलाई मधुमेह, उच्च रक्तचापसमेत थियो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार ८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् ।
रामेछाप । नेपाल राष्ट्र बैङ्कको आदेशलाई अवज्ञा गरी सिटिजन बैङ्कको सुनापती शाखाले तोकिएको समय सम्म सेवा नदिएको भन्दै सुनापती गाउँपालिकाले एक्सन लिएको छ । सुनापती गाउँपालिकामा रहेको सिटिजन बैङ्कको शाखाले असार २३ गते बैङ्क नै बन्द गरेर राखे पछि सेवाग्राहीलाई मर्का परेको सुनापती गाउँपालिकाले जनाएको छ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम राजस्व सङ्कलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (EFT) को Fund Settlement गर्ने प्रयोजनका लागि मिति २०८०/०३/२४ गते र मिति २०८०/०३/२३ र ३० गते विदाका दिन समेत राति ८ बजेसम्म तथा मिति २०८०/०३/३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैङ्कहरू, चेक क्लियरिङ…
मनाङ एयर हेलिकोप्टर दुर्घटना अपडेटः ६ वटै शव भेटियो, यी हुन् दुर्घटनामा ज्यान गुमाउनेहरू (नामसहित)
काठमाडाैं – मनाङ एयर दुर्घटनाग्रस्त क्षेत्रमा ६ जनाको शव फेला परेको छ। स्थानीयका अनुसार, दुई जनाको शव सग्लो छ भने बाँकीको क्षतविक्षत अवस्थामा छ। जहाजमा पाइलटसहित ६ जना थिए। बिहान सम्पर्कविहीन भएको हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचैजना म्याक्सिकन नागरिक सवार छन्। ९ एनए-एमभी कल साइन भएको हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए। हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन्। उनीहरू सबै मेक्सिकन नागरिक हुन्। सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो।
काठमाडौँ । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका-५को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनास्थलनजिकै रहेका सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको तर उनीहरूको पहिचान भइसकेको र एक जना भने बेपत्ता रहेको बताए । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका-५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको बेनी प्रहरी चौकीले जनाएको छ…
काठमाडौँ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ । सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गर्दै थप जानकारी आउन बाँकी रहेको छ । ‘हेलिकप्टर क्षतविक्षत भएको जानकारी आएको छ । अहिले वडामा रहेको प्रहरी टोली घटनास्थलमा पुग्दैछ’, उनले बताए । मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् । सदरमुकामबाट लम्जुजुरामा पुग्न करिब ४ घण्टा लाग्छ ।
काठमाडौ । माथिल्लो मैलुङ खोला जलविद्युतले आगामी ४ साउनदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । यस कम्पनीले १ सयअंकित मूल्यमा १० लाख कित्ता सेयर स्थानीयलाई जारी गर्न लागेको हो । योमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. १ का बासिन्दाहरुलाई निष्कासन गर्न लागेको हो । त्यस्तै, २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा…
काठमाडौँ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लामाजुरा डाँडामा दुर्घटना भएको आशङ्का गरिएको छ । लामाजुरा डाँडामा हेलिकप्टर दुर्घटना भएको सूचनाको आधारमा त्यसतर्फ प्रहरी परिचालन गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बताए । मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको छ । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् । हेलिकप्टर दुर्घटना भएको आशङ्का गरिएको ठाउँ प्रहरी चौकीबाट साढे २ घण्टाको दुरीमा छन् । जिल्ला सदरमुकामबाट पनि प्रहरी टोली घटनास्थल तर्फ लागेको डीआईजी बास्तोलाले जानकारी दिए । सदरमुकामबाट लामाजुरामा पुग्न करिब…
मेलम्ची : नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको छैटौं अधिवेशनबाट किशोर बुढाथोकीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । आइतबार मेलम्चीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्ष बुढाथोकी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा खुलाबाट निराेज चाैलागाई र महिलातर्फ कमला पाख्रिन मनाेनित भएकी छन् । त्यस्तै सचिवमा अनिस तिवारी, सहसचिव शान्ति श्रेष्ठ र प्रितम तामाङ, कोषाध्यक्ष आदित्य दाहाल, सह कोषाध्यक्ष सरु श्रेष्ठ चयन गरेको छ ।सदस्यहरुमा भवनाथ आचार्य, अधिराजकुमार बस्नेत, नवीन काफ्ले, चण्डिका नेपाली, पुस्पा सुनार, कौशिला नेपाली, फूलमान तामाङ र नेत्रबहादुर बस्नेत चयन भएका छन् ।